Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

सभामुख र माधव नेपालको पदसँग एमसीसी सम्झौता साटेको ओलीको आरोप

खबरडबली संवाददाता

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाले आफ्नो पदसँग एमसीसी सम्झौता साटेको आरोप लगाएका छन् ।सापकोटा र माधव नेपालको पद जाने भयो भनेर सभामुख, माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी पास गर्न अघि बढेको आरोप लगाएका छन् ।

मंगलबार काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले एमसीसी सम्झौता संसद्मा टेबल गर्नुपर्‍यो भने आत्महत्या गर्छु भन्ने जस्तो कुरा गर्ने सभामुखले आफ्नो पदसँग एमसीसी सम्झौता साटेको आरोप लगाए । माओवादी र एकीकृत समाजवादी कार्यकर्ता सडकमा भिडाउने आफू यता सत्ता कसरी जोगाउने भन्नेमा केन्द्रित भएर सो सम्झौता पास गरेको बताए । 

उनले भने–‘ एमसीसीमा राष्ट्रघात भएको हो कि हैन तपाईहरुले उहाँहरुलाई सोध्नुपर्ने कुरा हो । राष्ट्रघात भएको हैन भने किन हल्ला चलाउनु, किन कार्यकर्ता परिचालन गराउनुभयो, किन ढुङ्गामुडा गराउनुभयो, किन बाटो भत्काउनुभयो । प्रचण्ड माधव नेपालहरुले कार्यकर्ता उकासेर, आवेश उत्तेजनामा ल्याएर देशभक्तिको एउटा भावना उरालेर बाटो भत्काउन र ढुङ्गामुडा गर्न लगाउनुभयो । सत्ता जोगाउनका लागि जनतालाई दुख दिनुभयो । सभामुखको पद जाने भयो, माधव नेपालको पद जाने भयो । त्यसो भएपछि यो एमसीसी पारित गर्नुभयो । राष्ट्रघात सार्वभौम सत्ताको प्रश्न हो भने सभामुखको पद वा फलानाको पदसँग साटिन सक्छन् ? त्यो जोडिन वा साटिन सक्ने विषय नै हैन । तर उहाँहरूले त्यसैगरी व्याख्या गरेको सुन्नुभएको छ ।’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिड्नी गोलीकाण्ड अपडेट: मृतकको सङ्ख्या १६ पुग्यो

काठमाडौँ। सिड्नीको बोन्डी बिचमा भएको गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । जसमा एक बुबा र छोरा आक्रमणकारीको रूपमा पहिचान गरिएको प्रहरीले जना...

एमाले ११औँ महाधिवेशन: सुनिता डङ्गोलदेखि सुहाङ नेम्वाङसम्म केन्द्रीय सदस्यमा इन्ट्री

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा केही चर्चित नयाँ अनुहार केन्द्रीय कमिटीमा प्रवेश गर्ने भएका छन् । प्रारम्भमा महाधिवेशन प्रतिनिधि नबनेका...

बाँकेमा शितलहरबाट ३५ हजार बढी परिवार प्रभावित हुने पुर्वानुमान

नेपालगन्ज । यस वर्ष बाँके जिल्लामा ३५ हजारभन्दा बढी परिवारका करिब एक लाख ८० हजार सर्वसाधारण शितलहरबाट प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ । जिल्...

राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ ।  प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...

समावेशी विकासमा सरकारले काम गरिरहेको छ: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...

निवर्तमान काँग्रेस सांसद चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...

गृहमन्त्रीद्वारा जेनजी आन्दोलनमा मारिएका अमृत गुरुङको परिवारसँग भेट

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् ।  कास्कीको रुपा गाउँप...

म केपी ओलीसँग टाढा भएको छैन, उहाँ डुब्दा म पनि डुब्छु: गोकुल बास्कोटा

काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, चार अर्ब कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...

भृकुटीमण्डपमा एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending