श्रावण १७ गते, २०७२ आइतवार 2nd August, 2015 Sun०६:५०:५१ मा प्रकाशित
१७ साउन, काठमाडौं । संविधानको प्रस्तावना, संघीयता, शासकीय स्वरूप, नागरिकता, थ्रेसहोल्डसहितका विषयमा कांग्रेस केन्द्रीय सदस्य र सभासद् नै विभाजित भएका छन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ पछि समस्या आउने गरी हतारमा संविधान बनाउन नहुने नेताहरूले बताएका छन् ।
संविधानको मस्यौदामा अन्तिम सुझाब दिन प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाले बालुवाटारमा केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएका थिए । बैठकमा सदस्य तथा सभासद्हरूले मिश्रित धारणा राखेका छन् ।
प्रस्तावनामा बहुलवाद शब्द राख्नुपर्ने र राख्न नहुने विषयमा शीर्ष नेताहरू नै विभाजित भएका छन् । केही सदस्यहरूले संघीयतामा प्रदेशको विषय टुंगो नलगाई संविधान ल्याए दीर्घकालसम्म नटिक्ने बताएका थिए ।
अर्थमन्त्री एवं केन्द्रीय सदस्य डा. रामशरण महतले लामो समय टिक्न सक्ने संविधान ल्याउनुपर्ने भन्दै हतार गर्न नहुने बताए । ‘समाजवादको सट्टा लोकतान्त्रिक समाजवाद राख्नुपर्छ । सीमांकनसहितको संघीयतामा जानुपर्छ, यसका लागि हतार नगरौँ, यसरी हतारमा बनाएको संविधान कार्यान्वयन नहुन सक्छ,’ महतको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘अहिले हतारमा काम नगर्ने र नटिक्ने संविधानका लागि मरिहत्ते गर्नुहुँदैन । हतारमा संविधानका आधारभूत विषयलाई बिर्सिएर जे पायो त्यही नलेखौँ ।’
भौतिक योजना एवं यातायातमन्त्री विमलेन्द्र निधिले पनि केही समय लिएर भए पनि सीमांकनसहितको संविधान ल्याउन माग गरे ।
‘सीमाविनाको संविधान उचित हुँदैन,’ निधिले बैठकमा भने, ‘केही समय लिउँ, हतार नगरौँ, संघीयता थाती राख्दा समस्या आउँछ ।’ उनले वरिष्ठ नेता शेरबहादुर देउवाको धारणा भन्दै ‘धर्मका विषयमा केही उल्लेख नगरी’ संविधान बनाउनुपर्ने पनि बताएका थिए ।
अघिल्लो संविधानसभाले तयार पारेको प्रस्तावनामा बहुलवाद उल्लेख भए पनि अहिले हटाइएको भन्दै नेता निधिले प्रश्न उठाएका थिए । उनले बैठकमा भने, ‘अघिल्लोपटक संवैधानिक समितिले मस्यौदा तयार गर्दा बहुलवाद भन्ने विषय थियो, यसपटक कसले हटायो र?’
तर, केन्द्रीय सदस्य सुजाता कोइरालाले बहुलवाद राख्नैपर्छ भन्ने नहुने बताएकी थिइन् ।
‘यो बहुलवाद भन्ने शब्द किन चाहियो रु हाम्रो बाबु, बाजे कसैलाई थाहा नभएको यो शब्द राख्नुपर्छ भन्ने छैन,’ सुजाताले बैठकमा भनिन्, ‘यो एनजिओले ल्याएको शब्द हो । हामीले मान्नुपर्छ, संविधानमा राख्नुपर्छ भन्ने छैन ।’
केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले झापा, मोरङ र सुनसरीलाई पहाडबाट अलग्याएर प्रदेश निर्माण गर्न नहुने बताएका थिए । पूर्वका १० जिल्ला एक ठाउँ हुनुपर्ने उनको भनाइ थियो । केन्द्रीय सदस्य फरमुल्लाह मन्सुर र महेन्द्र यादवले पहाडमा जति प्रदेश बनाइन्छ तराईमा पनि त्यति नै बनाउनुपर्ने माग गरेका थिए ।
सभासद् रामहरि खतिवडाले राजनीतिक स्थायित्व र स्थिर सरकारका लागि तल्लो सदनमा पूरै प्रत्यक्ष निर्वाचित गर्नुपर्ने बताए । ‘हामीले स्थिर सरकारको परिकल्पना गरेको हो भने तल्लो सदनमा प्रत्यक्ष निर्वाचन गरौँ,’ खतिवडाले बैठकमा भने, ‘माथिल्लो सदनमा एक सय १० समानुपातिक, आठ प्रदेशमा ४० मनोनीत र पाँच राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था गरेर जाऔँ ।’
त्रिपालमुनि बैठक
कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा टेन्टमुनि बसेको हो । अघिपछि बस्ने बैठकस्थल मर्मत भइरहेकाले बाहिरै टेन्ट हालेर बैठक गरिएको केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले बताइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: