Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank

तातोपानी कुण्डमा दैनिक तीन सयभन्दा बढी बिरामी उपचारमा

खबरडबली संवाददाता

म्याग्दी । प्राकृतिक चिकित्सालयको रुपमा चर्चित म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा दैनिक ३००भन्दा बढी बिरामीले डुबेर उपचार गराइरहेका छन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको जोखिम कम भएपछि तातोपानी कुण्डमा डुबेर उपचार गराउन आउने बिरामीको सङ्ख्या बढ्दै जान थालेको हो । कोरोनाको महामारीका कारण यसअघि बन्द गरिएको कुण्ड सङ्क्रमण घट्दै गएपछि यही फागुन महिनाको पहिलो सातादेखि सर्वसाधारण तथा बिरामीका लागि पुन: खुला गरिएको थियो ।

कोरोना सङ्क्रमणको जोखिम कम हुँदै र जाडो पनि घट्दै गएपछि बिरामी तातोपानीमा आइरहेका तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिए । उनका अनुसार अहिले कुण्डमा दैनिक २०० महिला र १००पुरुष ले नियमित स्नान गरिरहेका छन् । कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको हुँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्नेगरी कुण्डमा नुहाउनका लागि बिरामीलाई अनुमति दिइएको अध्यक्ष अध्यक्ष शाक्यको भनाइ थियोे ।

तातोपानी कुण्डमा नुहाउने बिरामीको सङ्ख्या अत्यधिक बढेपछि महिला र पुरुषको छुट्टाछुट्टै नुहाउने समय तालिका बनाइएको छ । हरेक दिन बिहान ६ देखि बेलुका ४:३० बजेसम्म दुई–दुई घण्टाका दरले महिला र पुरुषले नुहाउने समय तालिका लागू गरिएको छ ।

मुख्य कुण्डभन्दा बाहिरका दुई वटा पोखरीमा भने साँझ ५ देखि ९ बजेसम्म पनि नुहाउने व्यवस्था गरिएको जनाइएको छ । अहिले पुरुषको तुलनामा महिला धेरै भएपछि  उनीहरुलाई पनि दुई चरणमा नुहाउने गरी समय तालिका बनाइएको अध्यक्ष शाक्यले बताउनुभयो ।अहिले तातोपानी कुण्डमा विदेशी नागरिकसहित म्याग्दी, बागलुङ, पर्वत, कास्की र गुल्मी जिल्लाबाट आएका बिरामीले दैनिकजसो स्नान गरिरहेका छन्  । कुण्डमा आउने अधिकांश बिरामी एक हप्तासम्म तातोपानीमै बसेर नुहाउने गर्दछन् ।

कुण्डभित्र मुख्य पोखरीमा नुहाउनका लागि प्रतिव्यक्ति रु ३५० टिकटको व्यवस्था गरिएको छ भने कुण्ड बाहिरको पोखरीमा नुहाउन प्रतिव्यक्ति रु १०० को टिकट लिनुपर्छ । एकपटक टिकट लिएपछि कुण्डभित्र सात दिन र बाहिरको पोखरीमा दुई घण्टा स्नान गर्न पाइन्छ ।

जमिनमुनिबाट ४८ डिग्री सेन्टिग्रेटको तापक्रममा वीरेनूनको स्वादसहित निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्यास्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाइ, सड्किएको, मर्किएको, बज्रिएकोसहित चिसोबाट उत्पन्न सबैखाले रोग निको हुने जनविश्वास रहिआएको छ । कुण्डका मुख्य पोखरीसहित बाहिरका दुईवटा पोखरी, तीनवटा बाथटप र धारामा नुहाउन पाइन्छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक, मिटरब्याज आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले...

सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...

मिडिया गेटमा पार्किङबारे रवि लामिछाने: पार्टीले विज्ञप्तिमार्फत यो गलत हो भनेर स्पष्ट भनिसकेको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको कार्यालय प्रवेशद्वारमा अवरोध पुग्ने गरी सवारी पार्किङ गरिएको घट...

प्रतिनिधिसभामा ‘अर्थसम्बन्धी केही नेपाल कानुन संशोधन र खारेज गर्ने विधेयक’ प्रस्तुत

वर्तमान शासन संरचनामा असान्दर्भिक कानुन खारेज गर्न आवश्यक: अर्थमन्त्री

नगर प्रहरीलाई मन्त्री लम्सालको आग्रह: मनोबल नघटाउनुहोस्, तपाईंहरूकै कारण धेरै एम्बुलेन्स समयमै अस्पताल पुगेका छन्

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई मनोबल कमजोर नबनाउन आग्रह गरेका छन्। मंगलबार प्रत...

यातायात कार्यालयको अनलाइन प्रणाली सञ्चालनमा, देशभर सेवा पुन: सुरु

काठमाडौं । देशभरका यातायात व्यवस्था कार्यालयहरूमा केही दिनयता देखिएको प्राविधिक समस्या समाधान भएसँगै अनलाइन सेवा पुन: सञ्चालनमा आएको छ। केन्द्रीय स...

मलाई ‘गोली हानेर मारिदिन्छु’ भन्दै धम्की आएको छ : ऐन महर

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारको गुण र दोषका आधारमा समर्थन तथा विरोध गर्दा आफूलाई ज्यान मार्ने धम्की आउने गरेको बत...

प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजेसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। मंगलबार बसेको बैठकको अन्त्य गर्दै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक...

करार कर्मचारी हटाउने तयारीको विरोधमा अर्थ मन्त्रालयको गेटमा धर्ना

काठमाडौं । करार सेवामा कार्यरत कर्मचारी हटाउने सरकारको तयारीको विरोधमा १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले धर्ना दिएका छन्। सरकारले करार सेवामा र...

महरलाई खगेन्द्रको प्रश्न– बालेन मुर्दावाद भन्ने क्रान्तिकारीमा बा मुर्दावाद भन्न सक्ने दम राख्नुहुन्छ ?

खगेन्द्र सुनार यो नेल लगाएर आएको हो, बाको, दाइ–भाउजूको हातखुट्टामा तेल लगाएर आएको होइन

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending