काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३७२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय सात हजार ९११ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख १२ हजार ९९४ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९४ हजार ५०३ छ । पछिल्लो समय थप ९११ जना निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या सात लाख ९१ हजार २६९ पुगेको छ । निको हुने दर ९७.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
थप ११ मृत्यु
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ३९९ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप ११ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । अहिले यस रोगबाट हुने मृत्युदर १.४ प्रतिशत छ । त्यसैगरी पछिल्लो समय एक लाख ७३ हजार ५९ ले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार ५२६ रहेको छ । त्यसैगरी होम आइसोलशनमा आठ हजार ७४६, संस्थागत आइसोलेशनमा ७८०, आइसीयूमा २३४ र भेन्टिलेटरमा ६८ जनाले उपचार गराइरहेका छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - ०८:१२
काबुल । पूर्वी अफगानिस्तानमा भीषण वर्षापछि आएको आकस्मिक बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्। तालिब...
श्रावण ६ गते, २०८३ - ०८:०१
झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२-८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्क...
श्रावण ६ गते, २०८३ - ०७:५८
काठमाडौं । नेपालमा ठूला जलनका घटना हुँदा सरकारले अन्तर्राष्ट्रिय स्तरको जलन अस्पताल निर्माण गर्ने घोषणा गर्ने क्रम नयाँ होइन। तर, वर्षौं बित्दासमेत ती...
श्रावण ६ गते, २०८३ - ०७:५४
काठमाडौं । सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले जनकपुरस्थित जानकी मन्दिरमा भएको पछिल्लो घटनाप्रति असन्तुष्टि जनाएका ...
श्रावण ६ गते, २०८३ - ०७:४७
झापा । झापाको दमक नगरपालिका–८, विरानटोलको एउटा जस्ताले बारिएको सानो झुप्रोमा ८२ वर्षीय रामदेव महतोको जीवन बितिरहेको छ। साँझ परेपछि वरपरका घर उज्यालोले...
श्रावण ६ गते, २०८३ - ०७:३३
चितवन । बर्डफ्लुको प्रभावपछि घटेको अण्डाको मूल्य फेरि बढ्न थालेको छ। उत्पादन घट्दै जाँदा बजारमा माग बढेकाले मूल्यमा सुधार आएको भए पनि किसानले अझै उत्प...
श्रावण ६ गते, २०८३ - ०७:३०
काठमाडौं । नेपाल प्रहरीले देशका विभिन्न जिल्लामा सञ्चालन गरेको कारबाहीका क्रममा विभिन्न प्रकारका लागूऔषधसहित १७ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनु...
श्रावण ६ गते, २०८३ - ०७:२८
काठमाडौं । पश्चिम नेपाल बुधबार बिहान भूकम्पको धक्काले हल्लिएको छ। बझाङको कोटदेवल केन्द्रबिन्दु भएर बिहान ४ः४० बजे स्थानीय मापनअनुसार ४.२ म्याग्निच्युड...
श्रावण ६ गते, २०८३ - ०७:२५
दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–९ मा बुधबार बिहान गएको पहिरोमा परेर एक जना वृद्ध बेपत्ता भएका छन्। बिहान करिब २:३० बजे सिर्पिङ खोला जलविद्युत् ...
श्रावण ६ गते, २०८३ - ०७:२३
काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले बुधबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय...



प्रतिकृया लेख्नुहोस्: