Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

६६ लाख मूल्यको अवैध सामान बरामद

खबरडबली संवाददाता

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ठूलो मात्रामा अवैध सामान बरामद गरेको छ । प्रहरीले ६६ लाख ५० हजार रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बुटवल उपमहानगरपालिका–१ तिनाउ पुलस्थित भारतबाट अवैध रूपमा ल्याउँदै गरेको लिपगार्ड ५५ बन्डल, उनी कुर्ता सरवाल २३६ पिस, चुन्नी ६ सय पिस र बनारसी साडी ६७ पिस गरी जम्मा ५१ लाख ४८ हजार बराबरको अवैध सामान बरामद गरेको छ । 

उक्त सामान बोक्नका लागि प्रयोग भएको लु१ज ४६३६ र लु१ज ३७८७ नम्बरको पिकअप गाडी र गाडीका चालक रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर २ बस्ने ४० वर्षीय तुल्सी थारी र सोही ठाउँ बस्ने ४० वर्षीय मीनप्रसाद भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै प्रहरीले रुपन्देहीको मायादेवी गाउँपालिका–७ वनगाईस्थित भारतबाट अवैधरुपमा ल्याउँदै गरेको १४ हजार मूल्य बराबरको चिनी बरामद गरी भन्सार कार्यालय बेलहिया पठाएको छ । त्यस्तै इलाका प्रहरी कार्यालय मंगलापुर रुपन्देहीबाट खटिएको टोलीले तिलोत्तमा नगरपालिका–१५ मधवलिया चोकस्थित भारतबाट अवैधरुपमा भन्सार छली ल्याउँदै गरेको एक लाख १९ हजार ७५० रुपैयाँ बराबरको सर्ट कपडा ४७९ मिटर, तिलोत्तमा–१५ कोटिहवास्थित अवैधरुपमा ल्याउँदै गरेको स्पोर्टर्स जुत्ता २५१ जोर र छाला जुत्ता ७६ जोर गरी ४ लाख १५ हजार २ सय रुपैयाँ बरबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । 

यसैगरी वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले जिल्लाको मायादेवी गाउँपालिका–८ विश्वकर्मा मन्दिरस्थित भारतबाट अवैध रूपमा ल्याएको ५० केजी चिनी, लेडिज कुर्ता ४७ पिस, पावर स्टेरिङ पम्प ३१ पिस, पावर स्टेरिङ किट १९ पिस, एलइडी ब्लव ९० पिस गरी ४ लाख ४८ हजार ५ सय मूल्य बराबरको सामान बरामद गरी भन्सार पठाएको छ । इलाका प्रहरी कार्यालय मझगाँवाबाट खटिएको टोलीले मर्चवारी गाउँपालिका–६ ठर्कास्थित लु १ ज २९९९ नम्बरको पिकअपमा भारतबाट नेपालतर्फ भन्सार छली ल्याउँदै गरेको ४ लाख मूल्य बराबरको २३ बोरा फूलको माला बरामद गरी आवश्यक कारबाहीका लागि बेलहिया भन्सार पठाएको छ । 

प्रहरी चौकी शुक्रौलीआमा रुपन्देहीबाट खटिएको टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–११ स्थित भारतबाट भन्सार छली ल्याउँदै गरेका ६० हजार मूल्य बराबरको विभिन्न सामान बरामद गरेको प्रहरी प्रवक्ता थापाले जानकारी दिए । 

त्यस्तै प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ बाट २० हजार मूल्य बराबरको अवैध सामान, मायादेवी गाउँपालिका–६ बाट १३ हजार मूल्य बराबरको अवैध सामान र मायादेवी–६ भन्सार चोकबाट १२ हजार बराबरको अवैध सामान पनि बरामद गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending