तनहुँ । व्यासनगरपालिका–१४ निवासी १९ वर्षीय खुश्बु रानाको उपचारका लागि वाइसीएल नेपाल व्यासनगर कमिटी तनहुँले आर्थिक स्रोत जुटाउन थालेको छ । खुश्वु राना बचाउ अभियान नै थालेर वाइसीएलले विभिन्न सङ्घसंस्था र व्यक्तिबाट गरी हालसम्म रु एक लाख ७० हजार सङ्कलन भएको जनाएको छ ।
केही समयदेखि रानाको दुवै मिर्गौलामा खराबी आएपछि उहाँको जीवनरक्षाका लागि अर्थ सङ्कलन थालिएको वाइसीएल व्यास नगर कमिटीका अध्यक्ष निर्दोष भट्टराईले जानकारी दिए । अर्थावस्था नाजुक रानाको उपचारका लागि नेपाली सेना, नेपाल प्रहरी, सिङ्गापुरे पुलिस, भारतीय सेनामा कार्यरत तथा विभिन्न सङ्घसंस्था र व्यक्तिको सहयोगमा उक्त रकम सङ्कलन भएको उनले बताए।
सङ्कलित रकम एक कार्यक्रमका बीच हस्तान्तरण गरिने भएकाले सहयोग जुटाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो । राना बचाउ अभियानमा व्यासनगरपालिका–१ स्थित अडमपानी टोल विकास संस्थाबाट रु ४२ हजार ९६५, नेपाली सेनाका श्रीमतीहरूको समूहबाट रु १३ हजार, सिङ्गापुरे पुलिसमा कार्यरत सन्दीप मगरबाट रु १० हजार, कीर्ति मगरको सक्रियतामा रु १० हजार र नीरज मगरबाट रु १० हजार आर्थिक सहयोग प्राप्त भएको छ । त्यसैगरी व्यास–१४ निवासी आज थापा र अमृत आलिसेबाट रु छ हजार ३३३ गण्डकी प्रदेशका पूर्वमन्त्री हरिबहादुर चुमानबाट रु पाँच हजार, इन्डियन आर्मीमा कार्यरत अमृत गुरुङबाट रु पाँच हजार, आँबुखैरेनी वाइसीएल गाउँ कमिटीबाट रु पाँच हजार सहयोग प्राप्त भएको छ ।
त्यसैगरी व्यास–१ भादगाउँ निवासी सन्दीप क्षेत्रीबाट रु पाँच हजार १२१, श्रीकला ब्यूटीपार्लर सञ्चालिका सिजिका थापा मगरबाट रु पाँच हजार, माओवादी व्यास नगर कमिटीका सहसचिव हर्कबहादुर थापाबाट रु पाँच हजार आर्थिक सहयोग प्राप्त भएको छ । माओवादी गण्डकी प्रदेश सदस्य शुक्र चुमानबाट रु पाँच हजार, सुमती थापाबाट रु पाँच हजार, बन्दीपुर गाउँपालिका उपाध्यक्षबाट रु पाँच हजारलगायतका विभिन्न व्यक्तिबाट रु एक हजारदेखि रु पाँच हजारसम्म सहयोग प्राप्त भएको वाइसिएल नेपाल व्यासनगर कमिटीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १६:५४
काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...
पौष २ गते, २०८२ - १६:४२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्। संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...
पौष २ गते, २०८२ - १६:२७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...
पौष २ गते, २०८२ - १६:०६
झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । ...
पौष २ गते, २०८२ - १५:४४
काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...
पौष २ गते, २०८२ - १५:३५
ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...
पौष २ गते, २०८२ - १५:२०
जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...
पौष २ गते, २०८२ - १५:१३
कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...
पौष २ गते, २०८२ - १४:५९
काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...
पौष २ गते, २०८२ - १४:५१
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...




प्रतिकृया लेख्नुहोस्: