पाँचथर । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचथरको तुम्बेवा गाउँपालिका–३ मौवास्थित ‘आङ्ना मौवा वृहत पम्पिङ खानेपानी आयोजना’ को आज उद्घाटन गरेका छन् ।
उनले इन्द्राणी माध्यमिक विद्यालयमा निर्माण गरिएको खानेपानीको धारा खोलेर सो आयोजनाको उद्घाटन गरेको हो । सो आयोजनाबाट तुम्बेवा गाउँपालिका– १, २ र ३ का एक हजार ६०० घरधुरी लाभान्वित हुने बताइएको छ ।
सो अवसरमा प्रधानमन्त्री देउवाले प्रत्येक नागरिकलाई खानेपानी उपलब्ध गराउने संवैधानिक अधिकार तथा दीगो विकासको लक्ष्य प्राप्तिमा यस आयोजनाले सहयोग पुर्याउने बताउनुभयो । “स्वच्छ खानेपानी र सरसफाइको सुविधा आम नागरिकसम्म पुर्याउनु सरकारको दायित्व हो”, उनले भने, “सहरी र गाउँमा स्वच्छ खानेपानी आपूर्तिको व्यवस्था अझैसम्म सुनिश्चित हुन सकिएको छैन् । खानेपानीकै लागि धेरै समय खर्चनुपर्ने बाध्यता अझै कायमै छ । यस्तो अवस्थाको अन्त्यका लागि स्थानीयस्तरका मुहानमा आधारित साना तथा मझौला आयोजना निर्माणमा जोड दिनुपर्छ ।”
प्रधानमन्त्री देउवाले चालु १५ औँ पञ्चवर्षीय योजनाको अन्त्यसम्ममा ९९ प्रतिशत नागरिकलाई आधारभूत खानेपानी उपलब्ध गराउन सरकार प्रयासरत रहेको उल्लेख गर्दै बेमौसमी वर्षाका कारण भएको क्षतिको क्षतिपूर्ति, पुन:निर्माण तथा विशेष महत्वका आयोजनाको निरन्तरतामा वर्तमान सरकार प्रतिबद्ध रहेको बताए ।
खानेपानीमन्त्री उमाकान्त चौधरीले पहाडी क्षेत्रमा खानेपानीको मुहान संरक्षणको योजना अगाडि बढाइएको उल्लेख गर्दै लिफ्टिङ तथा पम्पिङ खानेपानी आयोजनामा विद्युत् महसुल छुटको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको बताए ।
विसं २०७४ असारबाट सुरु गरिएको सो आयोजना रु ४५ करोड २० लाख नौ हजार ४०६ को लागतमा सम्पन्न भएको हो । आयोजनाबाट आठ हजारभन्दा बढी स्थानीयवासी लाभान्वित हुने आयोजनाले जनाएको छ ।
तमोर नदीको लखुवाघाटबाट विभिन्न स्थानमा रहेका सात वटा पम्पिङ ट्याङ्कीहरुको सहायताले एक हजार ३३६ मिटरमाथि मौवा डाँडामा ल्याई वितरणको व्यवस्था मिलाइएको हो । यस कार्यका लागि ११ केभिएको विद्युत् प्रशारण लाइन २३ किलोमिटर विस्तार गरिनुका साथै १९ किलोमिटर ट्रान्समिसन लाइन निर्माण गरिएको छ ।
आयोजनामा प्रतिसेकेन्ड १०।९७ लिटर पानी मौवा बजारस्थित अन्तिम पम्पिङ ट्याङ्कीमा आउने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए । एक हजार ६०४ घरधुरीमा खानेपानी पुर्याउनुपर्ने लक्ष्य लिएको भएपनि हालसम्म करिब ९०० घरसम्म पाइपलाइन विस्तार भएको सङ्घीय खानेपानी तथा ढल आयोजना इलामका प्रमुख सुरतलाल चौधरीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १७:०१
रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...
पौष ३ गते, २०८२ - १६:३५
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...
पौष ३ गते, २०८२ - १६:२५
काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...
पौष ३ गते, २०८२ - १६:१७
काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...
पौष ३ गते, २०८२ - १६:१३
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...
पौष ३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...
पौष ३ गते, २०८२ - १५:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...
पौष ३ गते, २०८२ - १५:२१
म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...
पौष ३ गते, २०८२ - १५:१२
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...
पौष ३ गते, २०८२ - १५:०१
काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...




प्रतिकृया लेख्नुहोस्: