Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri

प्रतिस्पर्धामा बाधक नबन्ने ओलीको सन्देशले दबावमा ‘१० भाइ’ र ‘पूर्वमाओवादी’ !

वरिष्ठ उपाध्यक्षमा पोखरेल र नेम्वाङको दाबीले ओलीलाई सकस

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेको १० औँ महाधिवेशनमा पदाधिकारीमा उम्मेदवारी घोषणा गर्नेको संख्या बढ्दै गएको छ। पार्टीभित्र पदाधिकारीमा धेरै आकांक्षी भएकाले अध्यक्ष केपी शर्मा ओलीलाई नेता व्यवस्थापनमा चुनौति बनेको छ। 

नेकपा एमालेको विधान महाधिवेशनले पार्टीमा पहिलो पटक अभ्यासमा ल्याउन लागेका वरिष्ठ उपाध्यक्ष पदको शिर्ष नेताहरुको आकांक्षाले ओलीलाई अर्काे सकसकाे बिषय बनेको छ। 

वरिष्ठ उपाध्यक्षमा महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र रामबहादुर थापा बादलको आकांक्षाले ओलीलाई समस्या परेको हो। 

सर्वसम्मत अध्यक्ष बन्ने ओलीको चाहानामा उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेपछि ओलीको ध्यान निर्वाचनतिर केन्द्रीत भएको छ। तर, ओेली खेमाभित्र पनि पोखरेल र नेम्वाङको दाबीले दुई गुट बन्ने देखिएको छ। 

दुई पटक पार्टीको महासचिवको जिम्मेवारी सम्हालिसकेका पोखरेल वरिष्ठ उपाध्यक्षको स्वभाविक दाबेदार हुन्। विधानअनुसार दुई कार्यकालभन्दा एउटै पदमा बस्न नपाउने भएकाले उनले वरिष्ठ उपाध्यक्षको चाहा गरेका छन्। 

पार्टीको विधानअनुसार ७० बर्ष उमेर हद कायमै रहे ११ औँ महाधिवेशनबाट पोखरेल पदाधिकारीमा रहन पाउँदैनन्। उनी ६७ वर्षका भइसके। 

अर्को बलिया दाबेदार नेम्बाङ पनि सर्वसम्मत नभएको अवस्थामा आफ्नो उम्मेदवार स्वभाविक भएको ठान्छन्। 

उनी भन्छन्, ‘अध्यक्ष ओलीलाई सर्वसम्मत बनाउने प्रयास जारी छ। अध्यक्षसहित पदाधिकारीमा सर्वसम्मतिको प्रयास भइरहेको छ। चुनाव नै हुने भए वरिष्ठ उपाध्यक्षमा मेरो उम्मेदवारी रहने छ। त्यसबारेमा मैले छलफल गरिरहेको छु।’

यसअघि आठौँ र नवौँ महाधिवेशनमा सभामुख र दुईपटक संविधानसभा अध्यक्ष भएकै कारणले नेम्बाङले उपस्थिती जनाउन पाएका थिएनन्। तर, अहिले नेम्बाङलाई पनि पार्टीको जिम्मेवार पद सम्हाल्न पाउने अन्तिम अवसर नै हो। विधान अनुसार ११ औँ महाधिवेशनमा उनलाई उमेर हद बाधक हुन्छ। 

वरिष्ठ उपाध्यक्ष माओवादी केन्द्रबाट आएका रामबहादुर थापा ‘बादल’ पनि छन्। तर, वरिष्ठ उपाध्यक्षमा आफ््नो विश्वासपात्रलाई ल्याउन ओली चाहान्छन्। 

पछिल्लो राजनीतिक उतारचढावको बेलामा ओलीको पक्षमा उभिएका बादल ओली नेतृत्वको सरकारमा गृहमन्त्री थिए। प्रचण्डको साथ छाडेर ओलीको कित्तामा उभिएका बादल समूहलाई सम्मानजनक व्यवस्थापन ओलीलाई चुनौति छ। 

तर, पोखरेल र नेम्वाङको दाबीको बीच बादल कमजोर प्रतिस्पर्धीको रुपमा लिइन्छ। 

त्यसो त ओलीले १० औं महाधिवेशनमा सहमतिका लागि आफूले कसैलाई आग्रह नगर्ने बताइसकेका छन्। 

अध्यक्ष ओलीले मंगलबार सञ्चारकर्मीसमक्ष भने, ‘सहमतिको आग्रह गर्दा दबाब दिएजस्तो हुन्छ। त्यसैले सहमतिका लागि आग्रह गर्दिनँ। नेताहरूको व्यवस्थापन भने चुनाव लडेर भोट ल्याउनुपर्छ। पदाधिकारीको चुनावी प्रतिस्पर्धामा म बाधक बन्दिनँ।’

ओलीले  प्रतिस्पर्धा गर्न चाहानेलाई बाधक नबन्ने संकेत गरेपछि माधव नेपाल खेमाका १० भाइ र पूर्वमाओवादी खेमाका बादलसहितका नेताहरुलाई संकट गर्ने देखिन्छ। ओली गुटमै नेताहरुको प्रतिस्पर्धा भइरहेको बेलामा १० भाइ र बादलसहितको नेताहरुले चुनावी प्रतिस्पर्धाबाट आउन सक्ने सम्भावना छैन। 

‘एमाले लोकतान्त्रिक पार्टी हो। यसमा कुनै प्रकारको जोरजुलुम छैन। म उठ्ने–नउठ्ने टुंगो गरेको छैन। त्यसैले मलाई अध्यक्षमा छोड्न वा चुनौती दिन पाइन्छ। अरूलाई नउठ्न दबाब दिन्नँ। म अध्यक्ष भए पार्टीमा सबैलाई समान व्यवहार गर्छु’ ओलीको भनाइ थियो।

अध्यक्षमा उम्मेदवारी घोषणा गरेर उपाध्यक्ष रावलले चुनौती नभई आफूप्रति माया र सम्मान देखाएको टिप्पणी समेत गर्न भ्याए। 

वरिष्ठ उपाध्यक्ष र महासचिवबारे ओलीले भने,  ‘जो सर्वसम्मत वा धेरै भोट ल्याएर छानिन्छ, उही मैले पत्याएको वरिष्ठ उपाध्यक्ष हो, महासचिव हो।  हामी पार्टीमा पस्नु अगाडि को पूर्वमाओवादी थियो, को के थियो भन्ने होला। अहिले एक ठाउँमा भइसकेपछि हामी एक ठाउँमा छौं। त्यसकारण यो पक्षको व्यवस्थापन, त्यो पक्षको व्यवस्थापन भन्ने छैन।’ 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending