Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

आज पनि देशभर वर्षाको सम्भावना, चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने चेतावनी

खबरडबली संवाददाता

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले बुधबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थानमा रहेकाले विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङ र वर्षाको गतिविधि जारी रहनेछ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती र गण्डकीका केही तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी क्षेत्रमा धेरै स्थानमा तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपात पनि हुन सक्छ।

विशेषगरी बागमती, गण्डकी, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

रातिको समयमा पनि अधिकांश क्षेत्रमा वर्षाको क्रम जारी रहने अनुमान छ। कोशी, बागमती र गण्डकीका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा पुनः भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

मौसमविद्ले भारी वर्षा हुन सक्ने क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम रहने चेतावनी दिएका छन्। यसले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, पर्वतारोहण र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र विभागका पछिल्ला मौसम सूचना नियमित रूपमा पछ्याउन आग्रह गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज बीपी स्मृति दिवस: मेलमिलापका नायकलाई सम्झँदै कांग्रेस

बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर

हप्ताको दुई घण्टा गाउँका लागि, युवाले लेखे परिवर्तनको कथा

स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...

बीपीको स्मृति दिवसमै कांग्रेस दुई धारमा, मेलमिलापका नायकको नाममा विभाजनको सन्देश

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...

माइतीघर किन डुब्यो? प्राविधिक कारणसहित प्रतिवेदन बुझाउन कार्यवाहक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...

हेटौँडामा बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा २२ वर्षीय चालकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...

२४ घण्टामा ६६ विपद्का घटना, दुई जनाको मृत्यु; ५२ जिल्ला प्रभावित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६६ वटा विपद्का घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथ...

अफगानिस्तानमा भीषण बाढीको कहर: २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता

काबुल । पूर्वी अफगानिस्तानमा भीषण वर्षापछि आएको आकस्मिक बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्। तालिब...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२-८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्क...

हरेक जलन दुर्घटनापछि उही घोषणा, तर अत्याधुनिक अस्पताल अझै बनेन

काठमाडौं । नेपालमा ठूला जलनका घटना हुँदा सरकारले अन्तर्राष्ट्रिय स्तरको जलन अस्पताल निर्माण गर्ने घोषणा गर्ने क्रम नयाँ होइन। तर, वर्षौं बित्दासमेत ती...

जानकी मन्दिर घटनाप्रति हर्क साम्पाङको टिप्पणी– ‘यस्तो व्यवहारले मन्दिरको गरिमा बढेन’

काठमाडौं । सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले जनकपुरस्थित जानकी मन्दिरमा भएको पछिल्लो घटनाप्रति असन्तुष्टि जनाएका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending