Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

मन्त्री पौडेलले गरे ३१ बुँदे कार्ययोजना सार्वजनिक, सिक्दै कमाउँदै कार्यक्रमलाई प्रभावकारी बनाइने

खबरडबली संवाददाता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सिक्दै कमाउँदै कार्यक्रमलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गरिनेलगायत आफ्ना ३१ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन् ।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सबै विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरिने, सबै पालिका र प्रदेशलाई साक्षर घोषणा गरिने, अनिवार्य तथा निःशुल्क शिक्षा ऐनलाई कार्यान्वयन गरिने, कक्षा बाह्रसम्मका पाठ्य पुस्तकको छपाई गुणस्तरीय एवं रङ्गीन बनाइने, अधिकतम सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको पढाइ सञ्चालनमा ल्याइने, स्थायी शिक्षक पदपूर्तिको लागि विज्ञापन प्रक्रिया तत्काल अगाडि बढाइने बताए।

मन्त्री पौडेलले समयमै सबै सेट पाठ्यपुस्तक विद्यार्थीको हात हातमा पु¥याइने, सङ्घीय शिक्षा ऐनको मस्यौदा तत्काल तयार गरिने, शिक्षक दरबन्दी मिलान कार्यलाई सहजीकरण गरी अनुगमन गरिने, हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय पु¥याइने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “गरिब जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने, कसैलाई पनि पढने अवसरबाट वञ्चित हुन नपर्ने अवस्था सुनिश्चित गरिने, विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन भए नभएको अनुगमन गरिने र निजी विद्यालयले सरकारले तोकेअनुसारको छात्रवृत्ति उपलब्ध गराए नगराएको प्रभावकारी अनुगमन गरिनेछ ।” 

मन्त्री पौडेलले विद्यार्थी भर्ना सङ्ख्याका अधारमा नभई सिकाइका आधारमा विद्यालयको उपलब्धि मापन गरिने, शिक्षक अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाइने तथा वैकल्पिक सिकाइ र अनलाइन शिक्षा प्रणालीलाई प्रभावकारी बनाइने उल्लेख गर्दै तिनै तहको सरकारबाट सञ्चालन हुने शैक्षिक क्रियाकलापबीच आपसी समन्वय कायम गरी नतिजा सुनिश्चित गरिने, शैक्षिक गुणस्तरमा सुधार ल्याउन हरेक क्षेत्रको सुक्ष्म अनुगमन गरिने र उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनलाई कार्यान्वयन गरिने बताए । उनले शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित अनलाइन एजुकेशन पोर्टलमा गुणस्तरीय सामग्री समावेश गरी सबैको पहुँचमा पु¥याइने बताउँदै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गरे । 

उनले भने, “तीन वर्षभित्र सबै सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार तयार गरिने, दलित उत्पीडित अल्पसङ्ख्यक  पिछडिएका वर्गको गुणस्तरीय शिक्षामा पहुँच कायम गरिने र शैक्षिक पूर्वाधार निर्माण एवं प्रविधि विकासमा बैदेशिक लगानी आकर्षण गरिनेछ ।” मन्त्री पौडेलले स्वदेशी एवं विदेशी लगानीलाई प्रोत्साहन गरिने तथा विभिन्न आन्दोलनका घाइते, अपाङ्ग एवं द्वन्द्वपीडितलाई शैक्षिक अवसर प्रदान गरिने प्रतिबद्धता पनि व्यक्त गरे ।

उनले शिक्षक तथा प्रधानाध्यापकलाई कार्यसम्पादनका आधारमा पेसागत सहयोग उपलब्ध गराई शिक्षण सिकाइप्रति स्वजवाफदेही बनाइने बताउँदै प्रत्येक पालिका, प्रदेश र राष्ट्रिय स्तरमा प्रविधिमैत्री नमूना विद्यालय स्थापना गरिने उल्लेख गरे। मन्त्री पौडेलले विद्यालयस्तरको माध्यमिक शिक्षा परीक्षा कक्षा १० र कक्षा १२ को परीक्षालाई व्यवस्थित गरिने, शिक्षक कर्मचारीका पेसागत समस्या तीनै तहको सरकारको क्षेत्राधिकारभित्र रही समाधान गर्न अधिकतम प्रयास गरिने, युनेस्को महासभामा प्रस्तुत नेपालको नीति व्यक्तव्यको कार्यान्वयनका लागि कार्यक्रम तयार गरी कार्यान्वयन गरिने घोषणा पनि गरे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending