Khabar Dabali १७ श्रावण २०८३ आईतवार | 2nd August, 2026 Sun
Investment bank

प्राधिकरणलाई चिन्ता : बिजुलीको खपत कसरी बढाउने

खबरडबली संवाददाता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा पछिल्लो समय दुई हजार मेगावाट विद्युत् उपलब्ध छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले ४५६ मेगावाट बिजुली उत्पादन गरेपछि प्रणालीमा गुणात्मक परिवर्तन देखा प¥यो । अपेक्षित रुपमा माग भने बढ्न सकेन ।

यसवर्षको लक्ष्मी पूजाको दिनको साँझको विवरण हेर्दा एक हजार २७० मेगावाट मात्रै बिजुलीको उच्च माग देखियो । गत असोज १० गते सबैभन्दा बढी एक हजार ७२० मेगावाटको हाराहारीमा माग पुगेको थियो भने गएराति औसतमा बिजुलीको माग एक हजार ४२६ मेगावाट  थियो ।

नदीमा जल सतह कायमै छ । कुलेखानी जलाशय पूर्ण रुपमा भरिएको छ । यी सबै खुसीका विषय सार्वजनिक भइरहेको बेला प्राधिकरणलाई भने एउटा चिन्ताले सताएको छ । यो चिन्ता हो – बिजुलीको खपत कसरी बढाउने । सहजै रुपमा बिजुलीको खपत बढ्ने अवस्था देखिएको छैन । जल तथा ऊर्जा आयोग, लगानी बोर्ड र प्राधिकरण स्वयम्ले गरेको अध्ययन अनुसार भइदिएको भए यसवर्ष प्रणालीमा झण्डै चार हजार मेगावाट बराबरको बिजुलीको माग हुनुपर्ने थियो । तर, अवस्था सोचेजस्तो भइरहेको छैन ।

विगतमा १८ घण्टासम्म लोडसेडिङ भोगेका नेपालीलाई नियमित रुपमा बिजुली पाउनु नै ठूलो कुरा थियो । अवस्था फेरियो, धमाधम आयोजना सम्पन्न हुन थाले तर माग भने बढेको छैन । प्राधिकरणमा दोस्रो कार्यकाल संहाल्न आइपुगेका कार्यकारी निर्देशक कुलमान घिसिङको पनि बिजुलीको खपत बढाउने विषय टाउको दुःखाइ बनेको छ । प्रधानमन्त्रीदेखि ऊर्जा मन्त्रीसम्मलाई पनि उत्पादित ऊर्जा खेर गइरहेकोमा चिन्ता छ ।

 समाधानको उपाय भने पत्ता लागिसकेको छैन । बिजुली खेर जान थाल्यो भन्ने देखिएपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ औद्योगिक करिडोरमा पुगिरहेका छन् । ‘स्वदेशी बिजुली स्वदेशै खपत गरौं’ भन्ने योजनाका साथ आफूले सकेसम्म पहल गरिरहेको उहाँको भनाइ छ ।

उत्पादन सुरु भएको तीन वर्षपछि चिनियाँ लगानीको होङ्सी सिमेन्टले ३० मेगावाट बिजुली पाएको छ । सो उद्योगले अझै ५० मेगावाट माग गरेको छ । जगदम्बा स्टिलले थप २५ मेगावाट  माग गरेको छ । सगरमाथा सिमेन्ट, मारुती सिमेन्टले पनि थप बिजुली माग गरेका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल९इपान०का उपाध्यक्ष आशिष गर्गका अनुसार सरकारले वितरण प्रणाली निर्माण मात्रै गर्ने हो भने तत्काल नै देशभित्र एक हजार मेगावाट बिजुली खपत हुनेछ । उद्योग स्थापना गर्न चाहेका उद्यमी तथा हाल सञ्चालनमा रहेका उद्योगले माग गरेको बिजुलीको परिमाण हेर्दा हक हजार मेगावाट बढी बिजुली खपत हुने अवस्था रहेको उहाँको भनाइ छ ।

यसो त प्राधिकरणले १३२ केभी क्षमताको प्रसारण लाइन मार्फत नै बिजुली उपलब्ध गराउने तयारी रहेको छ । उक्त क्षमताको प्रसारण लाइन र सवस्टेशन नजिक रहेका उद्योगलाई माग गर्ने बित्तिकै बिजुली दिने योजनामा प्राधिकरण छ । उसले अल्पकालीन , मध्यकालीन र दीर्घकालीन रुपमा कुन उद्योगलाई के कति बिजुली चाहिएको हो, विवरण उपलब्ध गराउन भनेको छ ।

यसबाट आशातित रुपमा बिजुलीको माग बढ्ने प्राधिकरणको विश्वास छ । विगतमा डेडिकेटेड र ट्रंक लाइनको महशुल विवादका कारण उद्योगी व्यवसायी  बिजुलीको थप माग  गर्न हिच्किचाइरहेका थिए । यतिबेला अवस्था फेरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशकलगायतको टोली नै औद्योगिक करिडोरमा पुगेर के कति थप बिजुली चाहिएको हो भन्ने जानकारी लिइरहेको छ ।

यस्तै,  बिजुली खपतका लागि शहरी क्षेत्रमा इन्डक्सनको प्रयोग बढाउने योजना अगाडि सारिएको छ । नेपाल आयल निगमले एक सिलिण्डर ग्याँसको मूल्य रु एक हजार ५७५ निर्धारण गरेका अवस्थामा बिजुलीबाट खाना पकाउँदा रु ९०० मात्रै लाग्ने भएको छ । बुधबारदेखि बिजुलीको नयाँ महशुल कार्यान्वयनमा आएको छ । पछिल्लो महशुल अनुसार अब १५० युनिटसम्म बिजुली खपत गरेर इन्डक्सन चुल्होमा खाना पकाउन सकिन्छ ।

प्राधिकरणले आक्रामक रुपमा योजना बनाएर कार्यान्वयन गर्ने हो भने आगामी तीन वर्षभित्र थप दुई हजार मेगावाट बिजुली इन्डक्सन चुल्होमा खपत हुन सक्छ । यसबाट ठूलो मात्रामा आयात भइरहेको खाना पकाउने ग्यासको खपत कम हुन जान्छ । निगमले वार्षिक रुपमा झण्डै रु ४० अर्ब बराबरको रकम ग्यास खरिदका लागि खर्चने गरेको छ ।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका प्राडा अमृतमान नकर्मीका अनुसार प्राधिकरणले इन्डक्सन चुुल्होको प्रयोग बढाउन व्यापक रुपमा मार्केटिङ गर्नुपर्नेछ । प्रयोग गरौ भनेको भरमा मात्रै नहुने भएकाले व्यापक रुपमा ‘मार्केटिङ’ गर्नुपर्ने र उपभोक्तालाई पूर्ण रुपमा विश्वास दिलाउनुपर्ने उहाँको भनाइ छ ।

वितरण प्रणालीमा समस्या आउँछ कि ट्रान्सफर्मर पड्किन्छ कि भनेर चिन्ता नगर्न आग्रह गर्दै उनले भने “ व्यापक रुपमा इन्डक्सनको प्रयोग बढेमात्रै बिजुलीको बजार खोज्दै भौतारिनुपर्ने अवस्थाको अन्त्य हुन्छ ।” दक्षिण एशियामा नेपालको प्रतिव्यक्ति विद्युत् खपत दर असाध्यै न्यून रहेको छ । भारतको प्रतिव्यक्ति खपत दर एक हजार किलोवाट घण्टा छ भने चीनको पाँच हजार किलोवाट घण्टा रहेको छ ।  नेपालको करिब ३०० किलोवाट घण्टा पुगेको छ । यस आधारमा पनि बिजुलीको खपत बढाउन ठूलो मेहनत गर्नुपर्ने प्राडा नकर्मीको भनाइ छ ।

यसो त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल पनि इन्डक्सन चुल्होको प्रयोग बढाउन अनुदान दिने विषयमा छलफल जारी रहेको बताउछन् । “ कुन मोडलमा कसरी अनुदान दिने भन्ने बारेमा छलफल जारी छ । सरकारको तर्फबाट छिट्टै एउटा निर्णय हुन्छ ” उनले भने “ विदेशी ग्यास छाडौ, स्वदेशी बिजुली खपत गरौ भन्ने नाराका साथ देशव्यापी अभियान नै अगाडि बढ्छ ।”

सरकारले देशभित्रै बिजुलीको खपत बढाउन खेतीयोग्य जमिनमा सिँचाइका लागि छुट्टै ग्रिड नै बनाउने तयारी गरेको छ । महशुल समेत प्रतियुनिट रु दुईको हाराहारीमा झरेको छ । केही वर्षभित्रै सिँचाइमा प्रयोग हुने बिजुली निःशुल्क समेत दिने सरकारको योजना छ । यसबाट तराईका फाँट तथा पहाडी क्षेत्रमा टारमा सहजै रुपमा सिँचाइ सुविधा पुग्छ र कृषिमा देशलाई आत्मनिर्भर बनाउन सकिन्छ

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शान्ति सद्भाव र्‍यालीपछि जनकपुरधामको अवस्था सामान्य

जनकपुरधाम। गृहमन्त्री सुधन गुरुङले पीडित पक्षसँग शुव्रmबार राति सहमति गरेपछि मधेश प्रदेशको अवस्था सामान्य बन्दै गएको छ । सुनसरीमा धार्मिक विषयलाई लिएर...

कर्फ्यु खुकुलो भएपछि राजविराजमा निकालियो बृहत् सद्भाव र्‍याली

राजविराज । पेशागत सञ्जाल ९पापड० सप्तरीले जिल्लामा शान्ति, सामाजिक सद्भाव तथा आपसी भाइचारालाई सुदृढ बनाउने उद्देश्यले आइतबार बिहान राजविराजमा बृहत्  सद...

सामाजिक सद्‌भाव भाँड्न खोजेको अभियोगमा ४ जना पक्राउ

काठमाडौँ । सामाजिक सद्‌भाव खल्बल्याएको अभियोगमा पर्साबाट ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार उ...

शान्ति, सामाजिक सद्भाव र न्यायको माग गर्दै राजधानीमा नागरिक सभा

काठमाडौँ। देशमा शान्ति, सामाजिक सद्भाव र न्याय सुनिश्चित गर्नुपर्ने मागसहित शनिबार राजधानीमा नागरिक सभा आयोजना गरिएको छ। बृहत् नागरिक आन्दोलनको अगु...

कालापानीमा प्रशासन–आन्दोलनकारीबीच मौखिक सहमति, बीपी राजमार्ग पुन: सञ्चालन

महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीमा स्थानीयको आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग प्रशासन र आन्दोलनकारीबीच भएको मौखिक सहमतिपछि ...

जनकपुरमा आन्दोलनरत पक्षसँग गृहमन्त्री गुरुङले सुरु गरे छलफल

काठमाडौं। तराई–मधेशका विभिन्न जिल्लामा देखिएको तनावपूर्ण अवस्था समाधानका लागि गृहमन्त्री सुधन गुरुङले आन्दोलनरत पक्षसँग जनकपुरमा संवाद सुरु गरेका छन्।...

कालापानी प्रकरण फेरि तातियो, मुद्दा फिर्ताको माग गर्दै स्थानीयले बीपी राजमार्ग अवरुद्ध

महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीमा जेठ ११ गते भएको आन्दोलनपछि प्रशासन र आन्दोलनकारीबिच भएको सहमति कार्यान्वयन नगरी स्थानीयविरुद्ध मु...

सप्तरीमा ग्यासको चरम अभाव, सर्वसाधारणलाई सास्ती

सप्तरी। सप्तरी जिल्लामा एक हप्तादेखि  एलपी ग्यासको अभाव हुँदा जिल्लाका सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ । जिल्लामा पाँच दिनदेखि लगातार गाडी बन्दका...

गोलबजारमा दुई घण्टाका लागि कर्फ्यु खुला

सिरहा। सिरहाको गोलबजार क्षेत्रमा जारी कर्फ्यु आदेश शनिबार दुई घण्टाका लागि खुला गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले सूचना जारी गर्दै सर्वसाधा...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र, ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी राष्ट्रिय भेलाको तयारीलाई औपचारिक रूप दिँदै ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ। शनिबार आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending