काठमाडौं । चिठ्ठा परेको लोभमा फस्दा एक व्यक्तिको रु २९ लाख रकम गुमेको छ ।
ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यामबाट पीडितलाई रु ९० लाखको चिठ्ठा परेको छ, सुनको सिक्री र दुई लाख पाउण्ड भएको सुटकेस पार्सल पठाएको भन्ने सूचनाका आधारमा लोभिँदा यसरी रु २९ लाख गुमाउनुपरेको हो ।
उक्त सूचनाको प्रमाण खोज्नेतिर नलागी अरुले भनेको कुरालाई विश्वास गर्दा धेरै मानिस ठगीमा पर्ने गरेका छन् । यो पनि त्यसैको एउटा निरन्तरता हो ।
विदेशीको नामको ह्वाट्सएपमार्फत चिठ्ठाको सूचना आएलगत्तै पुनः नेपालबाटै प्रताप राना सिंह नामका व्यक्तिले पीडितलाई ह्वाट्स्एपमार्फत फोन गरी पार्सल र चिठ्ठा परेको रकम पाउनका लागि कर तिर्नुनपर्ने भनी भ्रामक सूचना दिए ।
पीडितले भने रु ९० लाख पाउने लोभमा विभिन्न व्यक्तिको नामको बैंक खाताबाट रु २९ लाख जम्मा गरेपछि ठगीमा परेको पत्ता लागेको प्रहरीले जनाएको छ ।
यसरी ठगी कार्यमा काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर गाउँपालिका–४ घर भई हाल भक्तपुरको थिमी बस्ने वर्ष ३८ का गम्दीप गौतम रहेको खुल्न आएको मानगरीय अपराध महाशाखाले जनाएको छ ।
पीडितको जाहेरीका आधारमा उनलाई सोमबार पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परिसरमा बुझाएको महाशाखाका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २३ गते, २०८२ - ०९:२०
काठमाडौं । डडेलधुराबाट निरन्तर संसद्मा प्रतिनिधित्व गर्दै आएका कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले यसपालि पनि चुनाव लड्न चाहेका थिए तर टिकट पाएनन् ...
माघ २३ गते, २०८२ - ०९:१५
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा परिचालन हुने प्रहरी कर्मचारीलाई निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम बुधबारदेखि प्रहरी प्रधान ...
माघ २३ गते, २०८२ - ०९:१२
महोत्तरी । प्रतिनिधिसभा निर्वाचन क्षेत्र–४मा चुनावी चर्चा चुलिएको छ । उम्मेदवारसँगै राजनीतिक दलका कार्यकर्ता गाउँबस्ती पुगेर मत माग्न व्यस्त छन् । ...
माघ २३ गते, २०८२ - ०८:१६
दुई चरणमा चुनाव गर्ने कुरा कुनै हालतमा पनि स्विकार्य हुदैन
माघ २३ गते, २०८२ - ०८:०२
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । तराईका केही स्...
माघ २३ गते, २०८२ - ०७:५८
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुमा देखिएको अस्वाभाविक मूल्यवृद्धि समायोजन गर्न उत्पादक, पैठारीकर्ता र वितरकलाई न...
माघ २३ गते, २०८२ - ०७:२७
उदयपुर । जता हेर्यो त्यतै धुलो, मनभरि आक्रोश । उदयपुरको कटारी नगरपालिका—८ कोलबोटका बेदबहादुर तामाङको अवस्था वर्षदेखि यस्तै छ । दैनिकी धुलो बढार्दैमा ...
माघ २३ गते, २०८२ - ०७:२२
काठमाडौँ । सरकारले बहुवर्षीय आयोजनासम्बन्धी ठेक्का र स्रोत सहमतिको प्रक्रिया परिमार्जन गर्दै नयाँ मापदण्ड जारी गरेको छ । ‘आयोजनाको बहुवर्षीय ठेक्का सह...
माघ २३ गते, २०८२ - ०७:१७
झापा । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नं २ मा पनि चुनावी गतिविधि तीव्र बन्दै गएका छन् । निवर्तम...
माघ २३ गते, २०८२ - ०७:०७
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन खर्चलाई पारदर्शी र मितव्ययी बनाउन ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार–प्रसार बैङ्क खाता (सञ्चालन तथा व्यवस्थापन) क...



प्रतिकृया लेख्नुहोस्: