Khabar Dabali १७ श्रावण २०८३ आईतवार | 2nd August, 2026 Sun
Investment bank

कुनै पनि इन्टरनेट कम्पनीले गरेनन् पोल भाडा सम्झौताः बढेको मूल्य फिर्ता लिन सेवाप्रदायक कम्पनीको माँग

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले कुनै पनि इन्टरनेट सेवा प्रदायक कम्पनीले पोल भाडा सम्झौता नगरेको जनाएको छ । 

तोकिएको समय कात्तिक मसान्तसम्म कुनै पनि सेवा प्रदायक कम्पनी पोलभाडा सम्झौताका लागि नआएको प्राधिकरणले जनाएको छ ।

लामो समयको विवादपछि प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीलाई पोल भाडा सम्झौताका लागि कात्तिक मसान्तसम्मको समय दिइएको थियो । तोकिएको समयमा प्राधिकरणले भनेअनुरुप कुनै पनि सेवाप्रदायक कम्पनीले पोल भाडा सम्झौता गर्न नआएको प्राधिकरणको ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।

उनका अनुसार पोल भाडा सम्झौता नै नगरी केही कम्पनीले बक्यौता रकम खातामा जम्मा गरेको पाइएको छ । “दुई चारवटा कम्पनीले पोल भाडा सम्झौता नै नगरी हाम्रो खातामा पैसा जम्मा गरेको देखिएको छ, त्यसलाई हामीले मान्दैनौँ”, उनले भने, “हामीले उनीहरुको वास्तविक संरचना कति छ, ती कुराका आधारमा सम्झौता गरेपछि मात्र पैसा लिने हो । सम्झौता नै नगरी पैसा खातामा राखेर सेवाप्रदायक कम्पनी उम्किन खोजेको देखिन्छ, त्यसलाई हामीले मान्दैनौँ ।”

उनले पोल भाडा सम्झौताका लागि इन्टरनेट सेवा प्रदायक कम्पनीले बेवास्ता गरेपछि नियामक निकायका रुपमा रहेको विद्युत् प्राधिकरणसँग छलफल गरी निष्कर्ष निकालिने जानकारी दिए। प्राधिकरणको तथ्याङ्कअनुसार डिसहोम, एनसेल, सिजी र केही मात्रामा नेपाल टेलिकमबाहेक अन्य सेवाप्रदायक कम्पनीले पोल भाडा रकम भुक्तानी गरेका छैनन् । अन्य कम्पनीको तुलनामा एनसेलले नियमित जस्तै रकम बुझाउने गरेको जनाइएको छ ।

इन्टरनेट सेवा प्रदायक कम्पनीका रुपमा दूरसञ्चार प्राधिकरणबाट १३३ वटा कम्पनीले इजाजत लिएका छन् ।

रकम भुक्तानी गरिसकेका छौँः आइस्पान

इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) का अध्यक्ष सुधीर पराजुलीले प्राधिकरणलाई पुरानो बक्यौता रकम भुक्तानी गरिसकेको जानकारी दिए । “सेवा प्रदायक कम्पनीले पोल प्रयोग गरेको रकम भुक्तानी गरेनन् भन्ने हामीलाई आरोप लगाइएको थियो । अहिले अधिकांश सेवा प्रदायक कम्पनीले पुरानो बक्यौता रकम भुक्तानी गरिसकेको भन्ने जानकारी आएको छ”, उनले भने, “बक्यौता रकम भुक्तानीसँगै हामीले विद्युत् प्राधिकरणलाई पोल प्रयोगको विषयमा जानकारी गराइसकेका छौँ ।”

उनले इन्टरनेट सेवा प्रदायक कम्पनीले सम्बन्धित वितरण केन्द्रमा पोल प्रयोगको विषयमा जानकारी गराएको बताए । उनले विद्युत् प्राधिकरणले किलोमिटरका आधारमा पोल भाडा सम्झौता गर्नुपर्ने सर्त राखेको भन्दै सेवासम्झौता नगर्ने अडान राखे। “जबसम्म पोल भाडा विवादको सम्बन्धमा गठन गरिएको समितिले प्रतिवेदन बुझाउँदैन, तबसम्म हामी किलोमिटरका आधारमा पोल भाडा सम्झौता गर्न तयार हुँदैनौँ,” उनले भने।

प्राधिकरणले २०७७ मा काठमाडौँ लगायतका सहरी क्षेत्रमा दोब्बर र ग्रामीण भेगमा आठ गुणाभन्दा बढीले पोलको भाडा बढाएको भन्दै सेवाप्रदायक कम्पनीहरुले बढेको मूल्य फिर्ताको माग गर्दै आएका छन् । बढेको मूल्य फिर्ता नहुँदासम्म बक्यौता रकम भुक्तानी नगर्ने सेवाप्रदायक कम्पनीले अडान राख्दा विद्युत् प्राधिकरणले इन्टरनेटको तारसमेत काटेको थियो । पटक÷पटक सूचना प्रकाशन गरी बक्यौता रकम भुक्तानी गर्न आग्रह गर्दासमेत बेवास्ता गरेको भन्दै प्राधिकरणले इन्टरनेटको तार काटेको थियो ।

इन्टरनेटको तार काटिएपछि पोल भाडा विवादलाई दीर्घकालीन समाधान गर्न सञ्चार मन्त्रालयले सहसचिवको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेको छ । सो समितिलाई पोल भाडा विवाद समाधानका लागि मङ्सिर १५ गतेसम्म प्रतिवेदन बुझाउने समय दिइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शान्ति सद्भाव र्‍यालीपछि जनकपुरधामको अवस्था सामान्य

जनकपुरधाम। गृहमन्त्री सुधन गुरुङले पीडित पक्षसँग शुव्रmबार राति सहमति गरेपछि मधेश प्रदेशको अवस्था सामान्य बन्दै गएको छ । सुनसरीमा धार्मिक विषयलाई लिएर...

कर्फ्यु खुकुलो भएपछि राजविराजमा निकालियो बृहत् सद्भाव र्‍याली

राजविराज । पेशागत सञ्जाल ९पापड० सप्तरीले जिल्लामा शान्ति, सामाजिक सद्भाव तथा आपसी भाइचारालाई सुदृढ बनाउने उद्देश्यले आइतबार बिहान राजविराजमा बृहत्  सद...

सामाजिक सद्‌भाव भाँड्न खोजेको अभियोगमा ४ जना पक्राउ

काठमाडौँ । सामाजिक सद्‌भाव खल्बल्याएको अभियोगमा पर्साबाट ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार उ...

शान्ति, सामाजिक सद्भाव र न्यायको माग गर्दै राजधानीमा नागरिक सभा

काठमाडौँ। देशमा शान्ति, सामाजिक सद्भाव र न्याय सुनिश्चित गर्नुपर्ने मागसहित शनिबार राजधानीमा नागरिक सभा आयोजना गरिएको छ। बृहत् नागरिक आन्दोलनको अगु...

कालापानीमा प्रशासन–आन्दोलनकारीबीच मौखिक सहमति, बीपी राजमार्ग पुन: सञ्चालन

महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीमा स्थानीयको आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग प्रशासन र आन्दोलनकारीबीच भएको मौखिक सहमतिपछि ...

जनकपुरमा आन्दोलनरत पक्षसँग गृहमन्त्री गुरुङले सुरु गरे छलफल

काठमाडौं। तराई–मधेशका विभिन्न जिल्लामा देखिएको तनावपूर्ण अवस्था समाधानका लागि गृहमन्त्री सुधन गुरुङले आन्दोलनरत पक्षसँग जनकपुरमा संवाद सुरु गरेका छन्।...

कालापानी प्रकरण फेरि तातियो, मुद्दा फिर्ताको माग गर्दै स्थानीयले बीपी राजमार्ग अवरुद्ध

महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीमा जेठ ११ गते भएको आन्दोलनपछि प्रशासन र आन्दोलनकारीबिच भएको सहमति कार्यान्वयन नगरी स्थानीयविरुद्ध मु...

सप्तरीमा ग्यासको चरम अभाव, सर्वसाधारणलाई सास्ती

सप्तरी। सप्तरी जिल्लामा एक हप्तादेखि  एलपी ग्यासको अभाव हुँदा जिल्लाका सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ । जिल्लामा पाँच दिनदेखि लगातार गाडी बन्दका...

गोलबजारमा दुई घण्टाका लागि कर्फ्यु खुला

सिरहा। सिरहाको गोलबजार क्षेत्रमा जारी कर्फ्यु आदेश शनिबार दुई घण्टाका लागि खुला गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले सूचना जारी गर्दै सर्वसाधा...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र, ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी राष्ट्रिय भेलाको तयारीलाई औपचारिक रूप दिँदै ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ। शनिबार आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending