NTC Banar
Khabar Dabali ९ चैत्र २०७९ बिहीबार | 23rd March, 2023 Thu

फेरि भड्कियो एमाले, सरकार छोड्ने चेतावनी !

NC_UMLकाठमाडौं । सरकार गठनदेखिको टसलकाबीच आएका कांग्रेस र एमालेबीच पुनः दरार उत्पन्न भएको छ । संविधान जारीका लागि प्रदेशका सीमा टुंग्याउने, पुनर्निर्माण प्राधिकरण र मुख्य सचिवको नेतृत्वको विषयमा यी दुई सत्तारुढ दलबीच चरम विवाद भएको हो । संघीयता टुंग्याएर मात्र संविधान जारी गर्ने, प्राधिकरण र मुख्य सचिवमा कांग्रेस आफ्नै खुशीले अघि बढे एमालेले सरकार छोड्नेसम्मको चेतावनी दिएको छ । केही दिन अघि बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले एमालेसँग सल्लाह नै नगरी आफ्नै हिसाबले कांग्रेस निकटका व्यक्तिको नियुक्ति गर्ने घोषणा गरेपछि एमाले अध्यक्ष ओलीले सरकार छाड्नेसम्मको चेतावनी दिएका थिए । ओलीको चेतावनीपछि कोइराला यी दुई निकायमा नियुक्ति गर्नबाट तत्कालका लागि रोकिएका थिए । दुईमध्ये एकमा एमालेको रोजाईको व्यक्तिलाई नियुक्ति गर्न माग गरे पनि कांग्रेसले एकलौटी निर्णय लिन खोजेको थियो । नियुक्तिको विषय पछि अब फेरि संविधान निर्माणका विषयमा यी दुई दलबीच टसल परेको छ । संविधान निर्माणको कार्यतालिका पनि बनाउने कांग्रेसको महाधिवेशन पनि संविधानकै प्रक्रिया चलिरहँदा राखिनुले फेरि पनि कांग्रेसले सत्ता नछोड्ने हो की भन्ने आशंका एमालेलाई भएको हो । ‘हामीले पनि अघिल्लो साल मध्य वर्षामा महाधिवेशन गरेका थियौं । महाधिवेशन गर्दैगर्दा संविधान निर्माणको कार्यतालिका एक दिन पनि प्रभावित भएको थिएन’ एमाले सचिव प्रदीप ज्ञवाली भन्छन्, ‘तर, कांग्रेसको गतिविधिले हामीलाई शंका भएको छ । संविधान निर्माणको कार्यतालिकासँगै अधिवेशनका कार्यक्रम पार्ने अनि यसैलाई देखाउँदै सत्ता लम्ब्याउने र संघीयतामा सीमा टुंग्याउनुपर्छ भन्नेमा अडान लिने विषयले शंका बढेको हो । कांग्रेसले हाम्रो आशंका दुर गर्नुपर्छ ।’ साउनभित्रै संविधान जारी गर्ने गरी १६ बुँदे सहमति अनुसार दलहरु अघि बढे पनि कांग्रेसले एकाएक संघीयतामा प्रदेशको सीमा पनि टुंग्याएर जाने अडान लिएपछि संविधान पनि नबनाउने र सत्ता पनि नछोड्ने प्रपञ्च रचेको बुझाई एमालेको छ । ‘८ वर्षदेखि नटुंगिएको प्रदेशको सीमाकंन र नामाकंन तत्काल टुंगिन सम्भव छैन । त्यसैले अन्नतकालसम्म संविधान रोक्दा भएका उपलब्धी गुम्छन् भन्ने भएकोले १६ बँुदे सहमति अनुसार संविधान जारी गरौं र ६ महिनामा आयोग बनाएर प्रदेशको सीमा र नाम टुंगो लगाउ भन्ने हाम्रो भनाई हो’ ज्ञवालीले भने, ‘जनताले सबै विषय टुंग्याउन माग गरेका हुन् । तर संगै छिटो संविधान ल्याउन र प्रदेश संख्या घटाउन भनेका छन् यही भावनामा संविधान निर्माणतिर जानुपर्छ ।’ १६ बुँदे सहमति र अन्य सबै सहमति विपरीत कांग्रेसले सीमा टुंग्याएर मात्र संविधान जारी गर्ने अडान लिए हिजोका राजनीतिक उपलब्धी पनि गुम्ने बुझाई एमालेको छ । ‘एकाएक  कांग्रेस हिजोका सहमतिबाट पछाडि हट्यो’ ज्ञवालीले भने,  ‘हिजो सीमा पनि टुंग्याएर संविधान ल्याउने भन्ने सहमति थिएन । प्रधानमन्त्रीले असार मसान्तसभित्र संविधान आउँछ अनि सरकार छाड्छु भन्नुभएको थियो । तर साउनसम्म पनि संविधान नबनाउने र सरकार पनि नछाड्ने कुराले हामीलाई सशंकित बनाएको छ ।’ एमालेको लागि सत्ता प्रमुख विषय नभएको दाबी गर्दै उनले कांग्रेसको अधिवेशन र सीमाको विषयकै कारण संविधानलाई रोक्न नहुने बताए । यी दुवै आशंकालाई दुर नगरी कांग्रेस आफूखुशी अगाडि बढे आफूले कसरी अघि बढ्ने निर्णय लिनेसमेत उनले बताए । ‘हाम्रो मनमा कांग्रेसप्रति आशंका छ । कांग्रेसले यो आशंकालाई दुर गर्नुपर्छ । होइन सही रुपले संविधान निर्माणका लागि तयार हुने हो भने  व्यवहार राम्रो हुनपर्छ’ ज्ञवालीले भने, ‘हाम्रो आशंका दुर नगरे त्यसपछि के गर्ने पार्टीमा छलफल गरी निर्णय लिन्छौं ।’ एमालेले कांग्रेसमाथि अविश्वास र आशंका गरिरहेका बेला प्रधानमन्त्री सुशील कोइरालाले उल्टै एमालेले आफूमाथि शंका गरेको दाबी गरेका थिए । संविधान बनाएपछि आफूले राजीनामा गर्नेमा शंका नगर्न आग्रह गर्दै उद्योगी व्यापारीको ज्ञापनपत्र बुझ्दै आइतबार उनले भनेका थिए, ‘एमालेले मेरो राजीनामा आउदैन भनेर शंका गर्नै पर्दैन । तर, यसका लागि लोकतान्त्रिक संविधान त बन्नुपर्यो नी ।’
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page