काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नै नेप्से ११.६० अङ्कले घटेर दुई हजार ७५७.५३ मा ओर्लेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७५ अङ्कले घटेर ५१८.२५ मा पुगेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम पनि घटेको छ । कूल २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता शेयर रु चार अर्ब ३५ करोड ७३ लाख नौ हजार ३१९ मूल्यमा कारोबार भयो । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ७८ अर्ब ४९ करोड ४७ लाख २० हजारको हाराहारीमा सीमित भएको छ ।
कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर ओरालो लागेको छ भने ११ उपसमूहको शेयर उकालो लागेको छ । जलविद्युत् १३.२१ र उत्पादन उपसमूह ९६.१४ अङ्कले बढेको छ । यस्तै, बैंकिङ ५.१, व्यापार ५८.५४, होटेल तथा पर्यटन ५०.८८, विकास बैंक ६.८९, वित्त १९.२३, निर्जीवन बीमा ६४.१६, अन्य ३८.८८, लघुवित्त १७.४३, जीवन बीमा १४०.५, सामूहिक लगानी कोष ०.०३ र लगानी ०.७४ अङ्कले घटेको छ ।
कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ५० करोड ९९ लाख ९२ हजार ३३२ बराबरको कारोबार भयो । नेसनल हाइड्रोपावर रु २३ करोड ८४ लाख ५० हजार ४८२, नेपाल दूरसञ्चार कम्पनी रु २२ करोड ६२ लाख ३८ हजार ३३८, हिमाल दोलखा हाइड्रोपावर रु २१ करोड ५० लाख ७५ हजार १०६ र माथिल्लो तामाकोसी रु १५ करोड २५ लाख ३८ हजार ६६८ बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार नारायणी डेभलपमेन्ट बैंक र मानुषी लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक ८, हिमाल दोलखा हाइड्रोपावर ६.४० र शिवश्री हाइड्रोपावरका लगानीकर्ताले ४.१९ प्रतिशतले कमाए ।
यसैगरी, तेह्रथुम पावर कम्पनी ४.२१, आइसिएफसी फाइनान्स ३.८९, प्रिमियर इन्सुरेन्स ३.६१, नेसनल माइक्रोफाइनान्स ३.२८ र मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ३.२८ प्रतिशतले गुमाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - १६:३२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...
पौष ५ गते, २०८२ - १६:१५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...
पौष ५ गते, २०८२ - १६:०२
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...
पौष ५ गते, २०८२ - १५:५०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...
पौष ५ गते, २०८२ - १५:३५
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो । सभालाई नेकपा ...
पौष ५ गते, २०८२ - १५:०३
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...
पौष ५ गते, २०८२ - १४:४९
चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...
पौष ५ गते, २०८२ - १४:३२
अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ
पौष ५ गते, २०८२ - १४:२०
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...
पौष ५ गते, २०८२ - १३:४२
काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...




प्रतिकृया लेख्नुहोस्: