इलाम । पर्यटकीयस्थल पदमार्गबाट गरिएको प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । इलामको रोङ गाउँपालिका– ६ स्थित करसोङ पदमार्ग गरिएको प्याराग्लाइडिङ परीक्षण उडान सफल भएको हो ।
सो पर्यटकीयस्थलमा परीक्षण उडान सफल भएपछि स्थानीय तथा पर्यटन व्यवसायी उत्साहित भएका छन् । तराईसँग नजिकै रहेको करसोङ पदमार्गमा प्याराग्लाइडिङको आनन्द लिन पाउने भएपछि विशेष गरी वडामा पर्यटक भित्रिने भन्दै यसले थप हौसला थपेको रोङ–६ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मणिकुमार स्याङ्बोले बताए।
उनले पदमार्गमा पर्यटकको सङ्ख्या वृद्धि हुन सुरु हुँदै नयाँ आनन्द लिन पर्यटकले पाउने भएपछि उत्साह थपिएको बताउनुभयो । झापाको तिरिङ– इलामको पाटापुर– लाङ्केप–सलकपुर– झण्डि–हुँदै हाँस पोखरी हर्कटेबाट इलामको अर्को पर्यटकीय स्थान कन्याम जोड्ने पदमार्ग क्षेत्रमा प्याराग्लाइडिङ उडान परीक्षण सफल भएको बताइएको छ । पर्यटकीय क्षेत्र झण्डिडाँडाबाट प्याराग्लाइडिङ उडान परीक्षण गरिएको थियो ।
रोङ–६ को झण्डिडाँडाबाट बालविकास आधारभूत विद्यालय झापाको मेचीनगर– १ सम्म प्याराग्लाइडिङ परीक्षण उडान गरिएकामा सफल भएको वडाध्यक्ष स्याङ्बोले बताए। यस उडानले झापालगायतका बासिन्दालाई नजिकैबाट नै यसको आनन्द लिन मिल्ने भएपछि खुसी थपिएको बताइएको छ ।
परीक्षण उडानपछि अब व्यावसायिक उडान गरिने छ । यसका लागि गाउँपालिकाले समेत पहल सुरु गरेको छ । जिल्लाका विभिन्न स्थानबाट समेत यसअघि परीक्षण उडान सम्पन्न भएका छन् । व्यावसायिक उडान भने खासै हुन सकेको छैन । यसै वर्षदेखि कन्यामबाट यसको सुरुआत भने भएको छ । साथै झण्डीडाँडाबाट यसको परीक्षण उडानपछि व्यावसायिक उडान सुरु हुने जिल्लावासीले आशा गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ६ गते, २०८३ - १६:३१
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद गुरु बरालले वर्तमान सरकारको कार्यशैली अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन्। सङ्घीय संसद् ...
जेष्ठ ६ गते, २०८३ - १५:५९
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटी ले प्रधानमन्त्री बालेन शाह ले संसद् बैठकलाई कहिले सम्बोधन...
जेष्ठ ६ गते, २०८३ - १५:५१
सुनसरी। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइसकेपछि स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक र गहन भएको बताएको छन् । सुनस...
जेष्ठ ६ गते, २०८३ - १५:४०
काठमाडौँ। विश्व फुटबलका चर्चित स्टार क्रिस्टियानो रोनाल्डोले छैटौँ पटक फिफा विश्वकप खेल्ने पक्का भएको छ । उमेरले ४१ वर्ष पुग्नुभएका रोनाल्डोलाई विश्वक...
जेष्ठ ६ गते, २०८३ - १५:२४
काठमाडौं । अघिल्लो कारोबार दिन ६ अंकले घटेको सेयर बजार बुधबार भने उल्लेखनीय रूपमा उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ३०.०८ अंक अर्था...
जेष्ठ ६ गते, २०८३ - १५:१२
काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले विदेशमा रहेका राजनीतिक नेता तथा व्यवसायीहरूलाई पलायनको बाटो छोडेर स्वदेश फर्कन ...
जेष्ठ ६ गते, २०८३ - १४:५४
काठमाडौँ । सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्र रहेको प्रतिनिधि सभाको नयाँ हल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। आगामी जेठ १५ गतेको बजेट भाषण य...
जेष्ठ ६ गते, २०८३ - १४:०७
काठमाडौँ। मलेसियाविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय अभ्यास खेलमा नेपालले कठिन जित निकालेको छ । क्वालालम्पुरस्थित बायोमास ओभल मैदानमा बुधबार भएको...
जेष्ठ ६ गते, २०८३ - १३:५७
काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रणलाई प्रभावकारी रूपमा काम गरिने बताएको छन् । प्रत...
जेष्ठ ६ गते, २०८३ - १३:४८
काठमाडौं । प्रतिनिधिसभामा निर्वाचन प्रणाली र मतदाता नामावलीसँग सम्बन्धित दुई वटा संशोधन विधेयक दर्ता भएका छन्। प्रधानमन्त्री बालेन शाहले “प्रतिनिधि...



प्रतिकृया लेख्नुहोस्: