Khabar Dabali ४ जेष्ठ २०७९ बुधबार | 18th May, 2022 Wed
Life insurence

बढी शुल्क लिने शिक्षण संस्थामाथि कारबाही अघि बढाउने विषयमा दुई मन्त्रीबीच छलफल

खबरडबली संवाददाता

काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाँड र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलबीच चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी शुल्क लिने शिक्षण संस्थामाथि कारबाही अघि बढाउने विषयमा छलफल भएको छ । 

गत पुस ३० गते राष्ट्रिय चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, काठमाडौँ मेडिकल कलेज, नोबेल मेडिकल कलेज, अभिभावक तथा विद्यार्थीबीच भएको निर्णय कार्यान्वयन नभएपछि कानूनी कारबाही अघि बढाउने विषयमा आज साँझ छलफल भएको हो ।  

छलफलका क्रममा शिक्षामन्त्री पौडेलले शिक्षा मन्त्रालय विद्यार्थीका पक्षमा रहेको भन्दै आन्दोलित विद्यार्थीको समस्या समाधान गर्न गृह मन्त्रालयलाई आवश्यक सहजीकरण गरिदिन आग्रह गरे ।  

“पटकपटक विद्यार्थीको गुनासो सुन्न मेडिकल कलेजमा पुगेको छु । केही दिनअघि गरेको निर्णय कार्यान्वयन भएन थप एक्सन लिन पर्‍यो”, छलफलका क्रममा शिक्षामन्त्री पौडेलले भने ।  

गत पुस ३० गते शिक्षामन्त्री पौडेलको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम चिकित्सा शिक्षाको स्नातक तहको एमबिबिएस कार्यक्रमका लागि चिकित्सा शिक्षा आयोगबाट निर्धारित शुल्कभन्दा बढी लिन नपाइने, छात्राबाससम्बन्धी समस्यालाई सम्बन्धित शिक्षण संस्थाले तथा अभिभावक एवं विद्यार्थीबीच आपसी छलफल गरी सहमतिमा निरुपण गर्ने र यसको सहजीकरण विश्वविद्यालयले गर्ने र ऐन कार्यान्वयनका सन्दर्भमा देखिएका असहजता निरुपणका लागि सम्बन्धित निकाय, विज्ञ तथा अन्य सरोकारका पक्षसँग छलफल गरी संशोधनका लागि राय परामर्श उपलब्ध गराउनेलगायतका विषयमा निर्णय भएको थियो ।

छलफलमा गृहमन्त्री खाँडले मन्त्रालय विद्यार्थीका पक्षमा रहेको भन्दै तत्काल काठमाडौँ, भक्तपुर र मोरङ जिल्लाका सिडिओमार्फत त्यहाँको यथार्थ स्थिति बुझेर अघि बढ्ने प्रतिक्रिया दिए ।  

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको शिष्टाचार भेटघाट

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज शिष्टाचार भेटवार्ता गरेका छन्  । गृहमन्त्रालयमा भएको भेटमा उनीहरुको ...

विराटनगर महानगरपालिकाको प्रमुखमा कांग्रेसको अग्रता कायमै

मोरङ । विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायमै छ ।  प्राप्त पछिल्लो मतपरिणाम अनुसार प्रमुख पदका उम्म...

हालसम्म १९६ पालिका जित्दै कांग्रेस पहिलो स्थानमा, अन्य पार्टीले कति जिते ?

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत हालसम्म नेपाली कांग्रेसले १९६ पालिकामा विजयी भएको छ । आज मध्याह्न १२ बजेसम्म सार्वजनिक परिणामअनुसार कांग्...

अमेरिकाका एक करोड ३२ लाख बालबालिका कोभिडबाट संक्रमित

लस एन्जलस । अमेरिकामा करिब १ करोड ३२ लाख बालबालिका कोभिड १९ बाट संक्रमित भएका छन् । यहाँ महामारी सुरु भएदेखि यता एक करोड ३२ लाख बालबालिका कोभिडबाट प्र...

हनुमाननगर कङ्कालिनीमा जनमत पार्टीका माझी विजयी

सप्तरी । हनुमाननगर कङ्कालिनी नगरपालिकामा जनमत पार्टीले मेयर पदमा विजय हाँसिल गरेको छ । सो पार्टीका उम्मेदवार वीरेन्द्र माझीले छ हजार ४०७ मतप्राप्त गरी...

एमालेका सुवेदी भन्दा रेनु एक हजार ७१२ मतले अगाडि

भरतपुर । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवार रेनु दाहाल एक हजार ७१२ मतले अघि भएकी छन्  भरतपुर महानगरपालिका–६ को मतगणना स...

९ सय रुपैँयाले घट्याे सुनकाे मूल्य, कतिमा काराेबार हुँदैछ ?

काठमाडौँ । आज (बुधबार) सुन प्रतितोला ९ सय रुपैँयाले घटेको  सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  हिजो प्रतितोला ९६ हजार सात सय रूपैयाँ रहेको सुन आ...

गोकर्णेश्वरको नगर प्रमुख आठ हजार १०९ मतका साथ कांग्रेसको अग्रता

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाको जारी मतगणनामा नगर प्रमुख पदमा नेपाली कांग्रेसका दीपक रिसालले आठ हजार १०९ मत प्राप्त गरी अग्रता लिएका छन् । वैशाख...

दिक्तेल रुपाकोट मझुवागढीमा गठबन्धनका उम्मेदवार निर्वाचित

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धनमा आवद्ध चार राजनीतिक दलका साझा उम्मेदवारी विजयी भएका छन् । नेपाली कांग्...

बागलुङ नगरप्रमुखमा कांग्रेसका श्रेष्ठ र उपप्रमुखमा माओवादीका खड्का विजयी

बलेवा । स्थानीय तहको निर्वाचनमा बागलुङ नगरपालिकाको प्रमुखमा कांग्रेसका वसन्तकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले निर्वतमान नगरप्रमुख जनकराज पौडेलल...

अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji