Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

‘कस्तो हुँदोरहेछ भनेर कुरिलो खेती गरेका थियौँ, आम्दानी त गज्जब भयो ’

खबरडबली संवाददाता

झापा ।  कनकाई नगरपालिका–६ का ३८ वर्षीया सविता खनालले कुरिलो खेतीबाट राम्रो आम्दानी लिन थालेका छन् ।

उनले गत वर्ष पाँच कट्ठा जमिनमा लगाएको खेतीबाट रु तीन लाख ५० हजार आम्दानी भएको जानकारी दिए । उनले भने, “कस्तो हुँदोरहेछ भनेर थोरै खेती गरेका थियौँ, आम्दानी त गज्जब भयो ।” उनले  यस वर्ष एक बिघा जमिनमा व्यावसायिक रुपमा कुरिलो खती विस्तार गर्ने गरी बेर्ना उमारि रहेका छन् । छ महिना जति प्लाष्टिकको थुँगामा उमारेर हुर्काएको विरुवा रोपेको तीन महिनादेखि नै आम्दानी हुने गरेको उनको अनुभव छ । गत वर्ष लोकल जातको (मेरी वासिङ्टन) कुरिलोको बर्ना लगाएको उनले  यस वर्ष हाइब्रिड जातको कुरिलोको बर्ना हुर्काइरहेका छन् । उनले १० ग्राम हाइब्रिड जातको कुरिलोको बीउको मूल्य रु चार हजार पर्ने बताए । कृषिमा श्रीमान् दधिराम न्यौपानेको दरिलो साथ पाएकी उनले गत वर्ष प्रतिकेजी रु तीन सयदेखि रु एक हजार २०० होलसेलमा कुरिलोको टुसा बिक्री गरेको बताए ।

कोरोनाका कारण व्यापार व्यवसाय बन्द भएपछि दमक नगरपालिका–३ मा दुई जना युवा मिलेर कुरिलो खेती सुरु गरे । उनीहरुले एग्रो फर्म प्रालि कम्पनी नै दर्ता गरेर व्यावसायिक रुपमा १० कट्ठामा कुरिलो खेती लगाएका हुन् । नारायण योङहाङ, याम भण्डारीको संयुक्त लगानीमा सुरु गरेको फार्मले बर्ना लगाएको सात महिनादेखि नै आम्दानी दिन सुरु गरेको थियो । उनीहरुले कोभिड–१९ को सङ्क्रमण फैलिइरहेको बेला प्रतिकेजी रु एक हजार ४०० ले बिक्री गरेको बताए ।

फार्मका सञ्चालक योङहाङले सुरुमा दैनिक पाँच केजी देखि १० केजी मात्र टुँसा उत्पादन हुने गरेको कुरिलाले हाल दैनिक ५० केजी उत्पादन दिन थालेको बताए । “कुरिलोको सब्जी या सुपमा इम्युनिष्टी पावर बढी हुँदोरहेछ”, उनले भने, “विगतमा कोरोनाका सङ्क्रमितले मगाउनुहुन्थ्यो हामीले घर–घरमै पुर्‍याइदियौँ ।”

हाल यसको बजार मूल्य प्रतिकेजी रु ५०० रहेको उनले बताए । उनले अन्य तरकारीमा जस्तो कुरिलोमा रासायनिक मलको प्रयोग नभई पिना, गोबर मल, कुखुराको सुली लगाइने हुँदा शतप्रतिशत अग्र्यानिक हुने दाबी गरे । कुरिलोको माग जिल्लामै बढिरहेको हुँदा बजारको समेत समस्या नरहेको उनको  भनाइ छ । विगत २५ वर्षदेखि दमकमा बबिन कृषि भण्डार सञ्चालन गर्दै आउनुभएका वसन्त न्यौपानेले दुई वर्ष यता मात्र कुरिलोको विजन राम्रोसँग बिक्री हुन थालेको बताए । उनले  कोरोना कालमा मान्छेले कुरिलोको महत्व बुझेपछि मात्र जिल्लामा यसको खेती हुने गरेको बताए । 

“विगतमा दुई चार प्याकेट विजन राख्थे कसैले खोज्दैनथे”, उनले भने, “कोभिड–१९ का सङ्क्रमितले जब यसको टुसा खोज्न थाले अनि मात्र किसान विजन खोज्दै आउन थाले ।” कुरिलोको विजनको मूल्य प्रति केजी रु दुई लाख ५० हजार पर्ने उनले बताए । उनले गतवर्ष काठमाडौँबाट दुई केजी र यस वर्ष तीन केजी कुरिलोको विजन ल्याएर बेचेको बताए । उनका  अनुसार झापामा यसको व्यावसायिक खेती गर्ने किसान १५ देखि २० जना छन् ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले कुरिलोलाई एक औषधिजन्य वनस्पति रुपमा लिइने बताए । उनले यो दोमट, बलौटे र पारिलो घाम लाग्ने माटोमा हुने हुँदा झापा कुरिलो खेतीका लागि उर्वरभूमि रहेको बताए । जिल्लामा विगतमा फाटफुट्ट मात्र यसको खेती हुने गरे पनि हाल व्यवसायिक रुपमा खेती सुरु हुन थालेको उनले जानकारी द्यिए  । “कुरिलो बुहर्षीय बाली हो”, उनले भने “एकपटक लगाएपछि राम्रो रेखदेख भएमा यसबाट पाँच वर्षदेखि सात वर्षसम्म उत्पादन लिन सकिन्छ ।”

कुरिलो पौष्टिक तथा पच्न सजिलो तरकारी भएकाले बिरामी तथा कमजोर व्यक्तिलाई खान दिने धेरै पुरानो प्रचलन हो । विगतमा जङ्गलमा उम्रिएको कुरिलो खोजेर खाने चलन  भए पनि यसको व्यावसायिक खेती भने भर्खरै हुन थालेको मेचीनगर–१३ का ७५ वर्षीय हर्क इधिङ्गोको भनाइ छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending