तनहुँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले तनहुँ जलविद्युत् आयोजना निर्माणमा ढिलाइ नगर्न निर्देशन दिएकि छन् । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको आयोजनाको आज निरीक्षणपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री भुसालले समयमै आयोजना निर्माण सम्पन्न गर्नेतर्फ कटिबद्ध भएर लाग्न निर्देशन दिइन्।
“प्रशासनिक जटिलताका कारण आयोजनाको काममा समस्या हुँदैन, त्यसका लागि सहजीकरण गर्न म सदैव तयार छु”, उउनले भनिन् “आयोजनास्थलमा दत्तचित्त भएर लाग्नुहोला ।” मन्त्री भुसालले आयोजनाको काममा कुनै समस्या आए राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवालाले सहयोग गर्नुपर्नेमा जोड दिइन्।
उनले तनहुँ जलविद्युत् आयोजना राष्ट्रको समृद्धिको परियोजना भएकाले स्रोतसाधनमा कमी नहुने विश्वास व्यक्त गरिन् । “रणनीतिक हिसाबले जलाशययुक्त यो योजना निकै महत्वपूर्ण छ, स्रोतसाधनको कमी हुँदैन”, उनले भनिन् । मन्त्री भुुसालले आयोजनाले तनहुँका जनताको जीवनस्तर उकास्न सहयोग पु¥याउने बताइन् ।
सो क्रममा मन्त्री भुसालले आयोजनाको बाँधस्थल र विद्युतगृहको निरीक्षण गरेकि थिइन् । मन्त्री भुसाललाई तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरण श्रेष्ठ र आयोजना प्रमुख अच्युत घिमिरेले आयोजनाको निर्माण कार्यको बारेमा जानकारी गराएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - १९:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। पार्टी नेतृत्वका अनुसार केही...
आषाढ़ ११ गते, २०८३ - १७:१०
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत निर्वाचन तालिका पुन: संशोधन गरिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको नयाँ कार्यतालि...
आषाढ़ ११ गते, २०८३ - १६:५३
काठमाडौँ। भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा व्यापक जनधनको क्षति भएको छ । भूकम्पका कारण राजधानी काराकासका गगनचुम्बी भवन भत्किँदा कम्तीमा...
आषाढ़ ११ गते, २०८३ - १६:१३
काठमाडौं । कक्षा १२ को नतिजामाथि विभिन्न प्रश्न उठ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा...
आषाढ़ ११ गते, २०८३ - १५:४२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सागर ढकालले पार्टी पदाधिकारीको निर्वाचनमा ‘नो भोट’ को प्रावधान राख्नुपर्ने बताएका छन्। चितवन...
आषाढ़ ११ गते, २०८३ - १५:१३
काठमाडौं । स्थायी व्यवस्थापनको विकल्प नदिई सरकारले राहतका नाममा २५ हजार रुपैयाँ मात्र दिएर होल्डिङ सेन्टरबाट जबरजस्ती हटाउन खोजेको भन्दै सुकुमवासीहरू ...
आषाढ़ ११ गते, २०८३ - १४:१६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य मतदान सम्पन्न गरेको छ। चितवनको भरतपुरमा जारी महाधिवेश...
आषाढ़ ११ गते, २०८३ - १३:५१
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार...
आषाढ़ ११ गते, २०८३ - १३:३३
काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले नतिजा प्...
आषाढ़ ११ गते, २०८३ - १३:१३
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य निर्वाचनमा सहभागी प्रतिनिधिमध्ये भोट हाल्ने संख्या ३ हजा...



प्रतिकृया लेख्नुहोस्: