Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

नयाँ बसपार्क क्षेत्र वरपर देखिएको विकृति अन्त्य गर्नुपर्ने

खबरडबली संवाददाता

काठमाडौं । गोँगबुस्थित नयाँ बसपार्क क्षेत्र वरपर देखिएको विकृति अन्त्य गर्नुपर्नेमा जोड दिइएको छ ।बसपाकस्थित मित्रनगर विकास तथा सुधार समितिको आज आयोजित १३औँ वार्षिक साधारणसभामा सहभागी वक्ताले नयाँ बसपार्क वरपर देखिएको विकृति अन्त्य भए मात्र आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा नयाँ बसपार्कलाई जोड्न सकिने बताएका हुन् ।
     
काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले मुख्य गन्तव्यस्थलका रुपमा नयाँ बसपार्क विकास हुँदै गएकाले मर्यादित भएर व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरे । “टोल सुधार समिति क्रियाशील भएमात्र वडा बलियो हुन्छ, क्रियाशील समिति बनाउनका लागि सफल, सक्षम र विकासप्रेमी नेतृत्व आवश्यक हुन्छ”, उनले भने

राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य एवं समाज उत्थान महिला मञ्चकी अध्यक्ष निर्मला श्रेष्ठले शान्त, सुरक्षित र सभ्य नयाँबसपार्क निर्माण गर्न गोँगबु क्षेत्रमा देखिएको विकृति र विसङ्गति अन्त्य हुनुपर्ने बताइन् ।
     
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले पछिल्लो समय नयाँ बसपार्क सुन्दर, सफा र व्यवस्थित बन्दै गएको र  त्यस वरपरको क्षेत्रलाई पनि सोहीअनुसारको बनाउनु सबैको कर्तव्य भएको बताए ।     मित्रनगर टोल विकास समितिका अध्यक्ष विष्णुप्रसाद पोखरेल,   समितिका प्रथम उपाध्यक्ष गङ्गा पन्त,  नेपाली होटल व्यवसायी सङ्घका अध्यक्ष दिपेन सुवेदी, काठमाडौँ होटल व्यवसायी सङ्घका अध्यक्ष पद्म योङहाङ, जिल्ला होटल व्यवसायी सङ्घका अध्यक्ष वीरबहादुर खतिवडालगायतले यस क्षेत्रको विकृति अन्त्यका लागि सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा केन्द्रीय सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। पार्टी नेतृत्वका अनुसार केही...

रास्वपा निर्वाचन तालिका पाँचौँपटक संशोधन, पदाधिकारीका लागि राति मतदान हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत निर्वाचन तालिका पुन: संशोधन गरिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको नयाँ कार्यतालि...

भेनेजुएलामा शक्तिशाली भूकम्प: १६४ जनाको मृत्यु, करिब एक हजार घाइते

काठमाडौँ। भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा व्यापक जनधनको क्षति भएको छ । भूकम्पका कारण राजधानी काराकासका गगनचुम्बी भवन भत्किँदा कम्तीमा...

कक्षा १२ नतिजा विवादबारे शिक्षामन्त्री पोखरेलले भने: भेरिफिकेसन गर्न समिति गठन गरेको छौ

काठमाडौं । कक्षा १२ को नतिजामाथि विभिन्न प्रश्न उठ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा...

रास्वपामा ‘नो भोट’को प्रावधान राख्नुपर्ने सागर ढकालको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सागर ढकालले पार्टी पदाधिकारीको निर्वाचनमा ‘नो भोट’ को प्रावधान राख्नुपर्ने बताएका छन्। चितवन...

उचित विकल्प नदेखाए पुरानै ठाउँमा छाप्रो हाल्न बाध्य हुने सुकुमवासीहरुको चेतावनी

काठमाडौं । स्थायी व्यवस्थापनको विकल्प नदिई सरकारले राहतका नाममा २५ हजार रुपैयाँ मात्र दिएर होल्डिङ सेन्टरबाट जबरजस्ती हटाउन खोजेको भन्दै सुकुमवासीहरू ...

रास्वपा महाधिवेशन: यी ६ पदाधिकारीका लागि निर्वाचन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य मतदान सम्पन्न गरेको छ। चितवनको भरतपुरमा जारी महाधिवेश...

दस हजार भायल एन्टी–रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार...

कक्षा १२ नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थीहरूको प्रदर्शन

काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले नतिजा प्...

रास्वपा महाधिवेशनमा मतदान घट्यो, झण्डै ३ हजारले मात्र गरे मतदान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य निर्वाचनमा सहभागी प्रतिनिधिमध्ये भोट हाल्ने संख्या ३ हजा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending