Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

तरकारीको मूल्य एक सातामा २० देखि ८० प्रतिशतसम्म बढ्यो

खबरडबली संवाददाता

कञ्चनपुर । चाडपर्वको मुखमा कञ्चनपुरमा तरकारीको मूल्य बढ्दा उपभोक्ता मारमा परेका छन् । वर्षापछि तरकारीको मूल्य तेब्बर बढेको छ । तरकारीको मूल्य एक सातामा २० देखि ८० प्रतिशतसम्म बढेको छ । 

तरकारीको मूल्य ह्वात्तै बढ्दा सबैभन्दा बढी मारमा दैनिक मजदुरी गरेर जीविका चलाउने परेका छन् । बाढीका कारण किसानले लगाएको तरकारी बगाएको र डुबानमा परेर नोक्सान भएपछि मूल्यमा वृद्धि भएको व्यवसायीको भनाइ छ । “वर्षाको पानीले निम्त्याएको विनाशका कारण तरकारी बजारसम्म पुग्न सकेकोे छैन”, कञ्चनपुर मण्डी व्यवसायी सङ्घका अध्यक्ष विशाल सोनारले भने, “किसानका खेतबारीमा वर्षाले केही बाँकी राखेन । तरकारीको अभाव भएसँगै मूल्य आकाशिएको छ । माग धेरै छ, आपूर्ति थोरै छ । त्यसैले मूल्यवृद्धि भएको छ ।”

तरकारीको स्थानीय उत्पादन पर्याप्त हुँदा मूल्य थोरै हुने गरेको थियो । नब्बे प्रतिशत तरकारी वर्षाले बर्बाद पारेपछि उपभोक्ताको माग धान्नै गाह्रो रहेको उनले बताए। “केही तरकारी पहाडी जिल्लाबाट निर्यात भएर आउथ्यो । केही स्थानीय उत्पादन हुन्थ्यो र केही तरकारी भारतबाट आउने गरेको थियो”, उनले भने, “त्यसैले मूल्य थोरै हुन्थ्यो । हाल भारतीय तरकारीले मात्रै यहाँको बजार धान्दै आएको छ ।” 

हाल ८० प्रतिशत तरकारी भारतबाट तथा १५ प्रतिशत तरकारी पहाडी जिल्लाबाट आयात हुने गरेको छ । पाँच प्रतिशत तरकारीमात्रै स्थानीय किसानले उत्पादन गरेको बजारमा पुग्ने गरेको छ । विगतका वर्षमा ८० प्रतिशत तरकारी स्थानीयस्तरमा उत्पादन हुने गरेको थियो । बीस प्रतिशत तरकारीमात्रै बाह्य क्षेत्रबाट आयात हुने गरेको थियो । भन्सार छलेर तरकारी भारतबाट बजारमा आउन थालेकाले मनोमानीरूपमा मूल्यमा वृद्धि गरिँदा तरकारीको मूल्यवृद्धि भएको हो । भारतबाट हाल दैनिक पाँचदेखि ६ ट्रक तरकारी आयात हुन्छ । 

बजारमा भित्रिनेमध्ये आधा तरकारी भन्सार छलेर ल्याइने गरिएको छ । पहाडी क्षेत्रबाट आउने गरेको तरकारी बिचौलियाका कारण मूल्यवृद्धि भएको व्यवसायी बताउँछन् । हाल बजारमा रु ३० प्रतिकिलोका दरले बिक्री हुने सेतो आलु रु ५०, रु ३५ मा बिक्री हुने रातो आलु रु ६०, रु ६० मा बिक्री हुँदै आएको पहाडी आलु रु ८० मा बिक्री भइरहेको छ ।

यसैगरी रु ८० मा बिक्री हुँदै आएको प्याज रु १०० देखि रु १२०, गोलभेँडा ठूलो रु ८० बाट रु १२०, फर्सी रु ६० बाट रु १००, लौका रु ५० बाट रु ९०, बोडी रु ६० बाट रु १२० तथा काउली रु ६० बाट रु ९० प्रतिकिलोका दरले बिक्री भइरहेको छ । भण्टा रु ६० बाट रु १२०, सिसला मिर्च रु १२० बाट रु २००, काँक्रा रु ६० बाट रु १००, हरियो तरकारी रु ५० बाट रु १२०, सिमी रु ८० बाट रु १६०, तितेकरेला रु ६० बाट रु १४० र खुर्सानी रु ८० बाट रु १३० प्रतिकिलोका दरले बिक्री भइरहेको छ । स्थानीय प्रशासनले तरकारी बजारको हालसम्म अनुगमन गरेको छैन । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सामाजिक सञ्जालको प्रभावमा नपरी मतदान गर्न लिङदेनको आग्रह

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सामाजिक सञ्जालको प्रभावमा नपरी यथार्थका आधारमा मतदान गर्न मतदातालाई आग्...

आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ प्राप्त

काठमाडौँ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८७ उजुरीका सम्बन्धमा राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा ५७ वटाको जवाफ...

जलेको निजी निवास अवलोकन गर्न पहिलो पटक पुगिन् विद्या भण्डारी

काठमाडौँ । विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको आफ्नो निजी निवास पहिलो पटक अवलोकन गरेकी छन्। बिहीबार बिहान बुढानील...

प्रतिनिधिसभा निर्वाचन: फागुन २० गतेदेखि मतदान सम्पन्न नहुँदासम्म सवारी साधन सञ्चालनमा रोक लगाइने

काठमाडौँ । निर्वाचन आयोगले फागुन २० गते राति १२:०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइने जनाएको छ । य...

इनरुवामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

इनरुवा। सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  दुहबी नगरपालिका–५ का ३२ वर्षीय विजय ऋषिदेव र सप्तरी छिन्...

नवलपुरको सीमा नाकामा आवागमन बन्द गरिने, मदिरा बिक्री–वितरणमा पूर्ण निषेध

मध्यविन्दु। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नवलपुरको नेपाल–भारत सीमा नाकामा आवागमन पूर्णरूपमा बन्द गरिने भएको छ । जिल...

गुल्मीका नौ स्थानीय तहमा सार्वजनिक बिदा

गुल्मी। मगर दिवसका दिन गुल्मीका नौ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । फागुन १५ गते मगर दिवसका अवसरमा जिल्लाको कालीगण्डकी गाउँपालिका, गुल्मीदरबार ...

मोरङमा दुई दिन नागरिकता वितरण नहुने

विराटनगर। जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबारबाट दुई दिन नागरिकता वितरण नगर्ने भएको छ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि कर्मचारीहर...

मोरङमा दुई दिन नागरिकता वितरण नहुने

विराटनगर। जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबारबाट दुई दिन नागरिकता वितरण नगर्ने भएको छ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि कर्मचारीहर...

१८ गते मध्यरातिदेखि निर्वाचन प्रचारप्रसार गर्न नपाइने

काठमाडौँ। फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसार कार्य फागुन १८ गते राति १२ बजेदेखि निषेध गर्ने निर्णय निर्वाचन आयोगले ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE