काठमाडौं । यस वर्ष कोरोना भाइरसको नयाँ स्वरुप ओमिक्रोनको प्रकोप बढेका कारण परापूर्वकालदेखि सञ्चालन हुँदै आएको श्री माधवनारायण व्रतको नित्य पूजाआजा एवं धार्मिक विधि मात्र पूरा गरिने भएको छ । भक्तजनलाई कोरोनाबाट बचाउन यसो गर्न लागिएको हो ।
शालिनदी यातायात प्रालि, बाबा गोकर्णेश्वर प्रालिद्वारा सञ्चालित सार्वजनिक यातायातले जस्तोसुकै अवस्थामा पनि सेवा दिन तयार रहेको जनाएका छन् । यातायातले स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गराएर सेवा सञ्चालन गर्ने श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ ।
ऐतिहासिक, धार्मिक तथा पौराणिक तीर्थस्थल शालिनदीमा श्री माधवनारायण भगवान्को एकमहिने व्रत बस्न साँखु आउने व्रतालुको लगत सङ्कलनको लागि नाम दर्ता एवं स्थान व्यवस्थापन गरिने समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले जानकारी दिए।
व्रत सुरु हुनुभन्दा केही दिन अगाडिदेखि नै बसोबासको व्यवस्था गर्न समितिले सहजीकरण गरिरहेको छ । व्रतालुलाई साँखुबाट बाहिर परदेश (पशुपति, फर्पिङ, पनौती र चाँगुनारायण स्थान) लाने क्रममा आवश्यक सर सामान ओसार्नका लागि गाडीको व्यवस्था गरिएको छ । बाटोमा हिँड्न आवश्यक सरसहयोग गर्न समितिले नेपाल स्काउट, सक्व क्र्यु, नेपाल रेडक्रस सोसाइटी साँखु उपशाखा, स्वयंसेवक र विभिन्न सङ्घसंस्थासँगको समन्वयमा आवश्यक बन्दोबस्तीका सामानको व्यवस्था गर्ने भएको छ ।
माधवनारायणको दूर दर्शन गराइने
हिँड्नै नसक्ने व्रतालुका लागि स्टेचरको व्यवस्था गरी बोकेर एक ठाउँबाट अर्को ठाउँमा पु¥याउन आवश्यक बन्दोबस्त गरिएको छ । यस वर्ष कोभिड–१९ को ओमिक्रोन भाइरसको प्रकोप बढ्दै गइरहेकाले भक्तजनको सुरक्षालाई ध्यानमा राखेर माधवनारायण भगवानको दूर दर्शनको व्यवस्था गरिने भएको छ ।
भक्तजन र व्रतालुबीच कम्तीमा दुई मिटरको दूरी कायम हुनेगरी बारबन्देज गर्ने तयारी भएको अध्यक्ष श्रेष्ठले बताए। व्रतालुसँग पूर्ण खोप लगाइएको कार्डको प्रति लिएर निमोनिया भएरनभएको यकिन गर्न एक्स–रे लिने व्यवस्था गरिएको छ । आवश्यक परे एन्टिजेन परीक्षणको व्यवस्थासमेत समितिले नै गर्ने भएको छ ।
शान्ति सुरक्षासम्बन्धी व्यवस्थापनमा शालिनदी परिसरभित्र विभिन्न ठाउँमा सिसीटिभी क्यामेराको व्यवस्था मिलाइने भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक प्रहरी एवं महानगरीय प्रहरी प्रभाग साँखुअन्तर्गत विशेष प्रहरी टोली परिचालन गर्ने निर्णय गरिएको छ ।
भक्तजनको सुरक्षाका लागि पर्याप्तमात्रामा मास्क र स्यानिटाइजर वितरण गरिनेछ । स्वयंसेवकका लागि मास्क, स्यानिटाइजर र पञ्जाकोसमेत व्यवस्था गरिने भएको छ । व्रतालुबाट टीका र प्रसाद ग्रहण गर्न चाहने भक्तजनका लागि छुट्टै व्यवस्था गरिने समितिले जनाएको छ । यस वर्ष माघ ३ गतेदेखि माधवनारायण व्रत सुरु हुने समितिले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: