Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

कोरोनाको तेस्रो लहर नियन्त्रणसम्बन्धी २०७८ आदेश जारी, के गर्न पाइन्छ के पाईंदैन ?

खबरडबली संवाददाता

काठमाडौं । सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी आदेश २०७८ जारी गरेको छ । 

आईतबार नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले  नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश २०७८ जारी गरिएको जानकारी दिएका हुन्। 

जस अनुसार सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप आगामी माघ मसान्तसम्म सञ्चालन गर्न पाईनेछैन । त्यसैगरी गोष्ठी, सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमबाट मात्रै गर्नुपर्नेछ । त्यस्तै भौतिकरुपमा उपस्थित भइ गर्नुपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी एन्टिजिन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका बढीमा २५ जना मात्रै सहभागी रहने गरी सञ्चालन गर्ने निर्णय गरिएको छ भने त्यस्ता क्रियाकलाप सञ्चालन गर्दा २०७८ साल माघ ७ गतेबाट खोपको पूरा मात्रा लगाएका व्यक्तिहरु मात्र उपस्थित हुनेगरी कार्यक्रम गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ ।

सरकारले सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लव, हेल्थ क्लव, जिमखाना, स्वीमिङ पूल, फुटसल, पटके हाटबजार र मानिसहरुको भीडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम २०७८ साल माघ १५ गतेसम्म सञ्चालन गर्न नदिने निर्णय गरेको छ । विद्यालय, विश्वविद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा २०७८ साल माघ १५ गतेसम्म भौतिक रुपमा सञ्चालन नगर्ने र त्यस्ता शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाइ सञ्चालन गर्ने व्यवस्था मिलाउनु पर्ने निर्णय पनि सरकारले गरेको मन्त्री कार्कीले बताए।  

तर, यसबीचमा पनि विद्यालय, कलेजका पूर्व निर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षा, वैदेशिक रोजगारीका लागि सञ्चालन गरिने विदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षा परीक्षा तथा सबै किसिमका प्रयोगात्मक कक्षा भने जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्न पाउने छन । प्रवक्ता कार्कीले मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी २०७८ साल माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गराउने र सपिङ मल, डिपार्टमेण्ट स्टोर वा अन्य प्रकारका पसलमा एक पटकमा २५ जना भन्दा बढी भेला हुन नदिने निर्णय गरिएको बताए।

पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको एक तिहाई नबढ्ने गरी बढीमा ५० जना मात्र उपस्थित रहने तथा जनस्वास्थ्यका मापदण्डको पालना गर्ने गरी सम्बन्धित प्र्रमुख जिल्ला अधिकारीबाट पूर्व स्वीकृति लिइ विवाह, व्रतबन्ध, न्वारन तथा पास्नी जस्ता धार्मिक, सांस्कृतिक, सामाजिक वा अन्य कार्यक्रम सञ्चालन गर्न पाइने बताए ।

मन्त्री कार्कीले भने, ‘नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी आदेश २०७८ जारी गर्ने । सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने त्रिलयाकलाप २०७८ साल माघ मसान्तसम्म सञ्चालन नगर्ने । गोष्ठी, सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने । भौतिकरुपमा उपस्थित भइ गर्नुपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी एन्टिजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका बढीमा २५ जना मात्रै सहभागी रहने गरी सञ्चालन गर्ने । साथै त्यस्ता क्रियाकलाप सञ्चालन गर्दा २०७८ साल माघ ७ गतेबाट खोपको पूरा मात्रा लगाएका व्यक्तिहरु मात्र उपस्थित हुनेगरी कार्यक्रम गर्ने व्यवस्था मिलाउने ।’

‘सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लव, हेल्थ क्लव, जिम खाना, स्वीमिङ पूल, फुटसल, पटके हाटबजार र मानिसहरुको भीडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम २०७८ साल माघ १५ गतेसम्म सञ्चालन नगर्ने । विद्यालय, विश्वविद्यालय,कलेज, ट्यूसन सेन्टर,तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा २०७८ साल माघ १५ गतेसम्म भौतिक रुपमा सञ्चालन नगर्ने । त्यस्ता शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाइ सञ्चालन गर्ने’ उनले भने, ‘विद्यालय, कलेजका पूर्व निर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षा, वैदेशिक रोजगारीका लागि सञ्चालन गरिने विदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षा परीक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड, पालना गरी सञ्चालन गर्ने । मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी २०७८ साल माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने गराउने । सपिङ महल, डिपार्टमेण्ट स्टोर, वा अन्य प्रकारका पसलमा एक पटकमा २५ जना भन्दा बढी हुन नहुने । कुनै पनि सामान अनावश्यक रुपमा छुन नहुने ।’

‘दुई व्यक्तिको बीचमा कम्तिमा २ मिटरको दूरी कायम गर्ने । मास्क अनिवार्य गर्ने । पटक पटक साबुन पानीले हात धुने र स्यानिटाइज गर्ने गरी सञ्चालन गर्ने । जनस्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्ने गराउने दायित्व सम्बन्धित संस्था वा सञ्चालकहरुको हुने । पार्टी प्यालेसमा एक पटकमा एक कुल क्षमताको एक तिहाई नबढ्ने गरी बढमिा ५० जना मात्र उपस्थित रहने तथा जनस्वास्थ्यका मापदण्डको पालना गर्ने गरी सम्बन्धित प्र्रमुख जिल्ला अधिकारीबाट पूर्व स्वीकृति लिइ, विवाह, व्रतबन्ध, न्वारन तथा पास्नी जस्ता धार्मिक, सांस्कृतिक, सामाजिक वा अन्य कार्यक्रम सञ्चालन गर्न दिने । रंगशालामा दर्शकसहितको खेलकुद कार्यक्रम गर्दा एक पटकमा कुल क्षमताको एक तिहाई मात्र रहने गरी जनस्वास्थ्यका मापदण्ड पालना गर्नेगरी सञ्चालन गर्ने ।’

उपस्थित दर्शकहरुमध्ये आयोजनाको खर्चमा एक तिहाई दर्शकलाई रेण्डम छनोटको आधारमा एन्टीजेन परीक्षण गर्ने व्यवस्था मिलाउने । २०७८ माघ ७ गते पश्चात् त्यस्तो खेलकुदका कार्यक्रम खोपको मात्रा पूरा गरेका व्यक्तिहरुलाई मात्र खोप कार्डको आधारमा रंगशालामा प्रवेश गर्न दिने । धार्मिक वा सांस्कृतिक जात्रा, विवाह, न्वारन, पास्नी, व्रतबन्ध,धार्मिक अनुष्ठान, मृत्यु संस्कार, लगायतका अत्यावश्येक पराम्परागत,धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु सञ्चालन गर्दा, ५० जना भन्दा बढी नहुने र जनस्वास्थ्यको मापदण्ड पालना हुनेगरी मात्र सञ्चालन गर्ने ।’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बन्छ : श्रममन्त्री यादव

विराटनगर । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना गरी राष्ट्र निर्माणमा जोड्न मन्त्रालयले ऐतिहासिक...

निर्वाचन आयोगलाई हतियार बनाएर कांग्रेस लुटेर लगियो: दीपक खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले निर्वाचन आयोगलाई ‘हतियार’ बनाएर कांग्रेस पार्टी नै लुटेर लगिएको आरोप लगाएका छन्। शु...

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री भट्टले लिए शपथ, चार सदस्यीय मन्त्रिपरिषद् गठन

कैलाली । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्ट नयाँ मुख्यमन्त्री बनेका छन्। लामो समयदे...

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त

काठमाडौँ। काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति पदमा प्रा।डा। विवेक बराल नियुक्त भएको छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र श...

सरकारले तोक्यो न्यायपालिका र संवैधानिक निकायका पदाधिकारीको तलव, प्रधानन्यायाधीशको तलब १ लाख १२ हजार

काठमाडौं । सरकारले न्यायपालिका, संवैधानिक निकाय तथा संघीय संसदका उच्च पदाधिकारीहरूको नयाँ तलबमान तोकेको छ। अर्थ मन्त्रालयले गत ६ साउनमा सूचना प्रकाशित...

रोल्पा पहिरोपछि प्रधानमन्‍त्री शाहसँग वर्षमान पुनको भेट: राख महत्त्वपूर्ण चार सवाल

काठमाडौँ। निरन्तरको बाढी तथा पहिरोका कारण रोल्पामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि जिल्लाका जनप्रतिनिधिले सिंहदरबार पुगेर शुक्रबार प्रधानमन्त्री वाल...

पोखरा बसपार्कमा ११६ अव्यवस्थित बसोबासीको विवरण सार्वजानिक

कास्की। पोखरा महानगरपालिका–९ को कार्यालयले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण सार्वजानिक गरेको छ । कार्यालयले पोखरा बसपार्क...

शेरबहादुरजी पश्चिमको राजकुमार भनेर बीपी कोइरालाले भन्नुहुन्थ्यो: शशांक कोइराला

कांग्रेस एकजुट भए कसैले पराजित गर्न सक्दैन

खगेन्द्र सुनारको अभिव्यक्तिप्रति गृहमन्त्रीको आपत्ति: उजुरीकै भरमा कसैलाई दोषी करार गर्न मिल्दैन

काठमाडौं । प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदसम्बन्धी उजुरीमाथि सार्वजनिक लेखा समितिमा भएको छलफलका क्रममा नेपाल प्रहरीका उच्च अधिकारीहरूमाथि गरिएको ...

धवलशमशेरको नेतृत्वमा ‘जय नेपाल पार्टी’ दर्ता, चुनाव चिह्न त्रिभुज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री डा। धवलशमशेर राणाले आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता गराएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending