Khabar Dabali ६ जेष्ठ २०८३ बुधबार | 20th May, 2026 Wed
Investment bank

खोटाङको राखाबाङ्देलमा अस्थायी प्रहरीचौकी स्थापना, समाजसेवी गिरीद्वारा नि:शुल्क घर उपलब्ध

खबरडबली संवाददाता

खोटाङ । ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलमा अस्थायी प्रहरीचौकी स्थापना गरिएको छ । भौगोलिकरुपमा विकट तथा सुरक्षाका दृष्टिकोणले संवेदनशील क्षेत्र मानिने राखाबाङ्देलमा स्थापना गरिएको अस्थायी प्रहरीचौकीको बुधबार औपचारिकरुपमा उद्घाटन गरिएको हो ।

राखाबाङ्देल स्थानीय बासिन्दाको बस्ती पातलो भएको तथा सुरक्षाका दृष्टिकोणले अति नै संवेदनशील भएकाले तत्कालका लागि अस्थायी प्रहरीचौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए । ‘समुदायसँग प्रहरी’ भन्ने नेपाल सरकारको नीतिअनुसार राखाबाङ्देलका स्थानीय बासिन्दाको शान्ति/सुरक्षालाई मध्यनजर गर्दै तत्कालका लागि अस्थायी प्रहरीचौकी स्थापना गरिएको जनाइएको छ । 

राखाबाङ्देलमा स्थापना गरिएको प्रहरीचौकीका लागि स्थानीय बासिन्दा एवं समाजसेवी महादेव गिरीले नि:शुल्क घर उपलब्ध गराएको प्रहरीले जनाएको छ । प्रहरी सहायक निरीक्षकको नेतृत्वमा छजना प्रहरी रहने गरी स्थापना गरिएको अस्थायी प्रहरीचौकी प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका प्रमुख फणीन्द्र दाहाल र गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले संयुक्तरूपमा उद्घाटन गरेको हो । 

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने राखाबाङ्देलमा स्थानीय बासिन्दाले लामो समयदेखि प्रहरीचौकी स्थापनाको माग गर्दै आएका थिए । राखाबाङ्देलमा अस्थायी प्रहरीचौकी स्थापना भएपछि शान्ति/सुरक्षामा केही सहज हुने स्थानीय बासिन्दाको अपेक्षा छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री बालेनले संसद्‌मा लगे निर्वाचनसम्बन्धी संशोधन विधेयक

काठमाडौं । प्रतिनिधिसभामा निर्वाचन प्रणाली र मतदाता नामावलीसँग सम्बन्धित दुई वटा संशोधन विधेयक दर्ता भएका छन्। प्रधानमन्त्री बालेन शाहले “प्रतिनिधि...

सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ, तर स्वतन्त्रता र स्वच्छन्दता एउटै हैन: सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना ले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। प्रतिनिधिसभा को आक...

संसद भवन अगाडि जेन–जी शहीदको सालिक निर्माण गर्न सांसद खतिवडाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडा खत्रीले संसद भवन अगाडि जेन–जी आन्दोलनका शहीदहरूको सालिक(स्मारक मूर्ति) यथाशीघ्र नि...

प्रतिनिधिसभामा आफ्नो क्रियाकलाप र व्यवहार सच्याउन श्रम संस्कृति पार्टीलाई सभामुखको चेतावनी

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरूलाई आफ्नो क्रियाकलाप र व्यवहार सच्याउन चेतावनी दिएका छन्। बुधवार...

कक्षा ११ को पठनपाठन असार १ देखि सुरु हुने

काठमाडौं । शिक्षा मन्त्रालयले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेदेखि सुरु गर्ने तयारी गरेको छ। एसईईको नतिजा छिट्टै प्रकाशित भएपछि कक्षा ११ को शैक्षि...

संसदमा च्याटजीपीटीको सहारा नलनि रास्वपाको सांसदहरूलाई सचेत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा बैठकमा बोल्ने विषयवस्तु तयार गर्न च्याटजीपीटीको  अत्यधिक प्रयोग नगर्न आफ्ना सांसदहरूला...

कुकर उत्पादन गर्ने वर्षा रिसाइक्लिङ उद्योगमा आगलागी

नेपालगन्ज। बाँकेको कोहलपुरमा रहेको नेपालकै अग्रणी मेटल इन्डस्ट्रिज भिएमआई ग्रुप अन्तर्गतको वर्षा रिसाइक्लिङ प्लान्टमा मङ्गलबार बेलुकी भीषण आगलागी भएको...

प्रतिनिधिसभाको बैठक ११ बजे बस्दै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजे बस्दैछ । मङ्गलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ता...

प्रधानन्यायाधीश नियुक्तिपछि सपना प्रधान मल्ल २० दिन बिदामा

काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल २० दिनका लागि बिदामा बसेकी छन् । प्रधानन्यायाधीशमा डा। मनोजकुमार शर्माको नियुक्तिपछि उनल...

झापामा घरायसी विवादमा श्रीमतीको विभत्स हत्या, श्रीमान पक्राउ

दमक। झापाको हल्दीबारी गाउँपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घरायसी विवादका क्रममा श्रीमानले श्रीमतीक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending