Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

फोहरी दलित कि तपाईंको जातीवादी दिमाग ?

\"Rupसर्लाहीको कर्मैयास्थित महेन्द्र जनता उच्च माविका अवकाश प्राप्त प्राचार्य कृष्णबहादुर केसीले कुराकानीका क्रममा मसँग प्याच्च भने, ‘दलितहरु सुँगुर खान्छन्, फोहोरी र असभ्य हुन्छन् । त्यसकारण उनीहरुलाई अछुतको व्यवहार गरिएको हो । अरु केही पनि होइन ।’ एउटा प्राचार्य जस्तो उच्च शिक्षित व्यक्तिबाट दलितका विषयमा यति तल्लो स्तरको अभिव्यक्ति आउला भन्ने मैले कल्पनै गरेको थिइनँ । म तीन छक्क मात्र परिनँ । एक प्रकारले ठूलो मानसिक उत्पीडनको महसुस पनि गरें । क्षेत्री जातका उनी तिनै प्राचार्य हुन्, जसले बुढेसकालमै भएपनि पूरा गर्नका लागेका स्नातकोत्तर अध्ययनका लागि केही वर्षअघि दलितकै विषयमा “थेसिस्” लेखेका थिए । त्यसका लागि उनी हामीसँग सोधपुछ गर्न आएका थिए । तिनले त्यो थेसिस् कसरी लेखे, देखाएनन् । तर, आज उनको अभिव्यक्ति सुनेर दलितका विषयमा उनले कस्तो थेसिस् कस्तो लेखे होलान्, त्यो भने सहजै अनुमान गर्न सकिन्छ । उनले त्यसो भनेपछि मैले प्रश्न गरें, ‘सर, के साँच्चै दलितहरु फोहोरी भएकै कारण उनीहरुलाई अछुतको व्यवहार गरिएको हो त ? यसमा अरु कुनै कारण देख्नु हुन्न, हैन ?’ उनी आफ्नो अडानमा अडिग रहे, ‘हो, फोहोरी भएपछि त स्वभाविक रुपमा उसलाई अलग गरिन्छ नि ।’ मैले पनि प्रश्न गर्न छाडिनँ, ‘त्यसो हो भने के म तपाईं भन्दा कम सफा छु त सर ? के मलाई तपाईं आफ्नो घरभित्र पसाउन सक्नुहुन्छ ?” अनि उनले अनकनाउँदै भने, ‘त्यो कुरा अर्कै हो ।’ मैले अगाडि भन्दै गएँ, ‘सर, गरिब बनाइएका कारण फोहोर बस्न बाध्य दलितका शरिर त साबुन पानीले सफा गर्न सकिन्छ । तर, तपाईंहरु जस्ताको दिमागमा जमेको जातीवादी सोचको फोहर भने केले सफा गर्ने होला ?’ त्यसपछि भने उनी चुप भए र हतार हतार मबाट छुट्टिए । सायद थप बहस गर्नु उचित देखेनन् । उनी व्यक्ति मात्र होइनन् । समाजको बौद्धिक वर्गमा पर्ने एक प्रतिनिधि पात्र पनि हुन् । यस्तो बुद्धिजीवि दिमागमा त दलितका विषयमा यति दरिद्र विचार छ भने अरु सामान्य जनको बुझाई झन् कस्तो होला ? म साह्रै सोचमा परें । ठूलो चिन्तामा परें । साँच्चै हाम्रो समाज कहिले फेरिएला ? कसले फेर्ला ? कतिपय मान्छेहरु समाजबाट जातपात र छुवाछूत नहट्नुको कारण शिक्षाको कमी हो भन्छन् । सबैमा शिक्षा पुगेपछि जातीय अन्धविश्वासको पनि स्वतः अन्त्य हुने तर्क गर्छन् । तर, यो विचारमा मेरो पहिलेदेखि नै विमति रहँदै आएको छ । ती अवकाश प्राप्त प्राचार्यको पुङ न पुच्छरको प्रतिक्रिया सुनेपछि त झन् मेरो विमति बढेर गएको छ । यदि शिक्षाको कमीले समाजमा छुवाछूत नहटेको हो भनेर मान्ने हो भने यो प्रश्न टड्कारो रुपमा उठ्छ, ‘के त्यसो भए छुवाछूत गर्ने सबै अनपढ छन् त ?’ पक्कै पनि होइन । मलाई त लाग्छ, बरु यहाँ सबभन्दा बढी जातीय विभेद आफूलाई सबैभन्दा शिक्षित र सभ्य ठान्ने वर्गबाटै भइरहेको छ । त्यसको एउटा उदाहरण हो– अवकाश प्राप्त ती प्राचार्य । यदि शिक्षाको कमीले छुवाछूत नहटेको भन्ने हो भने त यो देशमा बाहुन–क्षेत्री समुदायभन्दा बढी शिक्षित वर्गमा को पर्लान् ? तर उनीहरुले जति छुवाछूत अरु कसले गर्छन् ? ती पूर्वप्राचार्य जस्तै छुवाछूतवादी धेरैको आरोप छ– दलितहरु फोहरी र असभ्य हुन्छन् । मानौं ठूला जाति भनाउँदाहरु जति सबै सफा र सभ्य हुन्छन् । अरुको उदाहरण किन ? म मेरै गाउँ र ठाउँको यथार्थता यहाँ राख्न चाहन्छु । मेरो गाउँमा एकजना यस्ता क्षेत्री छन्, जो दैनिक जाँडरक्सी खान्छन् र जहाँ पायो त्यहीं सडकमा लड्छन् । पूर्वप्राचार्यले भनेजस्तो उनले सँुगुर बंगुर जेसुकैको मासु पनि खान्छन् ।
दलितको कोखमा जन्मिएकाहरु जतिसुकै शिक्षित, सभ्य र सफासुग्घर भएपनि उसलाई अछूत नै मानिन्छ । अनि कथित उपल्ला जातिका कोखमा जन्मिएकाहरु जतिसुकै अशिक्षित, असभ्य र फोहरी मात्र होइन, जतिसुकै दुराचारी, अपराधी र बलात्कारी नै किन नहोस्, उसलाई उच्च, शुद्ध र छूत ठानिन्छ ।
म उनीजस्तो जाँडरक्सी खान्नँ । गाउँमा म एउटा पत्रकार तथा समाजसेवी भनेर चिनिएको छु । तैपनि मेरो समाजले मैले होइन तिनै क्षेत्रीले छोएको खान्छ । उनैलाई चोखो र शुद्ध ठान्छ । मैले छोएको भने पानीसम्म चल्दैन । मेरो गाउँमा खानेपानीको स्रोत इनार छ । त्यो इनारमा म पनि पानी तान्न जान्छु । तर, मभन्दा फोहरी देखिने कथित उच्च जातका मानिसहरु उल्टै मलाई अछूत ठान्छन्, मसँग पानी तान्दैनन् । उनीहरुले पानी तानेका बेला मलाई इनार छुन दिँदैनन् । कयौं पटक त झगडा समेत गरें । तर कति झगडा गर्नु ? यसबाट के प्रष्ट हुन्छ भने दलितको कोखमा जन्मिएकाहरु जतिसुकै शिक्षित, सभ्य र सफासुग्घर भएपनि उसलाई अछूत नै मानिन्छ । अनि कथित उपल्ला जातिका कोखमा जन्मिएकाहरु जतिसुकै अशिक्षित, असभ्य र फोहरी मात्र होइन, जतिसुकै दुराचारी, अपराधी र बलात्कारी नै किन नहोस्, उसलाई उच्च, शुद्ध र छूत ठानिन्छ । यहाँ छुवाछूत अरु केहीका आधारमा होइन, विशुद्ध जन्म र जातका आधारमा भइरहेको हो । हिन्दुधर्मको वर्ण व्यवस्थाका आधारमा भइरहेको हो । यो बाहुनवादी (मान्छेमा सबैभन्दा श्रेष्ठ बाहुन हुन्छ भन्ने मान्यता) समाज  दलितलाई, भएको खण्डमा मास्टर, डाक्टर, पत्रकार, नेता, सभासद्, मन्त्री, बुद्धिजीवि, समाजसेवी सबैथोक मान्न तयार छ, तर उसलाई आफू समान ‘मान्छे’ मान्न भने कुनै हालतमा तयार छैन । यथार्थता यो हो । तर यसलाई ढाकछोप गर्न ती पूर्व प्राचार्य जस्ता बाहुनवादीहरु अनेक बहाना बनाउँछन् । छुवाछूत हुनुमा दलितकै दोष देखाउँछन् । र, आफूलाई पानी माथिको ओभानो बनाउने प्रयास गर्छन् । हिजोका दिनमा कामका आधारमा छुवाछूत गरिएको भनिन्थ्यो । लुगा सिलाउने काम गरेकाले दमाईलाई, जुत्ता सिलाउने काम गरेकाले सार्कीलाई, फलामको काम गरेकाले कामीलाई विभेद गरिएको भनिन्थ्यो । तर, आज यी सबै पेशा बाहुन क्षेत्रीलेसमेत गरिरहेका छन् । तर उनीहरु खोइ अछूत भएका ? यता हिजो बाहुन÷क्षेत्रीको मात्र पेवा बनाइएका पढ्ने, पढाउनेलगायतका पेशा आज दलितहरुले पनि गरिरहेका छन् । तर पनि उनीहरु अछूतको स्थानबाट माथि उठ्न सकेका छैनन् ।
यसर्थ समाजमा छुवाछूत नहट्नुमा दोष दलितको होइन, मान्छेलाई दलित बनाउने बाहुनवादी संस्कार र परम्पराको हो ।
त्यस्तै अहिलेको युगमा सुँगुर, बंगुर, पाडा, भैंसी नखाने बाहुन/क्षेत्री कति होलान् ? जाँडरक्सी नखाने बाहुन/क्षेत्री कति होलान् ? के ती सबैलाई अछूत घोषणा गर्न सकिन्छ ? के यो प्रश्नको जवाफ सर्लाही कर्मैयाका केसी जस्ता पूर्व प्राचार्यहरुसँग छ ? यसर्थ समाजमा छुवाछूत नहट्नुमा दोष दलितको होइन, मान्छेलाई दलित बनाउने बाहुनवादी संस्कार र परम्पराको हो । फोहर दलितमा होइन, दलितलाई अछूत देख्ने, आफूलाई उच्च ठान्नेहरुको दिमागमा भरिएको छ । जसलाई सफा नपार्दासम्म दलितले जतिसुकै साबुन पानीले धोएर आफूलाई सफा पारेपनि समाजबाट जातीय छुवाछूतको फोहर हट्नेवाला छैन । तसर्थ, सर्वप्रथम हजारौं वर्षदेखि हिन्दुधर्म भित्र रहेको जातीय कुसंस्कार र यसका अगुवाहरुको दिमागमा जमेको जातीवादी फोहर सफा गर्ने अभियान थाल्नु जरुरी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: