पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले गण्डकी विश्वविद्यालयले आफ्नो स्रोत साधनको भरपुर उपयोग गर्दै देशका अन्य विश्वविद्यालयभन्दा फरक पहिचान स्थापित गर्नुपर्ने बताएका छन् ।
गण्डकी विश्वविद्यालयले प्रकाशन गरेको अन्तर्राष्ट्रिय वैज्ञानिक कार्यशालाको कार्यपत्रको सङ्गालो ‘कन्फरेन्स प्रोसिडिङ्स’को मङ्गलबार पोखरामा विमोचन गर्दै उनले थुप्रै बहसका बीच सरकारले आफ्नै विश्वविद्यालय स्थापना गरेकाले यसले प्रदेशको पहिचान दिन सफल हुनेमा आफू विश्वस्त रहेको उल्लेख गरे ।
विश्वविद्यालय प्राविधिक, वास्तविक र व्यवहारिकरूपमा अघि बढ्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री नेपालीले सरकारको अवधारणाअनुसारको विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनतर्फ आफ्नो ध्यान केन्द्रित गर्न सबैलाई आग्रह गरे ।
गण्डकी प्रदेशका बिनाविभागीय मन्त्री डोवाटे विश्वकर्माले विश्वविद्यालयमा विपन्न, दलित र पिछडिएका वर्गलाई पठनपाठनमा आरक्षण प्रदान गर्नुपर्नेमा जोड दिए ।
विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले स्थापनाको छोटो अवधिमा विश्वविद्यालयले ‘ब्याचलर्स इन स्पोर्टस् म्यानेजमेन्ट’, ‘ब्याचलरर्स इन इनफरमेसन टेक्नोलोजी’ र ‘ब्याचलर्स अफ फार्मेसी’मा अध्यापन सुरु गरेको जानकारी दिए ।
उनले विश्वविद्यालयले अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग समेत सम्बन्ध विस्तार गरेको बताए ।
गण्डकी प्रदेश योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले प्रदेशको सम्भावना, आवश्यकता र सरकारले लिएको विकासको लक्ष्य प्राप्त गर्न विश्वविद्यालय सहायक हुने विश्वास व्यक्त गरे ।
विश्वविद्यालयका उपकुलपति प्रा डा नवराज देवकोटाले प्राविधिक र रोजगारमूलक शिक्षालाई जोड दिइएको बताए ।
विश्वविद्यालयले गत अप्रिल २ र ३ तारिखमा पोखरामा आयोजना गरेको ‘प्रथम अन्तर्राष्ट्रिय सम्मेलन’मा नेपालसहित आठ देशका सहभागी वैज्ञानिकले उठाएका विषयलाई सङ्गालोका रूपमा प्रकाशित गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: