Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

मनाङ घुम्न जाँदै हुनुहुन्छ ? खोप कार्डविना पाइदैन प्रवेश

खबरडबली संवाददाता

मनाङ । कोभिड–१९ को तेस्रो भेरियन्ट (ओमिक्रोन) भाइरस फैलिरहेको अवस्था छ । कोभिडको सङ्क्रमण बढेसँगै हिमाली जिल्ला मनाङ प्रवेशका लागि कोभिडविरुद्धको खोप कार्ड अनिवार्य गरिएको छ । 

पर्यटक तथा सर्वसाधारणलाई मनाङ प्रवेशका लागि खोप कार्ड अनिवार्य गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार विना खोप कार्ड चालकलाई पनि सवारी सञ्चालनमा रोक लगाइएको छ । कोरोनाका सक्रिय सङ्क्रमित शून्य रहेको मनाङमा सङ्क्रमणबाट बच्न जिल्ला बाहिरबाट आउने व्यक्तिलाई मास्क र खोप कार्ड अनिवार्य गरिएको उनले बताए। 

शून्य कोरोना सङ्क्रमित रहेको जिल्लामा बाह्य जिल्लाबाट प्रवेश गर्ने व्यक्तिमार्फत सङ्क्रमण सर्न सक्ने भनेर उच्च सतर्कता अपनाइएको प्रजिअ आचार्यले बताए । 

“अन्नपूर्ण पदमार्गमा पर्यटक भित्रिन्छन् । उनीहरुलाई खोप कार्ड र मास्क अनिवार्य गरेका छौँ । शून्य कोभिड जिल्ला भएकाले सोहीअनुरूपको राख्ने प्रयासमा छौँ,” उनले भने। 

प्रजिअ आचार्यका अनुसार मनाङ प्रवेश नाका तालडाँडामा प्रहरी र स्वास्थ्यकर्मीले दैनिक निगरानी गरिरहेका छन् । उनका अनुसार जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति, सर्वदलीयका साथै कार्यालय प्रमुखको बैठक बोलाएर मनाङमा कोरोना सङ्क्रमण रोक्न सम्पूर्णका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

“अब कोरोनाको सङ्क्रमण उच्च विन्दुमा पुग्न सकिने देखिएको छ । यो अवस्थालाई पार गर्न सकिएमा मनाङमा कोरोना सङ्क्रमणलाई रोक्न सक्ने अपेक्षा छ । यसमा सबैको साथ आवश्यक छ,” प्रजिअ आचार्यले भने । 

दैनिकरूपमा कोरोना सङ्क्रमण बढ्दै गएकाले मनाङ ङिस्याङ गाउँपालिकाले काठमाडौँ, पोखरा, बेसीसहरलगायत बाह्य जिल्लाबाट प्रवेश गर्ने नागरिकका साथै पर्यटकले पनि पिसाङ स्वास्थ्य चौकी तथा हुम्डे स्वास्थ्य चौकीमा अनिवार्य एन्टिजेन परीक्षण आग्रह गरेको छ । 

स्थानीयवासी जाडो छल्न बाहिरी जिल्ला गएको र अत्यावश्यक काम परेमा उनीहरु गाउँ फर्किन सक्ने मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए । उनका अनुसार हिमपात रोकिनासाथ उनीहरु गाउँ फर्किनेछन् । 

नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले सोमबारदेखि यहाँ कोरोनाविरुद्धको दोस्रो मात्रा खोप लगाएको छ महिना पूरा भएका लक्षित वर्गलाई बुस्टर डोज लगाउन सुरु गरिएको बताए । सार्वजनिकस्थलमा निस्कँदा मास्क अनिवार्य प्रयोग गर्न, कोरोना सङ्क्रमणको शङ्का लागेमा एन्टिजेन परीक्षण गर्न, सुरक्षितरूपमा होम क्वारेन्टिनमा बस्न अनुरोध गरिएको उहाँले बताए। 

स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार मनाङमा अहिलेसम्म शून्य सक्रिय सङ्क्रमित रहेका छन् । गत भदौ २५ गतदेखि मनाङमा सक्रिय सङ्क्रमित शून्य रहेको उहाँले जानकारी दिए। “चार महिनायता मनाङमा सक्रिय सङ्क्रमित नै छैनन् । भदौ २४ गते एकजना सङ्क्रमित पनि निको भएपछि हालसम्म शून्य रहेको छ,” प्रमुख आचार्यले भने।

मनाङलाई शून्य सङ्क्रमितमै राखिरहनका लागि आवश्यक मापदण्ड पालना गर्दै उच्च सतर्कता अपनाइएको उहाँले बताए । मनाङमा दोस्रो चरणको लहर फैलिएयता २२३ सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये चारजनाको मृत्यु भएको उनको भनाइ छ। 

मनाङको नासों गाउँपालिका र चामे गाउँपालिकाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोर्डना खोप लगाइसकिएको आचार्यले बताए। 

मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको विद्यालय चिसोका कारण छिटो बिदा भएपछि यहाँका बालबालिकालाई भने मोर्डना खोप लगाउन नपाइएको उहाँले बताए। उनीहरुलाई जिल्ला प्रवेश गर्ने बित्तिकै खोप लगाउने व्यवस्था गरिएको छ भने १८ वर्षमाथि उमेर समूहका सबै मनाङवासीले पूर्ण मात्राको खोप लगाइसकेका छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसद्‌ ब्युँताउने रिट निवेदनमा देउवाको समर्थन छ ?

काठमाडौं । नेपाली कांग्रेसका केही पूर्व सांसदहरूले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेपछि उक्त दलकै वर...

बयानमा नआउने ओलीको अडान, प्रहरी परिचालन गर्ने आयोगको तयारी

काठमाडौं । २३ र २४ भदौका घटना जाँचबुझ गर्न गठित आयोगले नीतिगत निर्णय गर्ने र निर्देशन दिने तहका अधिकारीहरूको बयान लिन थालेको छ । तर तत्कालीन प्रधानमन्...

एमाले महासचिवमा ६ जना आकांक्षी, कसले मार्ला बाजी ?

काठमाडौं । शनिबारदेखि सुरु हुने नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा तय भइरहेका बेला महासच...

विश्व उड्डयन बजार पुनः सशक्त बन्दै

जेनेभा । अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठनका अनुसार विश्वभरका विमान कम्पनीहरूले विभिन्न आर्थिक तथा राजनीतिक चुनौतीका बाबजुद सन् २०२६ मा करिब पाँच अर...

निर्वाचन आउन ८५ दिन बाँकी: आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै

काठमाडौँ । निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ । आयोगले एक सूचनामार्फत सहज रुपमा मतदान गर्ने प्रयो...

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

महोत्तरी । पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ ।  पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्...

यस्तो रहने छ आजको मौसम

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव  छैन ।  आज दिउँसो कोशी  र गण्डकी प्रदेशका पहाडी ...

एनपीएलः एलिमिनेटरमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

काठमाडौँ । त्रिभुवन  अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्...

बागलुङमा धान उत्पादनमा बढ्यो

बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यसवर्ष ८४ दश...

र्‍यापर स्यामुयलद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार

काठमाडौँ । चर्चित ब्रिटिस र्‍यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन् । बेलायतको महानगरीय ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending