Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

मिथिला माध्यमिकी परिक्रमाको उल्लास

रासस

महोत्तरी । मधेश प्रदेशको प्राचीन मिथिलामा ‘महाकुम्भ’ भनिने मिथिला मध्यमा (माध्यमिकी) परिक्रमा सम्पन्न भएको छ । 

महोत्तरी, धनुषा र मित्रराष्ट्र भारतको मधुवनी जिल्लाका विभिन्न तीर्थस्थल घुम्दै १३३ किलोमिटरको वृत्ताकारमा गरिने १५ दिने मध्यमा परिक्रमा आज बिहान पावन नगरी जनकपुरधामको अन्तर्गृह परिक्रमा गरिएसँगै सम्पन्न भएको हो ।

कूल १५ दिनको यस यात्रामा महोत्तरीमा पाँच, धनुषामा छ र भारतको मधुवनी जिल्लामा चार रात्रि बासको परम्परा छ । जनकपुरधामको रङ्गभूमि मैदानमा १५ औँ दिनको रात्रीबास गरेर १६ औँ दिन बिहान जनकपुरधामको अन्तर्गृह परिक्रमा गरेपछि मध्यमा परिक्रमा सम्पन्न हुने परम्परा छ । 

जनकपुरधामको अन्तर्गृह भनिने परिक्रमालाई ‘पञ्चकोशी’ पनि भनिन्छ । फागुन औँसीका दिन धनुषाको ठेराकचुरीस्थित मिथिला विहारी मठबाट अवधविहारी (श्रीराम)को प्रतिमा राखिएको डोला बोकिएसँगै यो यात्रा प्रारम्भ हुन्छ । 

श्रीरामको डोला जनकपुर पुगेपछि अग्निकुण्ड स्थानबाट निस्कने श्री किशोरीजीको डोला मिसिएपछि यात्रा औपचारिकरुपमा प्रारम्भ हुने परम्परा छ ।

रामसीताका प्रतिमा राखिएका डोलासँगै गरिने यो यात्रा मोक्षदायक, कल्याणदायक र आरोग्यदायक हुने हिन्दू मैथिल जनविश्वास छ । त्रेता युगमा श्रीराम र श्री सीताजीको विवाहपश्चात् यो जोडिले विहारकै क्रममा मिथिलाका विभिन्न क्षेत्रको भ्रमण गरेको सम्झनामा मिथिला माध्यमिकी परिक्रमा परम्परा सुरु भएको महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठका सन्त रवीन्द्रदास वैष्णव बताउँछन्। 

“यो मर्यादा पुरुष्वत्तम श्रीराम र मिथिला नन्दिनी श्री जानकीजीको पदचिन्ह पछ्याउने यात्रा नै हो”, सन्त वैष्णव भने,  “यो यात्राको अभिष्ठ आरोग्यता, कल्याण र मोक्षको कामना नै हो ।” 

हजारौँ हजार साधुसन्त, गृहस्थ जीवनका नरनारी १५ दिनभरि सांसारिक सबै कुरा बिर्सेर यो यात्रामा सहभागी हुँदै आएका परम्परा छ । मध्यमा यात्रा १८ औँ सताब्दीमा प्रारम्भ भएको मानिन्छ ।

मिथिलामा बृहत् मिथिला परिक्रमा, मध्यमा मिथिला परिक्रमा र अन्तर्गृह (पञ्चकोशी) परिक्रमाको वर्णन मिथिला माहात्म्यमा गरिएको छ । हरिहरक्षेत्र, कोशी नदीसहित प्राचीन मिथिलाका सबै भेग पर्ने गरी हुने बृहत् मिथिला परिक्रमा अब हराइसकेको छ । 

अहिले बर्सेनि फागुन औँसीदेखि पूर्णिमासम्मको मध्यमा परिक्रमा हुँदैछ । यो परिक्रमा पनि अन्तर्गृह गरिएपछि पूरा भएको मानिन्छ । यद्यपि मध्यमा परिक्रमा गर्न नपाएका वा नभ्याएकाले यो पञ्चकोशी परिक्रमाबाटै मोक्षको कामना गर्छन् ।

फागुन शुक्लपक्षभरिको यो यात्रा रामसीताका पदचाप पछ्याउने भनिए पनि यससँगै अन्य परम्परासमेत जोडिएको पाइन्छ । यात्राको १५ औँ दिनको राति ‘होलिकादहन’ र १६ औँ दिन बिहान अन्तर्गृह परिक्रमा टुङ्ग्याइँदै गरिदा ‘धुरा’ उडाउने परम्परा रामजानकी यात्राभन्दा फरक प्रसङ्ग भएको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका प्राचार्य ईश्वरी पौडेल बताउँछन्। 

‘होलिकादहन’ र ‘धुरा’ उडाउने सत्ययुगकालीन घटना स्मरण गरिएको विश्वास गरिन्छ । दानवराज हिरण्यकशिपुले विष्णुभक्त छोरालाई मार्न आगोले नपोल्ने अभय वरदान पाएकी बहिनी होलिकाको काखमा छोरा प्रह्लादलाई अग्निकुण्डमा राखिँदा होलीका आगोले भष्म भएकी पुराणमा वर्णन छ । 

विष्णुभक्त प्रह्लादलाई भने आगोले नछोएको कथामा उल्लेख छ । परिक्रमाको अन्तिम राति सोही घटनाको सम्झनामा दानवीय प्रकृतिकी होलीकाको अन्त्य भएको सम्झनामा उनको आकृतिलाई आगो लगाउने हिन्दू मैथिल परम्परा छ । 

भोलिपल्ट होलीका दहन गरिएको खरानीको धुलो उडाएर राक्षसी प्रवृति अन्त्य भएको खुसियाली मनाइएको पौराणिक कथालाई पछि ‘धुरा’ उडाउने भनिएको मानिन्छ ।

मिथिलामा मनाइने उल्लासको पर्व ‘होली’ यसै पौराणिक कथामा आधारित रहेको मैथिल बताउँछन् । सत्यको विजय र राक्षसी प्रवृत्तिको अन्त्यको प्रतिकका रुपमा ‘होली’ पर्व परम्परा चलेको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ मटिहानीका सहप्राध्यापक ध्रुव राय बताउँछन्। 

मध्यमा परिक्रमा यात्रा श्रीराम जानकीको पदचाप पछ्याउनै थालिएको र यसै अवधिमा सत्य युगकालीन भक्त प्रह्लाद सम्बन्धित घटना पनि जोडिएको हुँदा यात्रा परम्परामा ‘होलीका दहन’ र ‘धुरा’ उडाउनेसँगै होली पर्व परम्परा परेको पाका मैथिल बताउँछन् । जनकपुरधाममा ‘होली’ पर्व अन्तर्गृह परिक्रमामा ‘धुरा’ उडाइएको भोलिपल्ट मनाइने परम्परा रहँदै आएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस-एमाले गठबन्धन ब्यूँताउने गृहकार्य, राष्ट्रियसभा चुनावमा मिलेर जाने तयारी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछि...

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार  सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...

निर्वाचनमा होमियो प्रलोपा, तीन समिति गठन

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ ।  तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ ।  भौतिक पूर्...

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रिलायन्सको साधारण शेयर

काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...

एमालेले महाधिवेशन प्रतिनिधिलाई नेता कार्यकर्ताको घर र कोठामा राख्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending