Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

जनगणना बहिष्कार गरेका कायत समुदाय सहभागी हुने

खबरडबली संवाददाता
बागलुङ । राष्ट्रिय जनगणना–२०७८ मा सहभागी नहुने घोषणा गरेका बागलुङको ढोरपाटनका कायत समुदाय जनगणनामा सहभागी हुने भएका छन् । ढोरपाटन नगरपालिका–७ बोबाङका कायत समुदाय जनगणना कार्यालय बागलुङबीच सहमति भएपछि उनीहरु जनगणनामा सहभागी हुने भएका हुन् । 
 
राज्यले पहिचान नदिएर बेवास्ता गरेको भन्दै जनगणनामा सहभागी नहुने भन्दै कायत एकता समाजले कात्तिकको अन्तिम साता जनगणनामा सहभागी नहुने निर्णय गरेको थियो । जातीय पहिचानका आधारमा सरकारले विभिन्न स्थानमा आरक्षणलगायत छुट दिँदै आएको भए पनि पहिचानविहीन भएको भन्दै कायत समुदायले जनगणना बहिष्कार गर्ने निर्णय गरेका थिए । 
 
तथ्याङ्क कार्यालयका प्रमुख मुकुन्दप्रसाद शर्मा लगायतको टोलीले मङ्गलबार उनीहरुसँग भेटघाट गरेको थियो । भेटघाटका क्रममा कायत समुदायको पहिचानका लागि पहल र विभिन्न ठाउँमा सिफारिस गर्ने प्रतिबद्धता जनाएपछि जनगणनामा सहभागी हुन राजी भएको कायत एकता समाजका अध्यक्ष नीमबहादुर कायतले जानकारी दिए । “जिल्ला तथ्याङ्क कार्यालय बागलुङको टोलीले हामीहरुसँग बैठक बसेर पहल गर्छु भनेपछि हामी जनगणनाका लागि राजी भएका छौँ”, कायत भन्छन्, “पहल गर्छौं भनेर प्रतिबद्धता जनाएपछि मात्र जनगणनामा सहभागी हुन हामी राजी भएको हौँ ।”
 
हाल ढोरपाटनमा कायत समुदायका करिब ८० घरपरिवार बसोबास गर्दै आएका छन् । कायत समुदायलाई अल्पसङ्ख्यक समुदायमा सूचीकृत गरिनुपर्ने उनीहरुले बताउँदै आएका छन् । कायत नौथर समुदायभित्र पर्दछन् । नौथरभित्रकै पसाई र पुजाय थर लोप भइसकेका छन् । सहमतिपछि बुधबार उनीहरुको जनगणना गरिने शर्माले तथ्याङ्क तथा जनगणना कार्यालयका प्रमुख शर्माले बताए ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेसँग एकताको कुनै सम्भावना छैन: माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष...

रास्वपा महाधिवेशन स्थलमा तीन वटा हेल्थ डेस्क स्थापना

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र भरतपुरस्थित गेस्ट हाउस चौरमा...

रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन: प्रवक्ता मनिष झा

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा सङ्कलन नगरेको स्पष्ट ...

रास्वपा महाधिवेशनका लागि झण्डै २ करोड रुपैयाँ संकलन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन करिब ४ हजार प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्। रास्वपाले प्रत्ये...

रास्वपा महाधिवेशनमा प्यानल बनाउन निषेध, जारी भयो आचारसंहिता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...

सभापति रवि लामिछानेको अपिल: स्वस्थ प्रतिस्पर्धाबाट नयाँ उचाइमा पुग्नेछौँ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्न अपिल गरेका छन्। महाधिवेशनको पू...

सिँचाइ, तटबन्ध र नदी व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरी देशको कुल सिञ्चित खेतीयोग्य क्षेत्र ६४ प्रतिशत ...

बालकुमारीमा प्रहरीले चलायो गोली

काठमाडौं। ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। लाग...

रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक सुरु, महाधिवेशन तयारीबारे छलफल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक केहीबेर ढिलो गरी भरतपुरमा सुरु ...

एसियाली करातेमा एरिकालाई कांस्य

काठमाडौँ। नेपालकी कराते स्टार एरिका गुरुङले इन्डोनेसियाको बालीमा जारी २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा कांस्य पदक जितेको छिन्।  शुक्रबार भएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending