काठमाडौं । नेपाली संगीत क्षेत्रमा निरन्तर चार दशकभन्दा लामो समयदेखि निरन्तर योगदान दिँदै आएको भन्दै वरिष्ठ लोक गायिका चन्द्रकला शाह पुरस्कृत भएकी छन् ।
उनलाई मँगलबार काठमाडौंमा एक समारोहबीच वरिष्ठ संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजीत बासकोटालगायतले ५० हजार रुपैयाँ नगद सहित कन्हैया सिंह राष्ट्रिय संगीतकर्मी पुरस्कार–२०७८’ बाट पुरस्कृत गरेका छन् ।
पछिल्लो समय अमेरिकामा बस्दै आएका वरिष्ठ संगीतकार तथा गायक कन्हैया सिंह परियारले आफ्नो ५० औं जन्म दिनको अबसर फजुल खर्च नगरी सो पैसाबाट कन्हैया सिंह राष्ट्रिय संगीतकर्मी पुरस्कार–२०७८ स्थापना गरेका थिए ।
उनी काठमाडौं आएको बेला सो पुरस्कार मँगलबार काठमाडौंमा बरिष्ट गायिका शाहलाई प्रदान गरिएको हो । सो पुरस्कार प्रदान गरेपछि समारोहलाई सम्बोधन गर्दै बरिष्ट संगीतकार शम्भुजीत बासकोटाले नेपाली लोक संगीत सृजना र भाका सँकलनमा चन्द्रकला शाहको अतुलनीय योगदान रहेको बताए ।
टिका गोपाल डिजिटल एम क्रियसनले आयोजना गरेको सो कार्यक्रममा बोल्दै सरकारले दिएको पुरस्कार भन्दा नीजि क्षेत्रबाट प्राप्त यती ठुलो रासीको पुरस्कार आफ्नोलागि अझ महत्वपूर्ण भएको गायिका चन्द्रकला शाहले बताईन् ।
अब या पुरस्कारको रकमबाट धेरै समयदेखि रोकिएको आफ्ना गीतहरुको पुस्तक प्रकाशन गर्ने गायिका शाहले सो कार्यक्रममा बताईन् ।
बरिष्ट संगीतकार तथा गायक कन्हैया सिंहले चन्द्रकलाकै गीत सुनेर गायर आफ्नो बाल्यकाल बितेको बताए ।
यस्तै, संगीतकार सन्तोष श्रेष्ठ र गायक भिमार्जुन आचार्य, गीतकार माधवराज खरेल लगायतले गायिका चन्द्रकला शाहले नेपाली लोक संगीत क्षेत्रमा साँढे चार दशकदेखि पुर्याएको योगदानको सो क्रममा चर्चा गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - ०९:१९
जाँचबुझ आयोगले भदौ २४ गतेको घटनाबारे के सिफारिस गरेको छ ?
चैत्र १८ गते, २०८२ - ०८:३८
दाङ । दाङको तुलसीपुरस्थित बबई लिफ्टिङ खानेपानीअन्तर्गत ६ डिपबोरिङ निर्माण गर्ने गरी योजना तयार गरिएको थियो । योजनाअनुसार तुलसीपुरको गोलौरा, सन्तनिरंका...
चैत्र १८ गते, २०८२ - ०८:३२
मकवानपुर । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका ...
चैत्र १८ गते, २०८२ - ०८:२७
काठमाडौं । शेरबहादुर देउवा र शेखर कोइराला समूहले पछिल्लो समय समानान्तर गतिविधि अघि बढाउँदै तीन मुख्य रणनीतिमा ध्यान केन्द्रित गरेको देखिएको छ। उनीहरू ...
चैत्र १८ गते, २०८२ - ०७:३८
काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवादमा आइतबार अदालतबाट निर्णय नआए पार्टी एकताका लागि संवाद थाल्ने तयारीमा पूर्वसभापति श...
चैत्र १८ गते, २०८२ - ०७:२७
काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले बृद्धि गरि...
चैत्र १८ गते, २०८२ - ०७:२४
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, स...
चैत्र १८ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण ...
चैत्र १८ गते, २०८२ - ०७:१९
बागलुङ । चैते दसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । ...
चैत्र १८ गते, २०८२ - ०७:१४
काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएका छन् । उनलाई सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना...


प्रतिकृया लेख्नुहोस्: