मुस्ताङ । कोरोना भाइरसको नयाँ ‘भेरियन्ट ओमिक्रोन’ त्रासका कारण हिमालपारिको जिल्ला मुस्ताङ प्रवेशमा कडाइ थालिएको छ । कोरोना सङ्क्रमणको अवस्था विस्तारै बढ्न थालेको भन्दै नयाँ भेरियन्ट भित्रिन नदिन प्रवेशमा कडाइ थालिएको हो ।
मुस्ताङ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गइरहेकाले पुनःसङ्क्रमण बढ्ने तथा नयाँ भेरिएन्ट भित्रिन सक्ने जोखिमका कारण जिल्ला प्रवेशमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।
उनका अनुसार आज राति १२ बजेदेखि २९ गते राति १२ बजेसम्म लागू हुने गरी विशेषगरी पर्यटकका लागि सात दिनभित्रको पिसिआर नेगेटिभ रिपोर्ट वा खोप कार्ड वा पछिल्लो ७२ घण्टाभित्रको एन्टिजेन परीक्षण रिपोर्ट नभएका व्यक्तिलाई जिल्ला प्रवेशमा कडाइ गर्न लागिएको हो । यद्यपि मुस्ताङमा स्थायी बसोबास गर्दै आएका तथा पूर्ण खोप लगाएका कर्मचारी, शिक्षक र सुरक्षाकर्मीका लागि भने यो सर्त लागू नहुने जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।
“मङ्सिर १५ गते राति १२ बजेदेखि २९ गते राति १२ बजेसम्म लागू हुने गरी मुस्ताङ प्रवेशमा विशेषगरी घुम्न आउनेका लागि कडाइ गर्न लागिएको छ । त्यसबाहेक जिल्लाभित्रका विभिन्न क्रियाकलापमा पनि कडाइ गर्दै आदेश जारी भएको छ”, प्रजिअ शर्माले भन्नुभयो, “नेपाल भित्रिएका बाह्य पर्यटक तथा आन्तरिक पर्यटक एकपटक मुस्ताङ पुगेर आउने सोच राखेका हुन्छन् । अहिले विभिन्न देशमा नयाँ भेरियन्ट फैलिँदै गएका बेलामा पर्यटकका माध्यमबाट मुस्ताङसम्म पुग्न सक्ने जोखिमका कारण कडाइ गरिएको हो ।”
जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले सार्वजनिकस्थलमा मेला, जात्रा, महोत्सव, भोजभतेर, हाटबजारलगायतका भिडभाड हुने खालका कार्यक्रम नगर्न आदेश दिएको छ । यस्तै विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका अनिवार्य कार्य गर्नुपरेमा बढीमा २५ जनाभन्दा भेला हुन नपाउने भनिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ४ गते, २०८३ - १७:११
काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौँका तत्कालीन विकास आयुक्त डा। भाइकाजी तिवारी र तत्कालीन शाखा अधिकृत याम कुमार कार्कीविरुद्...
बैशाख ४ गते, २०८३ - १७:०६
वीरगञ्ज। विभागीय टोली त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित...
बैशाख ४ गते, २०८३ - १६:५६
काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका १० विषयगत समिति तथा दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन...
बैशाख ४ गते, २०८३ - १६:४०
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका विषयमा निरन्तर खबरदारी र साझेदारी गर्न पत्रकारलाई आग्रह गरेको छन्। शिक्...
बैशाख ४ गते, २०८३ - १६:२४
काठमाडौं । पछिल्लो समय गुण्डागर्दी नियन्त्रणका लागि आक्रामक अभियान सञ्चालन गरेको प्रहरीले संलग्न व्यक्तिहरूको विस्तृत प्रोफाइल तयार पार्न थालेको छ। जि...
बैशाख ४ गते, २०८३ - १६:१५
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नगर्न नगराउन सरोकार भएका सबैलाई अनुरोध गरेको छ । मन्त्र...
बैशाख ४ गते, २०८३ - १६:०८
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमध्ये सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गर्ने घ...
बैशाख ४ गते, २०८३ - १५:५४
काठमाडौं । संघीय संसद्अन्तर्गतका १२ वटै संसदीय समितिहरूले सभापति चयन गरेसँगै पूर्णता पाएका छन्। शुक्रबार सम्पन्न निर्वाचन प्रक्रियाबाट १० वटा समितिमा ...
बैशाख ४ गते, २०८३ - १५:३६
काठमाडौँ। स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार दुई दिन बिदा दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस...
बैशाख ४ गते, २०८३ - १५:१९
तनहुँ। सङ्घीय सरकारले आगामी शैक्षिक सत्रका लागि तय गरेको समयतालिकालाई चुनौती दिँदै तनहुँका स्थानीय तहले विद्यालयमा पठनपाठन सुरु गरेका छन् । सङ्घीय सरक...


प्रतिकृया लेख्नुहोस्: