Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

कोरोनाको तेस्रो लहर नियन्त्रणसम्बन्धी २०७८ आदेश जारी, के गर्न पाइन्छ के पाईंदैन ?

खबरडबली संवाददाता

काठमाडौं । सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी आदेश २०७८ जारी गरेको छ । 

आईतबार नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले  नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश २०७८ जारी गरिएको जानकारी दिएका हुन्। 

जस अनुसार सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप आगामी माघ मसान्तसम्म सञ्चालन गर्न पाईनेछैन । त्यसैगरी गोष्ठी, सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमबाट मात्रै गर्नुपर्नेछ । त्यस्तै भौतिकरुपमा उपस्थित भइ गर्नुपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी एन्टिजिन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका बढीमा २५ जना मात्रै सहभागी रहने गरी सञ्चालन गर्ने निर्णय गरिएको छ भने त्यस्ता क्रियाकलाप सञ्चालन गर्दा २०७८ साल माघ ७ गतेबाट खोपको पूरा मात्रा लगाएका व्यक्तिहरु मात्र उपस्थित हुनेगरी कार्यक्रम गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ ।

सरकारले सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लव, हेल्थ क्लव, जिमखाना, स्वीमिङ पूल, फुटसल, पटके हाटबजार र मानिसहरुको भीडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम २०७८ साल माघ १५ गतेसम्म सञ्चालन गर्न नदिने निर्णय गरेको छ । विद्यालय, विश्वविद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा २०७८ साल माघ १५ गतेसम्म भौतिक रुपमा सञ्चालन नगर्ने र त्यस्ता शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाइ सञ्चालन गर्ने व्यवस्था मिलाउनु पर्ने निर्णय पनि सरकारले गरेको मन्त्री कार्कीले बताए।  

तर, यसबीचमा पनि विद्यालय, कलेजका पूर्व निर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षा, वैदेशिक रोजगारीका लागि सञ्चालन गरिने विदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षा परीक्षा तथा सबै किसिमका प्रयोगात्मक कक्षा भने जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्न पाउने छन । प्रवक्ता कार्कीले मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी २०७८ साल माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गराउने र सपिङ मल, डिपार्टमेण्ट स्टोर वा अन्य प्रकारका पसलमा एक पटकमा २५ जना भन्दा बढी भेला हुन नदिने निर्णय गरिएको बताए।

पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको एक तिहाई नबढ्ने गरी बढीमा ५० जना मात्र उपस्थित रहने तथा जनस्वास्थ्यका मापदण्डको पालना गर्ने गरी सम्बन्धित प्र्रमुख जिल्ला अधिकारीबाट पूर्व स्वीकृति लिइ विवाह, व्रतबन्ध, न्वारन तथा पास्नी जस्ता धार्मिक, सांस्कृतिक, सामाजिक वा अन्य कार्यक्रम सञ्चालन गर्न पाइने बताए ।

मन्त्री कार्कीले भने, ‘नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी आदेश २०७८ जारी गर्ने । सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने त्रिलयाकलाप २०७८ साल माघ मसान्तसम्म सञ्चालन नगर्ने । गोष्ठी, सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने । भौतिकरुपमा उपस्थित भइ गर्नुपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी एन्टिजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका बढीमा २५ जना मात्रै सहभागी रहने गरी सञ्चालन गर्ने । साथै त्यस्ता क्रियाकलाप सञ्चालन गर्दा २०७८ साल माघ ७ गतेबाट खोपको पूरा मात्रा लगाएका व्यक्तिहरु मात्र उपस्थित हुनेगरी कार्यक्रम गर्ने व्यवस्था मिलाउने ।’

‘सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लव, हेल्थ क्लव, जिम खाना, स्वीमिङ पूल, फुटसल, पटके हाटबजार र मानिसहरुको भीडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम २०७८ साल माघ १५ गतेसम्म सञ्चालन नगर्ने । विद्यालय, विश्वविद्यालय,कलेज, ट्यूसन सेन्टर,तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा २०७८ साल माघ १५ गतेसम्म भौतिक रुपमा सञ्चालन नगर्ने । त्यस्ता शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाइ सञ्चालन गर्ने’ उनले भने, ‘विद्यालय, कलेजका पूर्व निर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षा, वैदेशिक रोजगारीका लागि सञ्चालन गरिने विदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षा परीक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड, पालना गरी सञ्चालन गर्ने । मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी २०७८ साल माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने गराउने । सपिङ महल, डिपार्टमेण्ट स्टोर, वा अन्य प्रकारका पसलमा एक पटकमा २५ जना भन्दा बढी हुन नहुने । कुनै पनि सामान अनावश्यक रुपमा छुन नहुने ।’

‘दुई व्यक्तिको बीचमा कम्तिमा २ मिटरको दूरी कायम गर्ने । मास्क अनिवार्य गर्ने । पटक पटक साबुन पानीले हात धुने र स्यानिटाइज गर्ने गरी सञ्चालन गर्ने । जनस्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्ने गराउने दायित्व सम्बन्धित संस्था वा सञ्चालकहरुको हुने । पार्टी प्यालेसमा एक पटकमा एक कुल क्षमताको एक तिहाई नबढ्ने गरी बढमिा ५० जना मात्र उपस्थित रहने तथा जनस्वास्थ्यका मापदण्डको पालना गर्ने गरी सम्बन्धित प्र्रमुख जिल्ला अधिकारीबाट पूर्व स्वीकृति लिइ, विवाह, व्रतबन्ध, न्वारन तथा पास्नी जस्ता धार्मिक, सांस्कृतिक, सामाजिक वा अन्य कार्यक्रम सञ्चालन गर्न दिने । रंगशालामा दर्शकसहितको खेलकुद कार्यक्रम गर्दा एक पटकमा कुल क्षमताको एक तिहाई मात्र रहने गरी जनस्वास्थ्यका मापदण्ड पालना गर्नेगरी सञ्चालन गर्ने ।’

उपस्थित दर्शकहरुमध्ये आयोजनाको खर्चमा एक तिहाई दर्शकलाई रेण्डम छनोटको आधारमा एन्टीजेन परीक्षण गर्ने व्यवस्था मिलाउने । २०७८ माघ ७ गते पश्चात् त्यस्तो खेलकुदका कार्यक्रम खोपको मात्रा पूरा गरेका व्यक्तिहरुलाई मात्र खोप कार्डको आधारमा रंगशालामा प्रवेश गर्न दिने । धार्मिक वा सांस्कृतिक जात्रा, विवाह, न्वारन, पास्नी, व्रतबन्ध,धार्मिक अनुष्ठान, मृत्यु संस्कार, लगायतका अत्यावश्येक पराम्परागत,धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु सञ्चालन गर्दा, ५० जना भन्दा बढी नहुने र जनस्वास्थ्यको मापदण्ड पालना हुनेगरी मात्र सञ्चालन गर्ने ।’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुन:निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...

हेटौँडा पुग्यो अदालतको पत्र, सडक विस्तार कार्य स्थगित

काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...

एनपिएलमा च्याम्पियन बन्ने दौडमा यी चार टोली

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् । प्लेअफ समीकरण पूरा भइसक्दा १२ ...

पोखरा विमानस्थल भ्रष्टाचारमा प्रदीप अधिकारी पनि संलग्न

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा समेत जोडि...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल घोटाला : ५ पूर्वमन्त्रीसहित ५५ जनामाथि ८ अर्ब भ्रष्टाचार मुद्दा

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरिएको व्यापक अनियमिततामा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध अख्तियार दुरु...

नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइयो

धनगढी। कैलालीस्थित नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरेर नेपाल–भारत सीमा...

सिंहदरबारमा पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारी सिंहदरब...

धरानमा गाडी दुर्घटना : एकको मृत्यु, एघार जना घाइते

धरान। धरान उपमहानगरपालिकामा गाडी पल्टिँदा एकको मृत्यु भएको छ भने एघार जना घाइते भएका छन् । भेडेटारबाट धरान आउँदै गरेको प्र.१ ०२ ००२ च ३८२६ नम्बरको ...

बर्दिया घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौँ। गृह मन्त्रायलले बर्दियाको बढैयाताल –४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्र...

महिलामाथिको हिंसाको स्वरुप बदलिँदै छ, कम भएको छैन : सपना मल्ल

काठमाडौं। प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताएको छिन् । नेपाल ल क्याम्पस, महिला, कानुन र विकास ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending