म्याग्दी । कालीगण्डकी नदी नियन्त्रण योजना कार्यान्वयनमा भएको ढिलासुस्तीले म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजार कटानको जोखिममा परेको छ ।
हिउँद सकिन लाग्दा समेत कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजार संरक्षणका लागि सञ्चालित नदी नियन्त्रण आयोजनाको काम शुरु भएको छैन् । नदी नियन्त्रण योजनामा भएको ढिलाईले बेनीको कालीपुल, गणेशटोल, संगमचोक र मंगलाघाट क्षेत्र कटानको जोखिममा परेको स्थानीयबासी टंक हमालले बताए ।
‘कालीगण्डकीमा गत असार १ गते आएको बाढीले बेनीको संगमचोक पछाडी र कालीपुल बसपार्क क्षेत्रमा यसअघि निर्माण भएको करिब १०० मिटर ग्यावीयन पर्खाल भत्काएर कटान गरेको थियो’ उनले भने, ‘हिउँदको शुरुआतमै हुनुपर्ने नदी नियन्त्रणको काम मध्य माघ हुँदा समेत सुरसार नहुँदा बर्खामा बाढीले कटान गर्ने जोखिम बढेको छ ।’
गर्मी शुरु भएपछि नदीमा पानीको सतह बढ्ने, बाढी आएपछि काम अधुरो हुने र लगानी खेर जाने जोखिम हुन्छ । नदी नियन्त्रण योजनालाई छिटो शुरु गराउन नगरपालिकाले ताकेता गर्नुपर्ने हमालको भनाइ छ ।
जोखिमयुक्त जिल्ला सदरमुकामको सूचिमा रहेको बेनी बजारमा एक हजार भन्दा बढी घरधुरीको बसोबास छ । रुपाताल संरक्षण एकिकृत विकास परियोजनाले बेनी बजारमा नदी नियन्त्रणको काम गर्दै आएको छ ।
ठेक्का सम्झौता भइसकेकाले केही दिनमै ठेकेदारले बेनीको कालीपुल र संगमचोकको कालीगण्डकी किनारमा नदी नियन्त्रणको काम शुरु गर्ने परियोजनाका इञ्जिनियर कृष्ण विश्वकर्माले बताए।
उनले भने, ‘दुई ठाउँमा तीन सय ४० मिटर पक्की पर्खाल निर्माण गर्न ठेक्का सम्झौता भइसकेको छ । यसपाली चार करोड रुपैयाँ बजेट बिनियोजन भएको बेनी बजार संरक्षण आयोजनाको नौ करोडको ठेक्का लगाएर थप बजेटका लागि उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयमा प्रस्ताव गरेका छौ ।
इञ्जिनियर विश्वकर्माका अनुसार कालीपुल र संगमचोक पछाडि म्याग्दी जेसिजको भवन नजिकै १७०/१७० मिटर पर्खाल निर्माण गर्न ठेक्का सम्झौता भएको छ । परियोजनाले गत वर्ष म्याग्दी बेनी तर्फ तीन करोड र पर्वत बेनीतर्फ दुई करोड बराबरको नदी नियन्त्रणको काम गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: