काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा आयातसँगै निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (२०७८/०७९ को कात्तिक मसान्तसम्म) को तथ्याङ्कअनुसार आयातमा ६१ दशमलव ५७ र निर्यातमा १०४.२९ प्रतिशतले वृद्धि भएको हो ।
बितेका चार महिनामा रु ८२ अर्ब १२ करोड १२ लाख बढीको स्वदेशी वस्तुको निर्यात हुँदा छ खर्ब ५० अर्ब २९ करोड ४३ लाख बढीको विदेशी वस्तुको आयात भएको छ । गत आर्थिक वर्ष २०७७/०७८ को पहिलो चार महिनामा रु ४० अर्ब २० करोड बराबरको निर्यात भएको थियो भने सोही अवधिमा रु चार खर्ब दुई अर्ब ४९ करोड बराबरको आयात भएको थियो ।
व्यापार घाटा पाँच खर्ब ६८ अर्ब
चालु आवको चार महिनामा रु पाँच खर्ब ६८ अर्ब १७ करोड बराबरको व्यापार घाटा भएको छ । गत वर्ष सोही अवधिमा रु तीन खर्ब ६२ अर्ब २९ करोड बराबरको व्यापार घाटा बेहोरेको थियो । गत वर्षको तुलनामा चालु आवको सोही अवधिमा नेपालले ५६ दशमलव ८३ प्रतिशतले व्यापार घाटा बेहोरेको हो ।
यस्तै, चार महिनाले नेपालले रु सात खर्ब ३२ अर्ब ४१ करोड बराबरको वैदेशिक व्यापार गरेको छ । गत वर्ष सोही अवधिमा नेपालले रु चार खर्ब ४२ अर्ब ६९ करोड बराबरको वैदेशिक व्यापार गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा चालु आवको चार महिनामा ६५ दशमलव ४५ प्रतिशतले वैदेशिक व्यापार बढेको छ ।
१३८ देशबाट आयात
चार महिनाको अवधिमा १३८ देशबाट रु छ खर्ब ५० अर्ब २९ करोड ४३ लाख बराबरको विदेशी वस्तुको आयात भएको छ । तथ्याङ्कअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । भारतबाट रु तीन खर्ब ८५ अर्ब ९५ करोड ७० लाख बढीको आयात भएको छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । चीनबाट एक महिनामा रु ९४ अर्ब ३० करोड १४ लाख बराबरको आयात भएको छ ।
यस्तै, एक महिनाको अवधिमा भारतमा रु ६६ अर्ब ९४ करोड ३९ लाख र चीनमा रु ३१ करोड १२ लाख बराबरको निर्यात भएको छ ।
डिजेल धेरै आयात
चालु आवको चार महिनामा सबैभन्दा धेरै डिजेल आयात भएकोे छ । चार महिनामा रु ३४ अर्ब ३३ करोड २१ लाख बराबरको डिजेल आयात भएको हो । यस्तै, भटमासको कच्चा तेल रु २७ अर्ब २२ करोड ७१ लाख, २० अर्ब ३५ करोड ८६ लाख बराबरको मोबाइल, रु १९ अर्ब १७ करोड ५७ लाख बराबरको कच्चा पाम आयल, रु १८ अर्ब ६६ करोड ६५ लाख बराबरको पेट्रोल र रु १७ अर्ब ६६ करोड ४० लाख बराबरको आइरन, स्टिल आयात भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - १३:१६
काठमाडौं । अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्न ल्याइएको ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि स...
श्रावण १७ गते, २०८३ - १२:५२
राजविराज । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाबीच सप्तरीमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न विभिन...
श्रावण १७ गते, २०८३ - १२:३८
काठमाडौँ। मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था...
श्रावण १७ गते, २०८३ - १२:२७
तनहुँ । बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय तनहुँले ग्यास डिलर तथा सप्लायर्सको अनुगमन सुरु गरेको छ। सहायक...
श्रावण १७ गते, २०८३ - १२:१७
सप्तरी। सप्तरीमा आम नागरिकहरूको दैनिक अत्यावश्यक कामलाई मध्यनजर गर्दै सप्तरीको राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकामा जारी कर्फ्युमा केही खुकुलो ...
श्रावण १७ गते, २०८३ - ११:५२
काठमाडौं । पाकिस्तानको कराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रड पिकमा हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पुर्जासहितका दिवंगत आरोही...
श्रावण १७ गते, २०८३ - ११:४१
काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ८०० र चाँदी रु ४५ ले घटेको हो । नेपाल सुनचाँदी ...
श्रावण १७ गते, २०८३ - ११:०१
जनकपुरधाम। गृहमन्त्री सुधन गुरुङले पीडित पक्षसँग शुव्रmबार राति सहमति गरेपछि मधेश प्रदेशको अवस्था सामान्य बन्दै गएको छ । सुनसरीमा धार्मिक विषयलाई लिएर...
श्रावण १७ गते, २०८३ - १०:४९
राजविराज । पेशागत सञ्जाल ९पापड० सप्तरीले जिल्लामा शान्ति, सामाजिक सद्भाव तथा आपसी भाइचारालाई सुदृढ बनाउने उद्देश्यले आइतबार बिहान राजविराजमा बृहत् सद...
श्रावण १६ गते, २०८३ - १५:५८
काठमाडौँ । सामाजिक सद्भाव खल्बल्याएको अभियोगमा पर्साबाट ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार उ...



प्रतिकृया लेख्नुहोस्: