Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

महासचिवमा तीन नेताको रस्साकस्सी, को पर्ला ओलीको रोजाइमा ?

विष्णु पौडेल र शंकर पोखरेलमध्ये एकको सम्भावना धेरै

खबरडबली संवाददाता

काठमाडौं : नेकपा (एमाले)को १० औँ महाधिवेशनको मिति नजिकिएसँग पार्टी महासचिवमा नेताहरुको रस्साकस्सी सुरु भएको छ।

मंसिर १०-१२ गतेसम्म चितवनमा हुने महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्रको रुपमा चिनिएका विष्णु पौडेल, शंकर पोखरेल र पार्टी विभाजनको क्रममा माधव नेपालको साथ छाडेका सुरेन्द्र पाण्डेको चर्चा सुरु भएकाे हाे। 

नवौँ महाधिवेशनमा निर्वाचित महासचिव पोखरेलले सोही पदमा नदोहोरिने बताएपछि ओलीलाई महासचिवमा कसलाई ल्याउने भन्नेमा दबाव छ। महासचिव पोखरेलले बरिष्ठ उपाध्यक्षको दाबी गरिरहेका छन्। 

अध्यक्ष ओलीले पार्टीको महत्वपूर्ण जिम्मेवारीमा आफ्नो विश्वासपात्रलाई नै ल्याउन चाहेकाे उनी निकटस्थ नेताहरु बनाउँछन्।  

उपमहासचिव घनश्याम भुसाल र सचिव प्रदीप ज्ञवालीको पनि दाबी रहनसक्ने अनुमान गरिएको छ। सचिव पदमै दोहोर्याउनका लागि भए पनि महासचिवमा दाबी गर्नुपर्ने अवस्था छ।  

अध्यक्ष ओलीले आफू निकट नेता ल्याउन खोजेकाले महासचिवमा पौडेलको सम्भावना बढी देखिन्छ। कम्युनिष्ट पार्टीमा अध्यक्षपछिको महत्वपूर्ण मानिने महासचिव पदका लागि ओलीले पाण्डेलाई भन्दा पौडेल या पोखरेलमध्ये एक रोज्ने सम्भावना धेरै छ ।

विगतदेखि ओली पक्षका पौडेल र पोखरेलले  महासचिवको लबिङ गरिरहेका थिए। 

तर, पार्टी विभाजनको बेलामा माधव नेपालको साथ छाडेका सुरेन्द्र पाण्डे पछिल्लो समय ओलीसँग नजिक भएका छन्। महाधिवेशन आयोजक कमिटीको संयोजन गरिरहका पाण्डेले ओलीबाट महासचिवको आश राखेका छन्। 

उनले सार्वजनिक रुपमै आफ्नो महासचिवमा दाबी रहेन बताइसकेका छन्। अध्यक्ष ओलीले पार्टीको पदाधिकारी सर्वसम्मत ल्याउन चाहेका छन्। माधव नेपाललाई पार्टी विभाजनको बेलामा साथ नदिएका नेतादेखि नेकपाको एकता भंग भएपछि एमालेमै रहेको पूर्वमाओवादी नेताहरु व्यवस्थापनमा पनि उस्तै चुनौति छ।  

महाधिवेशनले १५ पदाधिकारीसहित २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ। असोज १५–१७ मा भएको प्रथम विधान महाधिवेशनले विधानलाई संशोधन गरेको थियो। 

विधानअनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव १, सचिव ७ जना रहने व्यवस्था गरेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसभित्र बढ्यो सक्रियता

बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...

लगातार बढ्दै आएको अमेरिकी डलरको मूल्यमा गिरावट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...

नेकपापंक्तिमा प्रचण्डको निर्देशन- चुनावको विकल्प छैन, तयारीमा जट्नू

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...

यी हुन् नयाँ नेतृत्व चयनका लागि भोट नहाल्ने ३६ प्रतिनिधि (सूचीसहित)

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

एमाले महाधिवेशन- २२२७ मत खस्यो, मतगणना सुरु भएको तीन घण्टाभित्र नतिजा आउने

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...

पदीय मर्यादा अनुरूप काम नगर्नेलाई कारबाही

धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...

निर्वाचन ७७ दिन बाँकी: निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending