Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

साफ उपाधिका लागि नेपाल र भारत भिड्ने

खबरडबली संवाददाता

काठमाडौँ - माल्दिभ्समा जारी १३ औं साफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले चिर परिचित प्रतिद्वन्द्वी भारतको सामना गर्ने भएको छ । लिग चरणको अन्तिम खेलमा आयोजक माल्दिभ्सविरुद्ध ३–१ को रोमाञ्चक जित निकाल्दै फाइनल प्रवेश गरेको भारतले उपाधिका लागि नेपालसँग प्रतिष्पर्धा गर्ने भएको हो ।

यसअघि नेपालले बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै अन्तिम दुईमा स्थान बनाएको थियो । ८ औँ मिनेटको अग्रतालाई ८८ औँ मिनेटमा पेनाल्टीबाट बराबरी गर्दा नेपालले पहिलो पटक फाइनलमा स्थान बनाउने मौका पाएको हो । 

मालेस्थित राष्ट्रिय रंगशालामा दुबै टोली सुखद नतिजाका लागि प्रतिष्पर्धा गरेका थिए । गर वा मरको अवस्थामा रहेका दुबै टोलीले आक्रामक खेल देखाउँदै फाइनल यात्रा तय गर्न चाहन्थे । सोही क्रममा सुरुवाती दुई खेलमा बराबरी खेल्दै दबावमा परेको भारतले माल्दिभ्सलाई सजिलै हराएर बंगलादेशसँग बराबरी खेलेको नेपाल सँगको भेट पक्का गरेको हो ।

भारतको जितमा नेपाली मूलका खेलाडी भारतीय कप्तान सुनिल क्षेत्रीले दुई गोल गर्दा मानबिर सिंहको नाममा एक गोल रह्यो । माल्दिभ्सका अलि अस्फाकले एक गोल फर्काएका थिए । रोमाञ्चक बनेको खेलको ३३ औँ मिनेटमा मानबिरले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा माल्दिभ्सका कप्तान अस्फाकले पेनाल्टीमा गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए । त्यसपछि झन रोमाञ्चक बनेको दोस्रो हाफमा भारतले दबाव दिएर खेल्यो । कप्तान सुनिल चम्किए । खेलको ६२ औँ मिनेटमा सुनिलले टोलीका लागि दोस्रो गोल थप्दा ७१ औँ मिनेटमा सुनिलले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ३–१ को जित दिलाए । माल्दिभ्सविरुद्धको दुई गोलसँगै सुनिलले भारतका लागि ७९ औँ गोल पनि पूरा गरेका छन् ।

अब भारतले उपाधिका लागि नेपालको सामना गर्नेछ । फाइनल खेल आइतवार नेपाली समय अनुसार ८ः४५ बजे हुनेछ । भारत समूह विजेताको रुपमा फाइनल पुग्दा नेपाल भने उपविजेताको रुपमा अन्तिम दुईमा प्रवेश गरेको छ । १३ औँ संस्करणको साफ इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको हो भने सर्वाधिक सफल टोली भारतले ८ औँ उपाधिका लागि प्रतिष्पर्धा गर्न लागेको छ । 

Khabardabali Desk–GA

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिरोले अरुण नदी थुनियो

किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ । म...

प्रतिकूल मौसमका कारणहवाई उडान प्रभावित

काठमाडौ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ ।       भिजिबिलिटी कमजोर हुँदा विमानस्थलबाट हुने आन्तर...

यस्तो छ नेपाल टेलिकमको सूचना प्रविधि दिवस अफर

काठमाडौ । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२३ का अवसरमा ग्राहकका लागि विभिन्न अफर उपलब्ध गराएको छ ।        दिवसका अवसरमा कम...

स्याफ्रुबेँसी-रसुवागढी सडक निर्माण अघि बढाइने

काठमाडौ । सम्झौता भएको झण्डै पाँच वर्षपछि स्याफ्रुबेँसी(रसुवागढी सडक निर्माण अघि बढ्ने भएको छ ।  सडक निर्माण अघि बढाउन निर्माण कम्पनी अप्रिलमै आउने...

उपनिर्वाचनको तयारी तीव्र

काठमाडौ । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको नामावाली प्रकाशनसँगै निर्वाचन आयोग, राजनीतिक दल र उम्मेदवारहरू आफ्...

अमेरिकी न्यायमन्त्रालयद्वारा गोप्य अमेरिकी कागजात चुहावट बारे अनुसन्धान शुरु

वाशिङ्गटन । अमेरिकी न्यायमन्त्रालयले शनिबार युक्रेनसँग सम्बन्धित अमेरिकी कागजातहरू लीक भएको बारे अनुसन्धान  शुरु गरेको छ । चुहावट भएका कागजातहरूमा गोप...

आगलागी हुँदा एक बालकसहित सातजनाको मृत्यु, ६० भन्दाबढी परिवार घरबारविहीन

मनिला । फिलिपिन्सको मेट्रो मनिलाको पूर्वमा रहेको रिजाल प्रान्तको एक आवासीय समुदायमा शनिबार राति आगलागी हुँदा एक दुई वर्षीया बालिका र एक १२ वर्षीय बालक...

मुग्लिन पोखरा सडकको काम दु्रतगतिमा अगाडि बढ्छ : मन्त्री ज्वाला

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन पोखरा सडक विस्तारको कामलाई दु्रतगतिमा अगाडि बढाइने बताएका छन् । मुग्लिन पोखरा सडक व...

पूर्वी नाकामा कोरोनाविरुद्ध उच्च सतर्कता

झापा । पूर्वी नाका काँकडभिट्टाबाट कोभिड–१९ का सङ्क्रमित भित्रिन नदिन उच्च सतर्कता अपनाउन थालिएको छ । भारतलगायत तेस्रो मुलुकबाट प्रवेश गर्ने विदेशी नाग...

आज हल्का वर्षाको सम्भावना

काठमाडौ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशका अधिकांश भेगमा बदली हुनका साथै अपराह्नतिर हल्का वर्षाको स...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies