Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

घरजग्गाको मूल्य मालपोतमा एउटा, बैंकमा अर्कै

खबरडबली संवाददाता

काठमाडौं । घर तथा जग्गाको मूल्य वार्षिकरुपमा औसतमा २६.४५ प्रतिशतले वृद्धि भएको पाइएको छ ।  नेपाल राष्ट्र  बैंकले आज सार्वजनिक गरेको घर जग्गा मूल्य सर्वेक्षण प्रतिवेदन अनसार वाणिज्य बैंकको तथ्याङ्कका आधारमा वार्षिकरुपमा घरजग्गाको मूल्यमा वृद्धि हुँदै गएको पाइएको हो । मालपोत कार्यालयको विवरणका आधारमा भने औसतमा १९.४५ प्रतिशतले मूल्यवृद्धि भएको पाइएको छ । घरजग्गाको मूल्यमा आउने अस्वाभाविक उतारचढावले मुलुकको समग्र आर्थिक स्थायीत्वमा नै प्रतिकूल प्रभाव पार्न सक्ने भएकाले यस क्षेत्रको मूल्य स्थितिका सम्बन्धमा जानकारी राख्नुपर्ने भएकाले अध्ययन गरीएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।

घरजग्गा क्षेत्रको मूल्य सूचकाङ्क निर्माण गरी घर जग्गामा मुद्रास्फिती मापन गर्न पनि अध्ययन जरुरी रहेको केन्द्रीय बैंकको ठहर छ । आगामी दिनमा हरेक तीन महिनामा घरजग्गाको मूल्य सूचकाङ्क प्रकाशित गर्ने  तयारीसमेत गरीएको छ ।

केन्द्रीय बैंकले विभिन्न २० जिल्लाका मालपोत कार्यालयमा भएको घरजग्गाको किनबेच र क वर्गका विभिन्न छ वटा वाणिज्य बैंकले प्रवाह गरेको ऋणका आधारमा सर्वेक्षण गरेको हो । बैंकले अध्ययनका लागि चयन गरेको नमूनाको प्रतिवर्गमिटर मूल्य एउटै आउने अवस्थामा सरकारले तोकेको न्यूनतम मूल्यका आधारमा धेरैजसो कारोबार हुने पाइएको छ ।

बजारको वास्तविक मूल्य एकातिर हुने तर कारोबार भने अर्कै मूल्यमा हुने गरेको अवस्था छ । कर कम तिर्नका लागि कम मूल्यमा कारोबार गर्ने गरेकाले पनि मुलुकको राजश्व सङ्कलनमा प्रभाव पर्ने गरेको छ ।

नेपालमा पहिलो पटक गरीएको घरजग्गा मूल्य सर्वेक्षणको ध्येय मुद्रास्फितिको मापन गर्नु रहेको छ । अध्ययनमा अन्य देशले अपनाएका जस्तो जग्गाको लोकेशन, आकार, मुख्य सडकसम्मको पहुँच, बाटोको चौडाइँ, मोहडा, व्यापारिक तथा आवासीयजस्ता विषय भने समावेश गरेको छैन । घरजग्गाको बढी कारोबार हुने स्थान समयक्रममा छिटोछिटो परिवर्तन हुने भएकाले अद्यावधिक मूल्य सर्वेक्षण पाँच वर्षभित्र सम्पन्न गर्नुपर्ने देखिने केन्द्रीय बैंकको ठहर छ ।

घरजग्गाको मूल्य सूचकाङ्कले शहरी क्षेत्रलाई मात्रै समेटेको छ । आव २०७७÷७८को पहिलो नौ महिनाको आधारमा औसतमा घरजग्गा मुद्रास्फिती गण्डकी प्रदेशमा सबैभन्दा बढी देखिएको छ ।

अध्ययन प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा १९.१९ प्रतिशतले घरजग्गाको मूल्यवृद्धि भएको पाइएको छ । यस्तै, कर्णाली प्रदेशमा १९.०२ प्रतिशत, वाग्मती प्रदेशमा १८.२ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा १६.३२ प्रतिशत, प्रदेश नं २ मा १६.२ प्रतिशत, प्रदेश नं १ मा १५.१४ र लुम्बिनी प्रदेशमा ४.३२ प्रतिशतले मूल्यवृद्धि भएको छ ।

गभर्नर अधिकारीका अनुसार अध्ययन दुई वर्ष समय लगाएर गरीएको हो ।अध्ययनका लागि केन्द्रीय बैंकका डेपुटी गगर्नर बमबहादुर मिश्रको संयोजकत्वमा घरजग्गा मूल्य सर्वेक्षण उच्चस्तरीय निर्देशक समिति गठन गरीएको थियो । सर्वेक्षणमा घरजग्गाको सबैभन्दा बढी कारोबार हुने नगरपालिका, उपमहानगरपालिका, महानगरपालिकाका दुई वटा वडालाई छनौट गरीएको थियो । यस्तै, वाणिज्य बैंकको बढी कारोबार तथा शाखा सञ्जालको विस्तारको आधारमा छ वटा वाणिज्य बैंक छनौट गरी मालपोत कार्यालयको कारोबारबाट निर्धारित स्रोत केन्द्रलाई आधार मानिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending