स्याङ्जा । स्याङ्जाका अठार वर्षमाथिका ९९ प्रतिशतले कोभिड– १९ विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । जिल्लामा खोपका लागि अठार वर्ष उमेर समूहभन्दा माथिको लक्षित सङ्ख्या एक लाख ६३ हजार ८४० मध्ये एक लाख ६२ हजार ३८२ जनाले पहिलो मात्रा लगाएका स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख बसुन्धरा शर्माले जानकारी दिए।
जिल्लामा गत शुक्रबारसम्म एक लाख १९ हजार ७८५ जनाले कोभिड– १९ विरुद्धको दोस्रो मात्रा लगाइसकेका छन् । एघार पालिकामध्ये सबैभन्दा धेरै पुतलीबजार नगरपालिकामा ३९ हजार ४५५ जनाले पहिलो मात्रा लगाएका हुन् । वालिङ नगरपालिकामा २८ हजार १७, गल्याङ नगरपालिकामा १८ हजार ८३, चापाकोट नगरपालिकामा १२ हजार ६३४ र भीरकोट नगरपालिकामा ११ हजार ८९७ जनाले पहिलो मात्रा लगाएका छन् ।
त्यस्तैगरी कालीगण्डकी गाउँपालिकामा १० हजार ८२६, बिरुवा गाउँपालिकामा दश हजार ३१६, हरिनास गाउँपालिकामा आठ हजार १००, आँधीखोला गाउँपालिकामा सात हजार ८३१, फेदीखोला गाउँपालिकामा सात हजार ६१४ र अर्जुनचौपारी गाउँपालिकामा सात हजार ५८२ जनाले पहिलो मात्रा लगाएका छन् । दोस्रो मात्रा लगाउनेमा सबैभन्दा धेरै ९२४ हजार ५१० जना० वालिङका नगरपालिकाका छन् ।
पुतलीबजारका २४ हजार १३७, भीरकोटका १२ हजार १०२, चापाकोटका नौ हजार ५७, गल्याङका आठ हजार ७३४ जनाले पनि दोस्रो मात्रा लगाएका छन् । त्यस्तै कालीगण्डकीका दश हजार २०७, बिरुवाका आठ हजार ३१०, अर्जुनचौपारीका ७ हजार २४१, आँधीखोलाका छ हजार ५५९, फेदीखोलाका छ हजार ३१९ र हरिनासका दुई हजार ६०९ जनाले खोपको दोस्रो मात्रा पनि पूरा गरिसकेका छन् ।जिल्लामा कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत सबैभन्दा धेरै खोप भेरोसिल लगाइएको प्रमुख शर्माले बताए । कोभिसिल्ड, एस्ट्राजेनेका, जोनसोन एण्ड जोनसोन खोप पनि लगाइएको छ ।
“अठार वर्ष उमेर समूहभन्दा माथिका ९९ प्रतिशत नागरिकलाई पहिलो मात्रा खोप लगाइसकेका छौं” प्रमुख शर्माले भने, “दोस्रो मात्रा पनि धेरैले लगाइसकेका र बाँकीलाई लगाउने तयारी भइरहेको छ ।”अठार वर्षभन्दा माथिका उमेर समूहका नागरिकलाई कोभिड– १९ विरुद्धको खोप लगाइसकेकाले अब आजदेखि जिल्लामा मोर्डना खोप लगाउन सुरु गरिने उहाँले जानकारी दिनुभयो । प्रमुख शर्माका अनुसार १२ वर्षदेखि १७ वर्ष उमेर समूहका करिब २९ हजार बालबालिकालाई खोप लगाउने गरी तयारी भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ६ गते, २०८३ - १७:५१
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष...
आषाढ़ ६ गते, २०८३ - १७:०९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र भरतपुरस्थित गेस्ट हाउस चौरमा...
आषाढ़ ६ गते, २०८३ - १७:००
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा सङ्कलन नगरेको स्पष्ट ...
आषाढ़ ६ गते, २०८३ - १६:३०
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन करिब ४ हजार प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्। रास्वपाले प्रत्ये...
आषाढ़ ६ गते, २०८३ - १६:१५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...
आषाढ़ ६ गते, २०८३ - १५:५७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्न अपिल गरेका छन्। महाधिवेशनको पू...
आषाढ़ ६ गते, २०८३ - १५:४०
काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरी देशको कुल सिञ्चित खेतीयोग्य क्षेत्र ६४ प्रतिशत ...
आषाढ़ ६ गते, २०८३ - १५:२७
काठमाडौं। ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। लाग...
आषाढ़ ६ गते, २०८३ - १५:१६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक केहीबेर ढिलो गरी भरतपुरमा सुरु ...
आषाढ़ ६ गते, २०८३ - १५:०९
काठमाडौँ। नेपालकी कराते स्टार एरिका गुरुङले इन्डोनेसियाको बालीमा जारी २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा कांस्य पदक जितेको छिन्। शुक्रबार भएक...



प्रतिकृया लेख्नुहोस्: