Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

सडक पुल अतिक्रमण गरेर सटर निर्माण, भाडामा लगाएपछि मान्दैनन् हट्न

खबरडबली संवाददाता

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ हाँडेभिरमा सडक र मोटरेबल पुल अतिक्रमण गरी टहरा बनाएर सटर भाडामा लगाइएको छ । सडक र पुलको क्षेत्राधिकार अतिक्रमण गरेर निर्माण भएको टहरा हटाउन नगरपालिकाले दिएको निर्देशन पालना भएको छैन । 

टहरा बनाएर भाडामा लगाउने व्यवसायी कुलप्रसाद घर्ती र नगरपालिकाबीच भएको सम्झौताको अवधि एक वर्षअघि नै सकिएको थियो । बागलुङ–बेनी सडकअन्तर्गत बेनी नगरपालिका–२ हाँडेभिर र ७ को सिमाना भएर बग्ने म्याग्दी नदीमाथि रहेको मोटरेबल पुलसँगैको जग्गा व्यवसायी घर्तीले विसं २०७२ माघ १ गते वार्षिक १० प्रतिशतका दरले बढ्ने गरी पाँच हजार तिर्ने गरी पाँच वर्षका लागि भाडामा लिएका थिए। 

पुलमुनि कृषि औजार कारखाना चलाएका उनले पुलसँग जोडेर बनाएको टहरामा सटर हालेर होटल, रेष्टुरेन्ट र किराना पसल सञ्चालकलाई भाडामा लगाएका छन्। सम्झौताविपरीत पुलसँग जोडी संरचना निर्माण गरेको र निर्धारितभन्दा बढी जग्गा प्रयोग गरेको भन्दै नगरपालिकाले विसं २०७७ माघदेखि सम्झौता रद्द गर्ने निर्णय गर्दै ३० दिनभित्र खाली गराउन निर्देशन दिएको थियो ।

बेनपा–२ का वडाध्यक्ष हीराबहादुर थापाले कार्यपालिकाको बैठकले गरेको निर्णय अटेर गरेर व्यवसायी घर्तीले आफूखुशी सार्वजनिक जग्गामा संरचना बनाएर अतिक्रमण गरेका बताए। 

उनले भने, ‘हामीले संरचना हटाउन भनेर ताकेता गरेका छौँ। अटेर गरेर खाली गर्नुभएको छैन ।’ सम्झौता नवीकरण नभए पनि व्यवसायी घर्तीले नगरपालिकाको राजस्व खातामा एक वर्षको अग्रिम भाडावापतको सात हजार ३२० जम्मा गरेका थिए। 

बेनी नगरपालिकाको कार्यालय अगाडि नै रहेको पुलसँग जोडिएका टहराका कारण सवारीसाधन र पैदलयात्रुलाई आवतजावतमा असहज भएको छ । दुर्घटनाको जोखिम बढेको छ । नगरपालिकाले विसं २०७४ मा बेनी–बाग्लुङ सडकको क्षेत्राधिकार ३० मिटर र सेटब्याक छ मिटर कायम गरेको थियो । सडकको क्षेत्राधिकारभित्र पर्ने जग्गामा नगरपालिकाले भौतिक संरचना बनाउन अनुमति दिँदैन ।

व्यवसायी घर्तीले भने आफूले अतिक्रमण नभएर राज्यलाई कर तिरेर पुलको संरक्षण गरेको दाबी गरे। उनले भने, ‘खेर गएको ठाउँमा उद्योग चलाएर ५० जनालाई रोजगारी दिएको छु। लोपोन्मुख आरन उद्योग चलाएर रोजगारी दिएको र सस्तोमा कृषि औजार उत्पादन तथा मर्मत गरेकामा प्रोत्साहन गर्नुको साटो हटाउन खोजेर दुःख दिने काम भएको छ ।’

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: