Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

मानवअधिकार उल्लङ्घनका घटनामा कमी

खबरडबली संवाददाता

चितवन । जिल्लामा मानवअधिकार उल्लङ्घनका घटनामा कमी आएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार आयोजना गरेको मानवअधिकार वर्ष पुस्तक २०२२ को वार्षिक पूर्वसमीक्षा कार्यक्रममा मानवअधिकार उल्लङ्घनका घटनामा कमी आएको जनाएको हो । सन् २०२१ को नोभेम्बर १५ सम्म मानवअधिकार उल्लङ्घनका ९२ घटना भएका छन् ।

अघिल्लो वर्ष यसै अवधिमा ११० घटना भएका थिए । सन् २०२१ मा भएका घटनामा ८८ महिला र चार पुरुष पीडित बनेका छन् । इन्सेक चितवनका जिल्ला प्रतिनिधि दीपेन्द्र अधिकारीका अनुसार जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत र जिल्ला सरकारी वकिल कार्यालयमा परेका उजुरीका आधारमा घटना विवरण सङ्कलन गरिएको हो । बालअधिकार उल्लङ्घनका ५१, हत्याका चार, महिला अधिकार उल्लङ्घनका ३७ घटना भएको सो अवसरमा जानकारी दिइएको थियो । बलात्कारका घटनामा बालिका २९ र महिला १६ जना पीडित बनेका छन् । बालविवाह एक र बहुविवाहका १० घटना भएका छन् ।

यौन दुराचारमा १७ बालिका र एक बालक, जबर्जस्ती करणी प्रयासमा सात महिला पीडित बनेका छन् । बेचबिखनमा तीन महिला र तीन बालिका परेका छन् । कुटपिटबाट दुईको मृत्यु भएको छ भने धारिलो हतियार प्रहारबाट एक महिलाको ज्यान गएको छ । हत्या गरिएको अवस्थामा एक पुरुषको शव भेटिएको तथ्याङ्कमा उल्लेख छ ।  हत्या गर्ने व्यक्तिको पहिचान हुन सकेको छैन ।

सन् २०२० मा महिला बलात्कारका १५ र बलात्कार प्रयासका सात घटना भएको सो अवसरमा जानकारी दिइएको थियो । बालिका बलात्कारका ३६ र पाँच प्रयासका घटना भएका थिए । चार महिला र पाँच पुरुषको हत्या भएको थियो । छ बालिका बालयौन दुव्र्यवहारमा परेका थिए । बहुविवाहका १४ र आत्महत्या दुरुत्साहनका तीन घटना भएका इन्सेकले जनाएको छ ।  मानव बेचबिखनका चार, बम विष्फोटका एउटा,  हातहतियारसम्बन्धी एउटा र राज्यविरुद्धका अपराधका पाँच घटना भएको अधिकारीले जानकारी दिए । 

गत असोज २८ गते कुटपिटबाट ज्यान गुमाएका भरतपुर महानगरपालिका–४ दुर्गाचोकका ५८ वर्षीय भीमबहादुर विकका परिवारले दुई महिना पूरा हुँदा अझै शव बुझेका छैनन् । हत्याको आरोपमा पक्राउ परेका दुईलाई आवेश प्रेरित हत्या भनेर मुद्दा चलाइएको छ । हत्या भएकै दिन नियन्त्रणमा लिएर अनुसन्धान गरिएको थियो । प्रहरीले गत कात्तिक २२ गतेदेखि आरोपितद्वयलाई पुर्पक्षका लागि थुनामा राखेको छ ।

समीक्षा कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले मानवअधिकार उल्लङ्घनका घटना रोक्न सबैको सहयोग आवश्यक रहेको बताए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending