Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

आत्मनिर्भर मुलुक बनाउने एमालेको अभियानमा साथ दिन ओलीको आग्रह

खबरडबली संवाददाता

जनकपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पर्सा जिल्लाका जनप्रतिनिधिसहित जनता समाजवादी पार्टीका विभिन्न कार्यकर्तालाई आज आफ्नो पार्टीमा प्रवेश गराएका छन् ।

एमाले पर्सा–काठमाडौँ सम्पर्क मञ्च र युवा सङ्घ नेपाल, भक्तपुर शाखाले आज भक्तपुरमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले पर्साको पोखरिया नगरपालिकाका–६ का वडाध्यक्ष सियानन्दप्रसाद चौहान र जनता समाजवादी पार्टीनिकट समाजवादी विद्यार्थी युनियनका मुख्यसचिव राकेश महतोलगायतलाई प्रवेश गराएको हो ।

नवप्रवेशीलाई स्वागत गर्दै अध्यक्ष ओलीले एमालेको देश बनाउने सही बाटो र गन्तव्यलाई मान्दै अहिले विभिन्न पार्टीबाट एमालेमा प्रवेश गर्नेको लहर चलेको जनाउँदै हिमाल, पहाड र तराईका प्राकृतिक विविधतायुक्त नेपाल गरिबी र पछ्यौटेपनमा रहिरहन नसक्ने बताए। उनले नेपालले आफ्नो उत्पादन गरेर अरु मुलुकलाई निर्यात बढाउनेतर्फका योजना अघि सारेर आत्मनिर्भर मुलुक बनाउने एमालेको अभियानमा साथ दिन आग्रह गरे । 

अध्यक्ष ओलीले औद्योगिक क्षेत्रको विस्तार, उत्पादन र रोजगारी बढाएर मुलुकलाई राष्ट्रिय अर्थतन्त्रलाई माथि लान सीता जन्मभूमि जानकी क्षेत्रको मधेश प्रदेश सक्षम भएको बताए । उनले आफ्नो सरकारको कार्यकालमा सुरु भएको वीरगञ्ज–काठमाडौँ रेलजस्ता आयोजना अघि बढाउन एमालेले पुन: सरकारको नेतृत्व गर्नुपर्ने बताए।

कार्यक्रममा एमालेका नेता महेश बस्नेतले विगतमा एमालेले मधेश जागरण अभियान सञ्चालन गर्दा अवरोध गर्न खोज्नेले अहिले पछुताउन थालेको जनाउँदै मधेशको समृद्धि  र विकासका लागि अध्यक्ष ओली नेतृत्वकै सरकारले काम गरेको जिकिर गरे। 

युवासङ्घका अध्यक्ष किरण पौडेलले एमालेमा युवाको आकर्षण बढ्दै गएको बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेसँग एकताको कुनै सम्भावना छैन: माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष...

रास्वपा महाधिवेशन स्थलमा तीन वटा हेल्थ डेस्क स्थापना

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र भरतपुरस्थित गेस्ट हाउस चौरमा...

रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन: प्रवक्ता मनिष झा

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा सङ्कलन नगरेको स्पष्ट ...

रास्वपा महाधिवेशनका लागि झण्डै २ करोड रुपैयाँ संकलन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन करिब ४ हजार प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्। रास्वपाले प्रत्ये...

रास्वपा महाधिवेशनमा प्यानल बनाउन निषेध, जारी भयो आचारसंहिता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...

सभापति रवि लामिछानेको अपिल: स्वस्थ प्रतिस्पर्धाबाट नयाँ उचाइमा पुग्नेछौँ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्न अपिल गरेका छन्। महाधिवेशनको पू...

सिँचाइ, तटबन्ध र नदी व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरी देशको कुल सिञ्चित खेतीयोग्य क्षेत्र ६४ प्रतिशत ...

बालकुमारीमा प्रहरीले चलायो गोली

काठमाडौं। ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। लाग...

रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक सुरु, महाधिवेशन तयारीबारे छलफल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक केहीबेर ढिलो गरी भरतपुरमा सुरु ...

एसियाली करातेमा एरिकालाई कांस्य

काठमाडौँ। नेपालकी कराते स्टार एरिका गुरुङले इन्डोनेसियाको बालीमा जारी २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा कांस्य पदक जितेको छिन्।  शुक्रबार भएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending