Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

कागती खेती अभियानमा गौरीगञ्जका ज्ञानहरि

रासस

चितवन ।  ‘देशको माटो रम्न सके रम्छ नेपाल’ यो नारासँगै यहाँका एक कृषक कागती खेतीमा जुटेका छन् । भरतपुर महानगरपालिका–८ गौरीगञ्जमा कुटो कोदालो कृषि बारी नामक संस्था दर्ता गरेर स्थानीय ज्ञानहरि कँडेल कृषि अभियानमा जुटेका हुन् ।

उनले अहिले आफ्नो सात कट्ठा जमिनमा कागती खेती गर्दै आएका छन्  । कँडेलले विदेशको यात्रालाई रोकेर आफ्नै बारीमा कागती खेती गर्दै आएका हुन् । छ वर्ष पहिले विदेश जाने सोचमा रहेका कँडेल राहदानी (पासपोर्ट) बनाउनका लागि सिफारिस लिन जानुभन्दा अघिल्लो दिन साँझको टेलिभिजन कार्यक्रमले उनलाई कृषि कर्ममा आकर्षित गर्‍यो । टेलिभिजन कार्यक्रममा नेपालमा कागती लाखाँैको आयात हुने सुनेपछि उनले विदेशको यात्रालाई पूर्णविराम लगाउँदै यस व्यवसायमा लागेका हुन् ।

उनले भने, “विदेश जाने रहर होइन । साथीभाइ सबै विदेशमा भएकाले केही समय विदेश जाउँ भन्ने लागेको थियो । तर पछि मन बद्लियो ।” टेलिभिजन कार्यक्रम हेरेर प्रभावित बनेपछि आफ्नै देशको माटोमा केही गर्नुपर्छ भन्दै उनले कागती खेती सुरु गरेको स्मरण गरे । कँडेलले सुरुआतमा आफ्नो सात कट्ठामा १०० वटा कागतीका बिरुवा लगाए । उनको  बारीमा  सुन कागती लगाएका छन् । उनले भने,  “महिनामा चार क्विन्टल कागती बेच्छु, बजारको समस्या छैन ।” उनले करेसाबारीमै सुन फलेजस्तो लाग्छ, खुसी लागेको छ भने । आजकल दैनिक २०–२५ केजी कागती टिप्ने गरेको उनले बताए  । “कागती अमिलो भए पनि यसको आम्दानी भने निकै गुलियो हुँदो रहेछ”, उनले खुसी हुँदै भने ।

उनले भने, “पाकेका कागती टिप्दा सुन टिपेको महसुस हुन्छ ।” मासिक सरदर रु ५० हजार कागती बेचेर कमाउन सफल भएको उनको भनाइ छ । ग्राहक तथा व्यापारी घरमै आएर कागती लैजाने गरेका छन् । खपत नभएका बेला कहिलेकाहीँ तरकारी तथा फलफूल मण्डीमा पुर्‍याउनुपर्ने भए पनि खासै बजारको समस्या नभएको उनले बताए । उलने भने, “अन्य फलजस्तो केही दिनमै सड्ने, बिग्रने, चराले बारीमै सखाप पार्ने समस्या हुँदैन ।” खेती सजिलो छ, हेरचाह पुगे विदेशमा कमाइ हुने पैसा कागतीले यही दिन्छ ।

कागती खेती गर्नु अघि उहाँ हार्डवेयरको व्यापार गर्थे । हार्डवेयरको व्यवसाय छाडेर तरकारी खेती, मकै खेती गरेको उनी र उनको उनी र उनको परिवार अहिलेको व्यवसायबाट सन्तुष्ट छ । यो व्यवसायलाई बढाएर एक बिघा पुर्‍याउने लक्ष्य उनको छ । उनले सम्झिए, “पहिला मैले यो व्यवसाय गर्दा मलाई गाउँलेले काँडाघारी बनाउन थाल्यो भन्नुहुन्थ्यो । अहिले कृषि कर्म गर्नुपर्छ भन्ने सबैमा परेको छ ।” उनलाई पहिला बुद्धि बिग्रिएको भनियो भन्दै स्थानीय शोभाकर कँडेल अहिले व्यावसायिकरुपमा खेती गर्नुपर्छ भन्नेमा पुगेको बताए । उनले भने,  “हामीले पहिला नहुने काम गर्दै हुनुहुन्छ भनेका थियौँ । अहिले उहाँकै प्रगति देख्दा खुसी लागेर आउँछ ।”


केन्द्रले नेपालमा यही फार्ममा मात्रै अध्ययन सुरु गरेको उनले जानकारी दिए  । कागती बहुगुण भएको सुन्तला प्रजातिको फल हो । भिटामिन सी प्रशस्तै पाइन्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन सघाउने भएकाले कोभिड–१९ को पहिलो र दोस्रो चरणका बेला कागतीको खपत निकै बढेको थियो । मोटोपन घटाउन, मुटु, रक्तचाप, पत्थरी नियन्त्रण गर्न, छालाको सौन्दर्य बढाउन कागती उपयोगी मानिन्छ । हरेक दिन कागती पानी पिउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies