Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

युवाहरुलाई प्रधानमन्त्री देउवाले भने : हतार नगर्नुस्, तपाईंहरुको पालो आउँछ

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा सुवर्ण शम्शेर राणाको ठूलो त्याग, तपस्या र योगदान रहेको बताएका छन् ।

सुवर्ण समशेर अध्ययन प्रतिष्ठानले प्रकाशन गरेको रामचन्द्र घिमिरेद्वारा लिखित पुस्तक ‘राजनेता सुवर्ण शम्शेर’को लोकार्पण गर्दै उनले प्रजातन्त्रप्रतिको निष्ठाप्रति सुवर्ण शम्शेरमा कहिल्यै कमी नआएको उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले भने, “असल व्यक्तित्व, कम बोल्ने तर सबैका कुरा सुन्ने सुवर्णजीलाई मैले पहिलोपटक कलकत्तामा भेटेको हुँ, नेपाल विद्यार्थी सङ्घ स्थापनामा पनि सहयोग गरे, प्रजातन्त्रका लागि आफ्नो सबै सम्पत्ति खर्चने उनी प्रजातान्त्रिक समाजवादी नेता थिए।” 

पार्टीको आगामी महाधिवेशन, सञ्चालन र नेतृत्वका विषयमा उठेका प्रश्नमा नेपाली कांग्रेसका सभापति देउवाले युवा पुस्तालाई नेतृत्व लिन हतार गर्न सुझाव दिँदै पार्टीलाई अन्तरघातविहीन बनाउने गरी काम गर्न निर्देशन दिए। उनले भने, “तपाईंहरु नआत्तिनुस्, हतार नगर्नुस्, तपाईंहरुको पालो आउँछ, चिन्ता नगर्नुस् ।”

 पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले कांग्रेसजनले सुर्वण शम्शेरजस्तै लिन होइन दिन राजनीतिमा लागेको हो भन्ने सन्देश व्यवहारबाटै दिन सक्नुपर्ने उल्लेख गरे । उनले भने, “एकता, समन्वय र समझदारी कायम गर्दै वर्तमान सभापतिकै नेतृत्वमा पार्टीलाई गतिशील तुल्याउँदै बाँकी कार्यभार पूरा गर्न र लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न लाग्नुपर्छ ।”  

 पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले परिवर्तनलाई संस्थागत गर्न, सामाजिक रुपान्तरणका विषयलाई साझा तुल्याउन, राजनीतिमा परिवर्तनका विषयमा उठेका प्रश्न सम्बोधन गर्न तथा प्रतिपक्ष नेतालाई सहिष्णु हुन सुझाव दिए । उनले भने, “अहिलेको ढर्राबाट नभई कांग्रेसलाई जनचाहनाअनुरुप रुपान्तरण गर्दै अघि बढाउन सभापतिलगायतका पुराना पुस्ताबाट सहयोग हुन आवश्यक छ ।”

केन्द्रीय सदस्य रमेश लेखकले अध्ययन, ज्ञान, सूचना र सीप मिलाएर ऐतिहासिक, बहुआयामिक र प्रेरणापुञ्ज सुर्वणजीका बारेमा लेखिएको पुस्तक पठनीय मात्र नभई सङ्ग्रहयोग्य रहेको बताए।  उनले भने, “सुवर्णजीले तन, मन र धन प्रजातन्त्र र मुलुकको समृद्धिका लागि समर्पण गरेका छन्, उनको भावनाअनुरुप आगामी महाधिवेशनमा पार्टी एकताबद्ध र सुदृढ तुल्याउने काममा सबै तह र तप्का लाग्नुपर्छ ।”

सो अवसरमा पार्टीका केन्द्रीय सदस्य भीमसेनदास प्रधान, न्हुच्छेनारायण श्रेष्ठ, राधा घलेलगायतले सुवर्ण शम्शेरलगायत पार्टीका सम्मानित नेताका नाममा सडक, अस्पताल र सार्वजनिक भवन निर्माण गर्न सुझाव दिँदै उनीहरुले प्रजातन्त्र प्राप्तिका लागि पु¥याएको योगदानबारे चर्चा गरे । प्रतिष्ठानका अध्यक्ष धु्रव खड्का र पुस्तकका लेखक रामचन्द्र घिमिरे प्रतिष्ठानले जनहितका लागि गरेका विभिन्न क्रियाकलाप र पुस्तकमा  सुवर्ण शम्शेरबारे समेटिका विविध पक्षबारे जानकारी दिए ।

सो अवसरमा नेपाली कांग्रेस काठमाडौँ जिल्ला सभापति र क्षेत्रीय सभापतिलाई सम्मान गरिएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट

काठमाडौँ । विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका कुशल दीक्षित छनोट भएका छन् । दौडसँग सम्बन्धित विभिन्न प्रक्रि...

आज काठमाडौंको यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी वितरण केन्द्रको मूलपानी फिडर र डाँछी फिडर तथा रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत प...

संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट

काठमाडौँ । सङ्घीय संसद्ले जनताको अपेक्षाअनुरुप प्रभावकारी रुपमा काम गर्न सकेको छैन । संसद्ले जनहितका काम गर्नुपर्छ । संसद् र सांसदका  कामबाट जनता निरा...

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।  उपप्रधानमन्त्री एवं गृहम...

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना, १० घाइते

पाल्पा। पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका छन । जसमध्ये एक जनाको अवस्था गम्भिर रहेको छ । पाल्पाको निस्दी–३, खाँदरमा जिप दुर्घटना हुँदा १० ज...

इरानी समर्थित पीएमएफको सैन्य शिविरमा हमला, इजरायलले गराएको आशंका

तेहरान। इराकको पपुलर मोबिलाइजेसन फोर्स (पीएमएफ) ले शुक्रबार राति आफ्नो काल्सो सैन्य आधारको कमाण्ड पोस्टमा ठूलो विस्फोट भएको जनाएको छ।  काल्सो सैन्य...

प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो- तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटर नगरपालिकाको विकास निर्माणमा देखिएका समस्या समाधान गर्न ...

गण्डकी प्रदेशको संसद् बैठक अनिश्चितकालका लागि स्थगित

पोखरा । गण्डकीको संसद् बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।  बैठकमा एमाले, माओवादी र स्वतन्त्र सांसद मात्रै उपस्थित थिए , कांग्रेस र राप्रपाका...

सुप्रिम सहकारी ठगी प्रकरण: गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले एक जनालाई थुनामा पठाउन र ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । शुक्रबार थुन...

संकल्प प्रस्ताव संबिधान विपरित छ, म संबिधानको धारा अनुसार हिड्छुः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संकल्प प्रस्ताव संबिधान अनुसार नभएको बताएका छन् । प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies