काठमाडौं । यस वर्ष कोरोना भाइरसको नयाँ स्वरुप ओमिक्रोनको प्रकोप बढेका कारण परापूर्वकालदेखि सञ्चालन हुँदै आएको श्री माधवनारायण व्रतको नित्य पूजाआजा एवं धार्मिक विधि मात्र पूरा गरिने भएको छ । भक्तजनलाई कोरोनाबाट बचाउन यसो गर्न लागिएको हो ।
शालिनदी यातायात प्रालि, बाबा गोकर्णेश्वर प्रालिद्वारा सञ्चालित सार्वजनिक यातायातले जस्तोसुकै अवस्थामा पनि सेवा दिन तयार रहेको जनाएका छन् । यातायातले स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गराएर सेवा सञ्चालन गर्ने श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ ।
ऐतिहासिक, धार्मिक तथा पौराणिक तीर्थस्थल शालिनदीमा श्री माधवनारायण भगवान्को एकमहिने व्रत बस्न साँखु आउने व्रतालुको लगत सङ्कलनको लागि नाम दर्ता एवं स्थान व्यवस्थापन गरिने समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले जानकारी दिए।
व्रत सुरु हुनुभन्दा केही दिन अगाडिदेखि नै बसोबासको व्यवस्था गर्न समितिले सहजीकरण गरिरहेको छ । व्रतालुलाई साँखुबाट बाहिर परदेश (पशुपति, फर्पिङ, पनौती र चाँगुनारायण स्थान) लाने क्रममा आवश्यक सर सामान ओसार्नका लागि गाडीको व्यवस्था गरिएको छ । बाटोमा हिँड्न आवश्यक सरसहयोग गर्न समितिले नेपाल स्काउट, सक्व क्र्यु, नेपाल रेडक्रस सोसाइटी साँखु उपशाखा, स्वयंसेवक र विभिन्न सङ्घसंस्थासँगको समन्वयमा आवश्यक बन्दोबस्तीका सामानको व्यवस्था गर्ने भएको छ ।
माधवनारायणको दूर दर्शन गराइने
हिँड्नै नसक्ने व्रतालुका लागि स्टेचरको व्यवस्था गरी बोकेर एक ठाउँबाट अर्को ठाउँमा पु¥याउन आवश्यक बन्दोबस्त गरिएको छ । यस वर्ष कोभिड–१९ को ओमिक्रोन भाइरसको प्रकोप बढ्दै गइरहेकाले भक्तजनको सुरक्षालाई ध्यानमा राखेर माधवनारायण भगवानको दूर दर्शनको व्यवस्था गरिने भएको छ ।
भक्तजन र व्रतालुबीच कम्तीमा दुई मिटरको दूरी कायम हुनेगरी बारबन्देज गर्ने तयारी भएको अध्यक्ष श्रेष्ठले बताए। व्रतालुसँग पूर्ण खोप लगाइएको कार्डको प्रति लिएर निमोनिया भएरनभएको यकिन गर्न एक्स–रे लिने व्यवस्था गरिएको छ । आवश्यक परे एन्टिजेन परीक्षणको व्यवस्थासमेत समितिले नै गर्ने भएको छ ।
शान्ति सुरक्षासम्बन्धी व्यवस्थापनमा शालिनदी परिसरभित्र विभिन्न ठाउँमा सिसीटिभी क्यामेराको व्यवस्था मिलाइने भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक प्रहरी एवं महानगरीय प्रहरी प्रभाग साँखुअन्तर्गत विशेष प्रहरी टोली परिचालन गर्ने निर्णय गरिएको छ ।
भक्तजनको सुरक्षाका लागि पर्याप्तमात्रामा मास्क र स्यानिटाइजर वितरण गरिनेछ । स्वयंसेवकका लागि मास्क, स्यानिटाइजर र पञ्जाकोसमेत व्यवस्था गरिने भएको छ । व्रतालुबाट टीका र प्रसाद ग्रहण गर्न चाहने भक्तजनका लागि छुट्टै व्यवस्था गरिने समितिले जनाएको छ । यस वर्ष माघ ३ गतेदेखि माधवनारायण व्रत सुरु हुने समितिले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - ०७:४८
गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...
चैत्र ४ गते, २०८२ - ०७:३९
तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?
चैत्र ४ गते, २०८२ - ०७:२९
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...
चैत्र ४ गते, २०८२ - ०७:२३
काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...
चैत्र ४ गते, २०८२ - ०७:१९
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...
चैत्र ४ गते, २०८२ - ०७:१६
भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...
चैत्र ४ गते, २०८२ - ०७:०९
दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...
चैत्र ४ गते, २०८२ - ०७:०७
चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...
चैत्र ४ गते, २०८२ - ०७:०१
काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...
चैत्र ४ गते, २०८२ - ०६:५७
रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...


प्रतिकृया लेख्नुहोस्: