Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

ओलीको निर्देशन : जेठ ४ भित्रै स्थानीय तहको निर्वाचन हुनुपर्छ, तयारीमा लाग्नुस्

खबरडबली संवाददाता
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन जेठ ४ भित्रै हुनुपर्ने बताएका छ्न। बुधबार भक्तपुरको गठ्ठाघरस्थित एक पार्टी प्यालेसमा सम्पन्न केन्द्रीय सचिवालय बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमै स्थानीय तहको निर्वाचन हुनुपर्ने बताएका हुन्। 
 
सरकार संविधान कार्यान्वयन, सङ्घीयताको कार्यान्वयन र लोकतान्त्रिक अभ्यासमा लाग्नुभन्दा सत्ता स्वार्थमा केन्द्रित रहेको आरोप लगाउँदै उहाँले कानून एवं संविधानबमोजिम  फागुनभित्र निर्वाचन गर्न एमालेले पटकपटक ध्यानाकर्षण गराउँदा पनि नगरेको बताए। 
 
कोरोनाविरुद्धको २४ लाख खोप हराउनु सरकारको गम्भीर लापरवाही भएको भन्दै छानविन पनि नहुनु दुर्भाग्य भएको उनले टिप्पणी गरे। 
 
एमाले केन्द्रीय सचिवालय बैठकले स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गरेको छ । बैठकपछि सञ्चारकर्मीलाई बैठकको निर्णयबारे जानकारी दिँदै एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले स्थानीय तहको मिति भोलि बिहीबारसम्म नतोके सातै प्रदेश र केन्द्रबाट दबाबमुलुक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए। 
 
एमालेले राष्ट्रियसभा निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने भएको छ । बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ र सुदूरपश्चिममा भएको अनुशासन उल्लङ्घन एवं अन्तर्घातको छानविन गर्न कारवाहीका लागि सिफारिस गर्न प्रदेशलाई निर्देशन दिएको बताए। 
 
केही दिन अगाडि पार्टी छोडेकी तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुखलाई निष्काशन गर्ने निर्णय सचिवालय बैठकले गरेको जानकारी दिँदै प्रचार विभाग प्रमुख गुरुङले रौतहट र पर्सामा जिल्ला अधिवेशनमा देखिएको विवाद समाधान गर्न केन्द्रीय सङ्गठन विभागलाई जिम्मेवारी दिइएको जानकारी दिए। 
 
बैठकले यसैसाता केन्द्रमा प्रशिक्षण कार्यक्रम गर्ने, प्रदेशमा पनि कार्यक्रम सञ्चालन गर्ने, आफूहरूले गरेको राम्रा कामको प्रचार गर्दै स्थानीय तह निर्वाचन जित्ने रणनीतिका साथ अगाडि बढ्ने गुरुङले जानकारी दिए। 
 
बैठकले महिला, युवा, विद्यार्थी र किसान महासङ्घबाहेकका अन्य जनसङ्गठनको महाधिवेशन प्रक्रिया अघि बढाउने निर्णय गरेको, पार्टीको नियमावली, जनसङ्गठनको निर्देशिका पारित गरेको र सहकारी तथा स्थानीय निकाय विभागमा सदस्य थप्ने निर्णय गरेको उनले बताए। 
 
चैत महिनासम्म पार्टी सदस्यता वितरण र नवीकरण गरिसक्ने निर्णय गर्दै बैठकले पार्टी सदस्यतासम्बन्धी अभिलेख राख्न प्रत्येक जिल्लामा आइटी विज्ञ राख्ने एमालेले निर्णय गरेको छ ।
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोलम्बियामा विमान दुर्घटना, सवार १५ जनाको मृत्यु

काठमाडौं । उत्तरी कोलम्बियामा एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १५ जनाको मृत्यु भएको राष्ट्रिय ध्वजावाहक साटेनाले पुष्टि गरेक...

तनहुँमा निर्वाचनका लागि दुई हजार कर्मचारी परिचालन हुँदै

तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा दुई हजार कर्मचारी परिचालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थाप...

मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द...

भारी हिमपात हुँदा माथिल्लो मुस्ताङको जनजीवन कष्टकर

मुस्ताङ । मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको जनजीवन प्रभावित भएको छ। माथिल्लो मुस्ताङमा यसवर्ष परेको हिउँ तेस्रो पटकको ह...

संसद् पुनः स्थापना रिटमाथि पेसी तोक्न माग गर्दै आज सर्वोच्च जाँदै कांग्रेसका निवर्तमान सांसद

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसदहरू संसद् पुनः स्थापना रिटमाथि पेसी तोक्न माग गर्दै आज सर्वोच्च अदालत जाने भएका छन्। काठमाडौंमा उपलब्ध ...

एमालेले थाल्यो घोषणा पत्रका लागि सुझाव संकलन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रतिनिधिसभाको निर्वाचन घोषणा लेखनका लागि सुझाव सङ्कलन गरिरहेको छ । पार्टीले आसन्न फागुन २१ मा हुने न...

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला । जिल्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयवासीलाई सास्ती भएको छ । मोबाइलमा न...

बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुँदै पौवादुङका किसान

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन थालेका छन् । गाउँपालिकाले दीर्घकालीन आम्दानी र किसानको जीवनस्तर ...

बदलिरहन्छ कास्की-१ काे परिणाम, कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा

कास्की । कास्कीमा तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । तीमध्ये क्षेत्र नं १ लाई परिणाम बदलिइरहने क्षेत्रका रूपमा लिइन्छ । सात तालको वाटिका शह...

कमला नदीमा अस्थायी ‘डाइभर्सन’, चौध वर्षपछि पुल निर्माण अन्तिम चरणमा

सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएसँगै सवारी आवत–जावत सहज भएको छ । वर्षौंदेखि भा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending