Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

कांग्रेसमा खतरनाक खुमबहादुर र अमरेश !

१७ साउन, काठमाडौं । नेपाललाई हिन्दु राज्य बनाउनुपर्छ भन्दै खुलमखुल्ला अभियान चलाउँदै हिडेका खुमबहादुर खड्का कांग्रेसका केन्द्रीय सदस्य हुन् । त्यस्तै, नेपालको तराईलाई टुक्र्याएर अर्को देश बनाउने उद्घोष गर्ने अमरेशकुमार सिंह पनि कांग्रेसका सभासद् हुन् । तर, देशमा ८ वर्षको अथक प्रयासपछि संविधानसभाबाट बन्न लागेको संविधानविरुद्ध यी दुई नेता खतरनाक भूमिकाका साथ प्रस्तुत भइरहेका छन् । यसरी प्रस्तुत हुँदा पनि यी दुवै नेतालाई कांग्रेसको अनुशासन लागेको छ, न त संविधानविरुद्ध लागेको भन्दै कांग्रेस नेतृत्वले यी दुई ‘खतरनाक अतिवादी’लाई औंला नै ठड्याउन सकेको छ ।
पश्चगामी कमल थापाहरु, राजतन्त्र पक्षधरको कित्तामा उभिंदै हिन्दु राज्यको लागि अभियान चाल्ने र पार्टी नेतृत्वविरुद्ध बोल्दै हिडे पनि सभापति सुशील कोइरालाले उनलाई कठघरामा उभ्याउन सकेका छैनन्
यी तिनै खुमबहादुर खड्का हुन् जो पटकपटक मन्त्री हुँदा पदको दुरुपयोग गर्दै करोडौं रुपैयाँ भ्रष्टाचार गरेको ठहरपछि जेल जीवन पूरा गर्दै निस्किएका छन् । तर, आफ्नो भ्रष्टाचारको कलंक मेटाउन उनले हिन्दु धर्मको आड लिएका छन्, त्यो पनि बिपी कोइरालाको नाममा । बिपीको विचार कांग्रेसले छोडेको भन्दै विचारलाई हतियार बनाउँदै बल्ल बन्न लागेको संविधानविरुद्ध खड्का खुलमखुल्ला बहस, कार्यक्रम, अभियान र भेटघाट चलाउँदै हिंडेका छन् । तर, पश्चगामी कमल थापाहरु, राजतन्त्र पक्षधरको कित्तामा उभिंदै हिन्दु राज्यको लागि अभियान चाल्ने र पार्टी नेतृत्वविरुद्ध बोल्दै हिडे पनि सभापति सुशील कोइरालाले उनलाई कठघरामा उभ्याउन सकेका छैनन् । पार्टीको जिम्मेवार भूमिकामा भए पनि उनीहरु जिम्मेवारीले बाधिनुपरेको छैन । उनीहरु पार्टी नेताको हैसियतमा विखण्डनलाई बल पुग्ने र धार्मिक अतिवादका लागि अभियान चाल्न स्वतन्त्र छन् । खड्काले भारतका लोकसभा सदस्य महन्थ आदित्यनाथ सहभागी कार्यक्रममा केही दिन अघि सुशील कोइराला र गिरिजाप्रसाद कोइरालाको उछितो काटे । नेपाललाई जसरी पनि हिन्दु राष्ट्र बनाउनुपर्छ, हिन्दु राष्ट्रबाट अलग गराउनका लागि दुवै कोइरालाले साँठगाँठ गरेको आरोप उनले लगाउँन भ्याए । तर, सभापति सुशील कोइरालाले उनलाई कारवाही त के सामान्य स्पष्टीकरणसमेत सोध्न सकेका छैनन् ।
अमरेश तिनै व्यक्ति हुन् जो मधेस केन्द्रित दलका नेतासँग मिलेर १६ बुँदे सहमति मान्य छैन भन्दै केही समय अघि भारतीय दुतावासको शरणमा पुगेका थिए
आठ वर्षको अर्थक प्रयासमा दलहरुले आफ्ना अडान छोड्दै ल्याउन लागेको संविधानविरुद्ध धर्मका नाममा अभियान चलाउने र समाजमा विद्वेष फैलाउन गतिविधि गर्दा पनि उनी पार्टीको अनुशासनमा बाधिनुपरेको छैन । यि तिनै खड्का हुन् जो भ्रष्टाचार आरोपमा जेलमा रहँदा पनि कांग्रेसको केन्द्रीय सदस्यको हैसियतमा थिए । सर्वोच्च अदालतबाट भ्रष्टाचारी सावित हुँदै जेल गए पनि कांग्रेसले उनलाई केन्द्रीय सदस्यबाट हटाउन सकेन । त्यस्तै, अर्का खतरनाक नेता हुन् अमरेशकुमार सिंह । जहिल्यै भारतीय संस्थापन लबीका नेता मानिने सिंह पछिल्लो समय नेपालको तराईलाई अलग गराएर नयाँ देश बनाउने अभिव्यक्तिबाट चर्चा र विवादका पात्र मात्रै बनेका छैनन् । देशको एकतालाई भड्काउने गरी अभियान चाल्दै हिडेका सिके राउत जस्ता व्यक्तिसँग साँठगाँड गर्ने गरेको आरोप पनि लाग्ने गरेको छ । तराईमा भएका विभिन्न कार्यक्रम र काठमाडौंमा भएकै कार्यक्रममासमेत सिंहले तराईलाई विभेद र अन्याय भएको भन्दै अब देश टुक्र्याउने गरी आन्दोलन गर्ने र अलग गराउने चेतावनी दिएका थिए ।
सभापति सुशील कोइरालाले नामै नलिइकइन अनुशासनहीन काम गर्नेलाई कारवाही गर्ने त बताए । तर, उनले खुलाएर अमरेश कारवाहीको दायरामा आउँछन् भन्न सकेनन्
यस्तै सद्भाव विथोल्ने र देशलाई विखण्डन गर्ने अभिव्यक्रि दिदैं हिड्ने र अभियानमा सक्रिय रहेको भन्दै सिंहलाई शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठकमा कारवाही गर्नुपर्ने माग उठ्यो । तर, सभापति सुशील कोइरालाले नामै नलिइकइन अनुशासनहीन काम गर्नेलाई कारवाही गर्ने त बताए । तर, उनले खुलाएर अमरेश कारवाहीको दायरामा आउँछन् भन्न सकेनन् । सभापतिजस्तो प्रभावशाली नेता नै अमेरशको नाम लिन हच्किएपछि बलबहादुर केसी, केशव बुढाथोकी, रामहरि खतिवडा जस्ता नेताहरु क्रुद्ध हुन पुगे । यी दुवै नेता खतरनाक भएको भन्दै कांग्रेसको बैठकमा उनीहरुलाई अनुशासनको दायरामा ल्याउनुपर्ने कारवाही गर्नुपर्ने माग हुँदै आएको छ । नाम पनि लिन नसक्ने भन्दै के कारवाही होला र अमरेश पार्टीको अनुशासनमा बस्लान् भनेर उनीहरुले पार्टी नेतृत्वको फितलो कार्यशैलीमाथि नै प्रश्न उठाए । ‘सभापतिजीले कारवाही गर्ने कुरा त गर्नुभयो तर, अमरेशलाई हो की अरु कसलाई हो भन्ने बुझिएन ।’ बैठकमा सहभागी एक नेताले भने । अमरेश तिनै व्यक्ति हुन् जो मधेस केन्द्रित दलका नेतासँग मिलेर १६ बुँदे सहमति मान्य छैन भन्दै केही समय अघि भारतीय दुतावासको शरणमा पुगेका थिए । उनी दुतावासको शरणमा गए लगत्तै भएको कांग्रेस बैठकमा समेत उनलाई कारवाही गर्न माग भए सभापति कोइरालाले आँट देखाएका थिएनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies