काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा सुवर्ण शम्शेर राणाको ठूलो त्याग, तपस्या र योगदान रहेको बताएका छन् ।
सुवर्ण समशेर अध्ययन प्रतिष्ठानले प्रकाशन गरेको रामचन्द्र घिमिरेद्वारा लिखित पुस्तक ‘राजनेता सुवर्ण शम्शेर’को लोकार्पण गर्दै उनले प्रजातन्त्रप्रतिको निष्ठाप्रति सुवर्ण शम्शेरमा कहिल्यै कमी नआएको उल्लेख गरे ।
प्रधानमन्त्री देउवाले भने, “असल व्यक्तित्व, कम बोल्ने तर सबैका कुरा सुन्ने सुवर्णजीलाई मैले पहिलोपटक कलकत्तामा भेटेको हुँ, नेपाल विद्यार्थी सङ्घ स्थापनामा पनि सहयोग गरे, प्रजातन्त्रका लागि आफ्नो सबै सम्पत्ति खर्चने उनी प्रजातान्त्रिक समाजवादी नेता थिए।”
पार्टीको आगामी महाधिवेशन, सञ्चालन र नेतृत्वका विषयमा उठेका प्रश्नमा नेपाली कांग्रेसका सभापति देउवाले युवा पुस्तालाई नेतृत्व लिन हतार गर्न सुझाव दिँदै पार्टीलाई अन्तरघातविहीन बनाउने गरी काम गर्न निर्देशन दिए। उनले भने, “तपाईंहरु नआत्तिनुस्, हतार नगर्नुस्, तपाईंहरुको पालो आउँछ, चिन्ता नगर्नुस् ।”
पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले कांग्रेसजनले सुर्वण शम्शेरजस्तै लिन होइन दिन राजनीतिमा लागेको हो भन्ने सन्देश व्यवहारबाटै दिन सक्नुपर्ने उल्लेख गरे । उनले भने, “एकता, समन्वय र समझदारी कायम गर्दै वर्तमान सभापतिकै नेतृत्वमा पार्टीलाई गतिशील तुल्याउँदै बाँकी कार्यभार पूरा गर्न र लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न लाग्नुपर्छ ।”
पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले परिवर्तनलाई संस्थागत गर्न, सामाजिक रुपान्तरणका विषयलाई साझा तुल्याउन, राजनीतिमा परिवर्तनका विषयमा उठेका प्रश्न सम्बोधन गर्न तथा प्रतिपक्ष नेतालाई सहिष्णु हुन सुझाव दिए । उनले भने, “अहिलेको ढर्राबाट नभई कांग्रेसलाई जनचाहनाअनुरुप रुपान्तरण गर्दै अघि बढाउन सभापतिलगायतका पुराना पुस्ताबाट सहयोग हुन आवश्यक छ ।”
केन्द्रीय सदस्य रमेश लेखकले अध्ययन, ज्ञान, सूचना र सीप मिलाएर ऐतिहासिक, बहुआयामिक र प्रेरणापुञ्ज सुर्वणजीका बारेमा लेखिएको पुस्तक पठनीय मात्र नभई सङ्ग्रहयोग्य रहेको बताए। उनले भने, “सुवर्णजीले तन, मन र धन प्रजातन्त्र र मुलुकको समृद्धिका लागि समर्पण गरेका छन्, उनको भावनाअनुरुप आगामी महाधिवेशनमा पार्टी एकताबद्ध र सुदृढ तुल्याउने काममा सबै तह र तप्का लाग्नुपर्छ ।”
सो अवसरमा पार्टीका केन्द्रीय सदस्य भीमसेनदास प्रधान, न्हुच्छेनारायण श्रेष्ठ, राधा घलेलगायतले सुवर्ण शम्शेरलगायत पार्टीका सम्मानित नेताका नाममा सडक, अस्पताल र सार्वजनिक भवन निर्माण गर्न सुझाव दिँदै उनीहरुले प्रजातन्त्र प्राप्तिका लागि पु¥याएको योगदानबारे चर्चा गरे । प्रतिष्ठानका अध्यक्ष धु्रव खड्का र पुस्तकका लेखक रामचन्द्र घिमिरे प्रतिष्ठानले जनहितका लागि गरेका विभिन्न क्रियाकलाप र पुस्तकमा सुवर्ण शम्शेरबारे समेटिका विविध पक्षबारे जानकारी दिए ।
सो अवसरमा नेपाली कांग्रेस काठमाडौँ जिल्ला सभापति र क्षेत्रीय सभापतिलाई सम्मान गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - १९:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। पार्टी नेतृत्वका अनुसार केही...
आषाढ़ ११ गते, २०८३ - १७:१०
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत निर्वाचन तालिका पुन: संशोधन गरिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको नयाँ कार्यतालि...
आषाढ़ ११ गते, २०८३ - १६:५३
काठमाडौँ। भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा व्यापक जनधनको क्षति भएको छ । भूकम्पका कारण राजधानी काराकासका गगनचुम्बी भवन भत्किँदा कम्तीमा...
आषाढ़ ११ गते, २०८३ - १६:१३
काठमाडौं । कक्षा १२ को नतिजामाथि विभिन्न प्रश्न उठ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा...
आषाढ़ ११ गते, २०८३ - १५:४२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सागर ढकालले पार्टी पदाधिकारीको निर्वाचनमा ‘नो भोट’ को प्रावधान राख्नुपर्ने बताएका छन्। चितवन...
आषाढ़ ११ गते, २०८३ - १५:१३
काठमाडौं । स्थायी व्यवस्थापनको विकल्प नदिई सरकारले राहतका नाममा २५ हजार रुपैयाँ मात्र दिएर होल्डिङ सेन्टरबाट जबरजस्ती हटाउन खोजेको भन्दै सुकुमवासीहरू ...
आषाढ़ ११ गते, २०८३ - १४:१६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य मतदान सम्पन्न गरेको छ। चितवनको भरतपुरमा जारी महाधिवेश...
आषाढ़ ११ गते, २०८३ - १३:५१
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार...
आषाढ़ ११ गते, २०८३ - १३:३३
काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले नतिजा प्...
आषाढ़ ११ गते, २०८३ - १३:१३
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य निर्वाचनमा सहभागी प्रतिनिधिमध्ये भोट हाल्ने संख्या ३ हजा...



प्रतिकृया लेख्नुहोस्: