काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभाको उम्मेदवार छनोटका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अधिकार दिएको छ । महाधिवेशनपछि नवनिर्वाचित केन्द्रीय समितिको बैठकले अध्यक्ष दाहाललाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार छनोटका लागि अधिकार दिएको हो ।
आइतबार सम्पन्न आठौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यको पद तथा गोपनीयताको शपथका लागि आयोजित कार्यक्रममा शीर्ष नेताहरुबीच राष्ट्रिय सभा सदस्यको उम्मेदवारीका विषयमा छलफल भएको थियो ।
सत्तारूढ गठबन्धनको आज बसेको बैठकले उम्मेदवारको विषयमा समेत टुङ्गो लगाएका थियो । गठबन्धनको निर्णय अनुसार माओवादीले पाँच सदस्यमा उम्मेदवारी दिनेछ । मङ्गलबार उम्मेदवारको मनोनयनको कार्यक्रम छ ।
यसैबीच माओवादी केन्द्रको पदाधिकारी छनोटको प्रक्रिया केही दिनका लागि स्थगित भएको छ । केन्द्रीय समितिको बैठक यही पुस २५ गतेसम्मका लागि स्थगित भएकाले पदाधिकारी छनोटको प्रक्रिया केही दिन पर सरेको हो । सबै पक्षसँग छलफल गरेर सहमतिका आधारमा पदाधिकारी छनोट गरिने अध्यक्ष दाहालले बताए। केन्द्रीय समितिका सदस्यको शपथ ग्रहणपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले २५ गतेको बैठकपछि पदाधिकारी टुङ्गो लाग्ने जानकारी दिए।
नेता वर्षमान पुन आज स्वदेश फर्किने भएकाले उनैको आग्रहमा पदाधिकारी चयनको कामलाई पछि सारिएको हो। जन्डिसको उपचारका लागि चीनमा रहेका उनी मंगलबार नेपाल फर्किने केन्द्रीय समिति बैठकपछि नवनिर्वाचित अध्यक्ष प्रचण्डले सञ्चारकर्मीहरूलाई जानकारी गराए । उनले पदाधिकारी पुनकै सहभागिता समेतमा छानिने सो क्रममा बताए ।
‘व‘र्षमान पुन भोलि डिस्चार्ज हुनुहुन्छ । पुन र ओनसरी घर्ती पार्टीका नेताहरु हुनुहुन्छ । उहाँहरुको उपस्थितिमै पदाधिकारी चयन गर्दा ठीक हुन्छ भन्ठानेर नै २५ गतेसम्मका लागि बैठक स्थगित गरेको हो। उहाँहरूकै सहभागितामा बाँकी पदाधिकारी पनि चयन हुन्छ’, प्रचण्डको भनाइ थियो ।
पुन माओवादी केन्द्रको महासचिव पदको बलियो दाबेदार हुन्।
माओवादीमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षको विधानमा व्यवस्था गरिएको छ । केन्द्रीय समिति २९९ सदस्यीय रहने व्यवस्था छ । पद तथा गोपनीयताको शपथलगायतका प्रक्रिया पूरा गरेर आजको बैठक स्थगित भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २६ गते, २०८२ - ०९:२९
काठमाडौं । गण्डकी प्रदेश सरकारले गाँजाखेतीसँग सम्बन्धित विधेयक अघि बढाएको छ। उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले सोमबार प्रदेशसभामा "औषधिजन्य त...
कार्तिक २६ गते, २०८२ - ०९:१८
हुम्ला । गए राति मुगुमा ट्याक्टर दुघटना हुँदा चालकको मृत्यु भएको छ । बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्युत्को सबस्टेसन जडानका लागि पोल ढुवानी गर...
कार्तिक २६ गते, २०८२ - ०९:१४
३ अर्ब ६० करोड बैंक ग्यारेन्टीसमेत जफत हुने
कार्तिक २६ गते, २०८२ - ०९:०६
तनहुँ । तनहुँको व्यास नगरपालिका–१ स्थित भद्रु सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताले मानवीय स्वास्थ्य तथा वातावरणमा असर देखिन थालेपछि चिम्नी इँटा उद्...
कार्तिक २६ गते, २०८२ - ०९:०१
म्याग्दी । मुस्ताङमा रहेको कोरला नाका हुँदै पवित्र तीर्थस्थल कैलाश मानसरोवर जाने मार्ग खुलाउन पहल थालिएको छ । कोरला हुँदै मानसरोवर जोड्ने धार्मिक, ...
कार्तिक २६ गते, २०८२ - ०७:५५
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । पूर्वमन्त्री तथा पार्टीका पूर्वकेन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधनपछ...
कार्तिक २६ गते, २०८२ - ०७:४५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले पछिल्ला दिनमा वाम एकताको विषयमा भइरहेको छलफल र मतभेदबारे खुला धारणा सार्वजनिक गरेका छन्। प...
कार्तिक २६ गते, २०८२ - ०७:२७
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको आयु चार महिना पनि बाँकी नरहेको भन्दै मन्त्रीहरूलाई संयमित भएर बोल्न र व्यवहार गर्...
कार्तिक २६ गते, २०८२ - ०७:१९
काठमाडौं । पार्टी महाधिवेशन निर्वाचन अघि कि पछि भन्ने मुद्दाले निकास नपाइरहेका बेला कांग्रेसमा सभापति शेरबहादुर देउवालाई सक्रिय बनाउने प्रयास सुरु भएक...
कार्तिक २६ गते, २०८२ - ०७:१४
काठमाडौँ । दुर्गमका स्थानीय तहमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा चरम समस्या छ। सङ्घमा भने कर्मचारी धेरै हुँदा कामै पुगेको छैन। सिंहदरबार, काठमाड...




प्रतिकृया लेख्नुहोस्: