Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

प्रचण्ड र ओलीको गोप्य वार्तालापपछि यसरी बन्यो ६ प्रदेशको नयाँ प्रस्ताव

\"KP_Oli-Prachand\"काठमाडौं । सोमबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र उमाओवादी अध्यक्ष पूस्पकमल दाहाल ‘प्रचण्ड’बिच भएको गोप्य भेटवार्तापछि संविधान निर्माणको कोर्सले एकाएक गति लिने संकेत गरेको छ  । सिमांकन र धर्म निरपेक्षता टुङ्ग्याएर मात्रै संविधान घोषणा गनुपर्ने नयाँ प्रस्ताव गरेर प्रकृया लम्ब्याउने र संविधान निर्माण नगरी सरकार छोड्नुनपर्ने निष्कर्षमा देखिएको कांग्रेसको योजनालाई प्रचण्ड र ओलीले चकनाचुर पार्ने अवस्था सिर्जना भएको हो । सोही छलफल र सल्लाह अनुसार मंगलबार सिंहदरबारमा दिनभर बसेको राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा सिमांकनको विषय टुङ्ग्याउन १६ बुँदे सहमतिमा भनिएको ८ प्रदेशलाई घटाएर ६ प्रदेशमा जाने प्रस्ताव गरेपछि दलहरु सहमतिको नजिक पुगेका हुन् । १६ बुँदेपश्चात् जनताको सुझाव समेटेका दलहरुले सिमांकन, धर्मनिरपेक्षता तथा नागरिकताजस्ता विषयहरु सल्ट्याएरमात्रै संविधान जारी गर्न जनताको सुझाव आएको भन्दै सत्तारुढ दल नेपाली कांग्रेसले सिमांकन टुङ्ग्याउनुपर्ने नयाँ प्रस्ताव गरेको थियो । तर प्रस्तावलाई अर्को सत्तारुढ दल नेकपा एमालेले कांग्रेसले सरकार नछोड्ने चालका रुपमा प्रयोग गर्न थालेको आंशका गरेपछि संविधान निर्माणको काम भाँडिएको आँकलन सर्वत्र थियो । सिमांकन, धर्मनिरपेक्षता तथा नागरिकताका विषय टुङ्ग्याउन भन्दै कांग्रेसले संविधान जारी गर्न ढिला गरेपछि भड्किएका एमाले अध्यक्ष ओली र प्रधानमन्त्री सुशिल कोइरालाबिचको सम्बन्ध पछिल्लो समय निकै तिक्ततापूर्ण रह्यो । नजिकिँदै गएको कांग्रेस महाधिवेशनलाई लक्षित गरी सत्ता लम्ब्याउने धुनमा कांग्रेस लागेको आशंका गरेको एमाले/एमाओवादीले मंगलवार भएको छलफलमा ६ प्रदेशको नयाँ प्रस्ताव पेश गरेपछि यस्तो सम्भावना बढेको हो । १६ बुँदे अघि नेपाली कांग्रेसले लिएको ६ प्रदेशको अडानमा नै गएर सहमति खोजेपछि नयाँ संविधान साउन मसान्ताभित्रै जारी गर्न सकिने बुझाईमा एमाओवादी तथा एमाले नेताहरु पुगेका हुन् । ६ प्रदेशमा जाँदा सिमांकन टुङ्ग्याउन पनि जटिल नहुने उनीहरुको बुझाई छ । मंगलबार सिमांकनका केही मोडलहरुमा छलफल भएको एमाओवादी नेताले बताए । पूर्व र पश्चिमका केही जिल्लाहरुमा देखिएको विवाद हल गर्न ती जिल्लाहरुलाई माथिको पहाडी प्रदेशसँग जोड्नेगरी छलफल चलेको स्रोतले बतायो । धर्मनिरपेक्षतालाई थप र स्पष्ट व्याख्या गर्ने, नगरिकतामा बा वा आमा कायम गर्ने गरी सहमति जुट्न लागेको नेताहरुले बताएका छन् । सोमबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भएको झण्डै ४ घण्टा लामो तर गोप्य भेटघाटमा यस्तो नयाँ प्रस्ताव तयार भएको थियो । यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पाको घरमा भएको भेटघाटमा  कांग्रेसको सरकार नछोड्ने चालबाजीलाई परास्त गर्न यस्तो प्रस्ताव ल्याइएको स्रोतको दाबी छ । मंगलबार भएको छलफल नब्रिगिए बुधबार साँझसम्म दलहरुले नयाँ सहमति गर्नेछन् भने साउन मसान्तभित्रै नयाँ संविधान जारी गर्ने मितिसमेत तोकिनेछ  । तर, असन्तुष्ट मधेशवादी दल, वैद्य नेतृत्वको माओवादीलगायतका जनजाति तथा दलितहरुको असन्तुष्टीका बारेमा दलहरुले खास छलफल गरेका छैनन् । माथि भनिएजसरी विवाद हल गरिँदा पनि असन्तुष्ट दलहरुको एजेण्डाको सम्बोधन भने हुने छैन । यो विवाद कांग्रेस, एमाले, एमाओवादी र फोरमको मात्रै हो । असन्तुष्ट मधेशी तथा जनजातिको होइन । १६ बुँदेका सहयात्रीहरु बिच देखिएको विवाद हल हुँदामात्रै संविधान निर्माणको विषय टुंगिने ग्यारेन्टी भने हुँदैन । मुख्य दलहरुबिच भएको भनिएको नयाँ सहमतिको सम्भावनाबारे असन्तुष्ट दलहरुको प्रतिकृया आइसकेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy