Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

वर्तमान प्रधान न्यायाधीशको बहिर्गमन र न्यायपालिकामा सुधार सँगसँगै अगाडि बढाऊ: विवेकशील पार्टी (विज्ञप्ति सहित)

खबरडबली संवाददाता

काठमाडौँ । सर्वोच्च अदालतमा रहेको विद्यमान गतिरोध तथा त्यसमा आवश्यक पर्ने सुधारका सम्बन्धमा नेपाल विवेकशील पार्टीको तर्फबाट प्रेस विज्ञप्ति जारी गरेको छ । 

प्रेस विज्ञप्ति 

वर्तमान प्रधान न्यायाधीशको बहिर्गमन र न्यायपालिकामा सुधार सँगसँगै अगाडि बढाऊ !

न्यायपालिकाप्रति आम नागरिकहरूको विश्वास कायम राख्नका लागि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको बहिर्गमन अनिवार्य शर्त हो । तर सुधारको लागि त्यति मात्रै पर्याप्त हुन्न र त्यसको लागि न्याय परिषद्को गठन तथा कार्यसञ्चालनमा पनि सुधार आवश्यक पर्दछ । त्यस दिशामा बहस अगाडि बढाउन हामी राजनीतिक दल, न्याय सेवामा संलग्न, बुद्धिजीवि तथा आम नागरिकहरूलाई नेपाल विवेकशील पार्टी आग्रह गर्दछ । 


सर्वोच्च अदालतको नियमित सेवा कार्त्तिक ७ गतेदेखि अबरुद्ध भई अत्यावश्यक सेवाहरू पनि नियमित रूपमा प्रदान गर्न नसकिरहेको अवस्थामा सर्वोच्च अदालतमा देखिएको गतिरोधले निकास पाउने स्थिति देखिएको छैन । यस गतिरोधको निकासको लागि बहालवाला प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको बहिर्गमन अनिवार्य शर्त हो जुन स्वेच्छिक भए न्यायपालिकाको हितमा हुने थियो । यदि निश्चित समयसीमाभित्र त्यस्तो नहुने हो भने निजलाई हटाउने संवैधानिक विकल्पको प्रयोग गर्न हामी संघीय संसदभित्र रहेका सम्पूर्ण राजनीतिक दलहरूलाई आग्रह गर्दछौँ । निजको न्यायपालिका प्रवेशको इतिहास, तल्ला अदालतहरूमा गरेका न्यायिक विचलनका उदाहरण र सो सम्बन्धमा तत्कालीन सर्वोच्चको इजालसबाट व्यक्त गरिएका धारणा, निज सर्वोच्चमा न्यायाधीश हुँदा तथा प्रधान न्यायाधीश हुँदा गरेका निर्णयहरू, न्यायपालिका सुधारका कार्यक्रमहरू लागु गर्न निजले बाधा पुर्‍याएको अवस्था, संवैधानिक आयोग तथा मन्त्रीपरिषद्मा भागबन्डा खोजेको अवस्थालाई दृष्टिगत गर्दा निजको बहिर्गमन स्वभाविक हुनुपर्छ । 


बहालवाला प्रधान न्यायाधीशको बहिर्गमन सुनिश्चित भएपछि उनले अड्काएको न्यायपालिका सुधारको बाटोमा सर्वोच्च अदालतका बहालवाला न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वको समितिले २०७८/४/१४ मा बुझाएको प्रतिवेदन तथा त्यसको कार्यान्वयनका लागि सर्वोच्चकै अर्का बहालवाला न्यायाधीश मीरा खड्काको संयोजकत्वको समितिले २०७८/६/१ मा पेश गरेको प्रतिवेदनको तत्काल कार्यान्वयन गर्न सर्वोच्च अदालतको आगामी नेतृत्वसँग हामी माग गर्दछौँ । सो सुधार कार्यान्वयन गर्न मीरा खड्काको संयोजकत्वको समितिले दिएको तथा सर्वोच्चको पूर्ण बैठकले अनुमोदन गरेको अदालत सम्बन्धी नियमावलीमा आवश्यक पर्ने सुधारलाई अबिलम्ब लागु गर्न हामी सम्बन्धित पक्षसँग आग्रह गर्दछौँ ।


तत्कालै अदालतद्वारा गर्न सकिने काम सकेपछि न्यायपालिकालाई आम नागरिकहरूले विश्वास गर्न सक्ने निकायको रूपमा कायम राख्न न्यायाधीशहरूको नियुक्तिको स्रोतको रूपमा रहेको न्यायपरिषद्को संरचनाको बारेमा सुधार गर्नु आवश्यक रहेको छ । नेपालको अन्तरिम संविधान, २०६३ देखि कायम रहेको अहिलेको न्याय परिषद् सम्बन्धी व्यवस्थाले उक्त परिषद्मा न्यायाधीशहरूलाई अल्पमतमा पारी कार्यपालिका तथा राजनीतिक निकटता भएकाहरूको बहुमत हुने अवस्था छ । त्यसकै कारणले न्यायाधीशहरू नियुक्त भएपछि पार्टी कार्यालयमा धन्यवाद दिन जाने प्रचलन पनि देखिएको छ । सोको समाधानको लागि उक्त व्यवस्थालाई नेपाल अधिराज्यको संविधान, २०४७ बमोजिम हुने गरी राख्नुपर्छ जसमा सर्वोच्च अदालतका न्यायाधीशहरूको बहुमत रहेको थियो । साथै, न्यायाधीशहरूको नियुक्तिको लागि इच्छुकहरूको सूची तयार पार्न आवेदन मागी  उक्त सूचीलाई सार्वजनिक गरी त्यसमा रहेका व्यक्तिहरूको बारेमा आम नागरिकबाट आवश्यक सूचना मागी त्यसको समेत आधारमा योग्य व्यक्तिहरूको सूची तयार गरी त्यसबाट मात्रै नियुक्ति गर्ने व्यवस्थालाई कायम गरी तजबिजी अधिकारलाई कटौती गरी शुद्धता कायम गर्न सकिन्छ ।


न्यायपालिकामा रहेका तमाम बिकृतिहरूलाई निराकरण गर्न न्यायपरिषद्ले न्यायाधीशहरू संलग्न न्यायिक विचलन तथा भ्रष्टाचारका विषयहरूमाथि छानबिन गर्नुपर्ने आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउन जरुरी रहेको छ । उसले खेल्नुपर्ने भूमिका नखेलेकोले नै अहिलेका प्रधान न्यायाधीशको सर्वोच्चमा नियुक्त भएको कुरा यहाँ स्मरण गर्नु उपयुक्त हुन्छ । त्यस्तै भूतपूर्व न्यायाधीशहरूको भ्रष्टाचारको विषयमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि संवैधानिक व्यवधान नभएकाले त्यस विषयमा पनि काम अगाडि बढाउन हामी आयोगलाई आग्रह गर्दछौँ । यी सबै काम गर्दा हाम्रो न्यायपालिकामा आम नागरिकहरूको विश्वास पुनस् आर्जन हुने हामीलाई विश्वास लागेको छ । 


विजय बाबु शिवाकोटी

प्रवक्ता

नेपाल विवेकशील पार्टी

२०७८/८र७

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies