Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

अंग्रेजी नयाँ वर्षमा बन्दीपुरमा आठ हजार पर्यटक

खबरडबली संवाददाता

काठमाडौं । अंग्रेजी नयाँ वर्षको अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आठ हजार पर्यटक पुगेका छन्।

अंग्रेजी नयाँ वर्षको अवसरमा शुक्रबार र शनिबार आठ हजार पर्यटकले बन्दीपुरको भ्रमण गरेका छन्। नयाँ वर्षको अवसरमा बन्दीपुरमा दुई दिन खाना महोत्सव गरिएको थियो।

क्षेत्रीय होटल सङ्घ बन्दीपुरका अध्यक्ष विपीन प्रधानले नयाँ वर्षको अवसरमा बन्दीपुरमा आन्तरिक पर्यटक खचाखच भरिएको भएको जानकारी दिए। ‘विदेशी पर्यटक पाँच÷छ जनामात्रै देखिए, बाँकी सबै आन्तरिक पर्यटकले बन्दीपुर भरिभराउ भए’, उनले भने।

बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ र तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुरको संयुक्त आयोजनामा महोत्सव सञ्चालन गरिएको थियो। महोत्सवमा बन्दीपुर बजार क्षेत्रको खुला आकाशमुनि स्थानीय खानाका परिकारको स्टल राखिएको थियो।

विशेषगरी नेवार, गुरुङ र मगर समुदायको खानाको परिकार राखिएको थियो। महोत्सवले बन्दीपुरको पर्यटन प्रवर्धनमा सघाउने प्रधानको विश्वास छ। सडक खाना महोत्सव बन्दीपुरको एउटा ब्राण्ड हो।

हरेक वर्ष अंग्रेजी नयाँ वर्षको अवसरमा सडक खाना महोत्सव हुँदै आइरहेको छ। गत वर्ष कोरोना कहरकै बेला पनि सडक खाना महोत्सव गरिएको थियो। अंग्रेजी नयाँ वर्षसँगै नेपाली नयाँ वर्ष र प्रेम दिवसका बेलामा पनि बन्दीपुरमा पर्यटक आकर्षित गर्न कार्यक्रम हुँदै आएको छ।

कोरोनाको मारमा परेको बन्दीपुरको पर्यटन गत दशैँदेखि तङ्ग्रिने प्रयासमा छ। कोरोना त्रासपछि बन्दीपुरमा विस्तारै पर्यटकको आगमन बढ्न थालेको बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले बताए। भक्तपुरे शैलीमा बनेका इँट्टाका मौलिक घर बन्दीपुरको आकर्षण हो।

 निकै पुरानो र ऐतिहासिक बन्दीपुर कोलाहलमुक्त छ। यहाँको भीमसेनको मन्दिर, थानीमाई, खड्गदेवी र तीनधारे प्रसिद्ध छन्। अन्नपूर्ण, धवलागिरि, लमजुङ, मनास्लु, बौद्ध, फिस्टेल हिमालसँगै १९ हिमचुचुरा बन्दीपुरको टुँडिखेलबाट अवलोकन गर्न सकिन्छ।

विश्वप्रसिद्ध चीनको ग्रेटवालको झल्को दिने गरी बनाइएको मुकुन्देश्वरी पर्खालले पनि आन्तरिक र बाह्य पर्यटकलाई लोभ्याउँछ। बन्दीपुर साहसिक पर्यटक लक्षित साइकल लेनसमेत बनाइएको छ। केबुलकार निर्माणको चरणमा रहेको छ। पर्यटकको बसाइ लम्ब्याउन बन्दीपुर क्षेत्रमा विभिन्न पूर्वाधार थप भइरहेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending