काठमाडौं : सत्तारुढ गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राजावादीहरुले देशलाई प्रतिगमनमा लान खोजेको आरोप लगाएकाे छ। बुधबार बुटवलमा बसेको केन्द्रीय कमिटी बैठकले यस्ताे आरोप लगाएकाे हो ।
अमेरिकाले एमसिसी पारित गराउन, भारतले नेपालमा राजतन्त्र तथा हिन्दूराज्य ब्यूँताउन, एमाले र राजावादीहरुले देशलाई प्रतिगमन तर्फ लैजाने खोजेको निष्कर्ष निकालेको छ।
यस्तै, पाँच दलीय गठबन्धन फुटाउनका लागि विभिन्न शक्तिहरु लागेको समेत बताएको छ।
अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘पाँच दलीय गठबन्धनलाई टुटाउनका लागि देशी विदेशी शक्तिहरुबाट प्रयास भइरहेको छ। त्यसका लागि एमाले, भारतीय, अमेरिकी साम्रज्यवाद तथा राजावादी शक्तिहरुले पुरा प्रयत्न गरिरहेका छन् । ५ दलीय गठबन्धनलाई टुटाउनका पछाडि ती शक्तिहरुका बेग्लाबेग्लै उद्देश्यहरु रहेका छन्।’
सर्वोच्च अदालतको सुधारका लागि प्रधानन्यायाधीशकाविरुद्ध चलिरहेको आन्दोलनप्रति ऐक्यबद्धता प्रकट समेत गरेको छ। राजनीतिक नियुक्ति प्रवृत्ति रहेसम्म न्यायालयमा यस्तो समस्या भइरहने उनको भनाइ छ।
अध्यक्ष केसी भन्छन्, ‘न्यायालयमा अहिलेको अवस्था ल्याउने नै राजनीतिक पार्टी, संसद् न्यायाधीशहरू, वकिलहरू सबै जिम्मेवार छन्। न्यायपालिकामा सुधार हुनुपर्छ न्यायपालिका र राजदूतहरू भागबण्डामा हुनु हुँदैन भनेर हामी आवाज उठाइरहेका छौँ।’
अहिले न्यायालयमा देखिएको विकृति र विसंगति राजनीतिक दल र न्यायाधीशहरूको भागबण्डाबाट हुने नियुक्ति रोके समाधान हुने उनको बुझाइ छ।
बैठकमा देशको समग्र राजनीतिक परिस्थितिबारे छलफल भएको पनि विज्ञप्तिमा उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: