काठमाडौँ । काठमाडौँ बाहिर जाने यात्रुसँग तोकिएभन्दा बढी भाडा लिन खोज्ने नौ विचौलियालाई आज ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।
चाडबाडमा हुने ठगीलाई ध्यानमा राखेर महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा परिचालित टोलीले उपत्यकाको विभिन्न क्षेत्रमा गरेको जाँच अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी यात्रुलाई परेका समस्या समाधान गर्दै आएको छ ।
विगतका वर्षमा झैँ चाडपर्वका समयमा उपत्यका बाहिरिने यात्रुको चाप अत्यधिक हुने गर्दछ । भिडभाडको मौका छोपी यात्रुलाई ठगी गर्ने, बढी भाडा लिने, दोहोरो टिकट काट्ने समूहलाई नियन्त्रण गर्न, सहज र सुरक्षित यात्राको व्यवस्था गर्न ट्राफिक प्रहरीले विशेष निगरानी एव अनुगमन गर्न टोली परिचालन गरेको छ । सोही क्रममा उनीहरु पक्राउ परेका हुन् ।
ट्राफिक प्रहरीको सादा पोशाकमा खटिएको टोलीले उपत्यका बाहिरिने यात्रुसँग बढी भाडा लिइ टिकट काट्ने व्यक्तिलार्ई निगरानी गर्ने, आफैँ यात्रु बनेर भाडा मोलमोलाई गर्ने, यात्रुसँग गोप्यरुपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिने व्यक्तिलाई नियन्त्रणमा लिइ आवश्यक कारवाही गर्ने गरेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।
तोकिएको टिकट काउन्टरमा परिचयपत्र बाहकले मात्र टिकट काट्ने व्यवस्था भए पनि अनधिकृत व्यक्तिले विचौलिया बनेर यात्रुसँग मोलमोलाइ गरी तोकिएकोभन्दा बढी भाडा लिँदै गरेका अवस्थामा उनीहरुलाई पक्राउ गरेको एसएसपी भट्टराईले जानकारी दिए ।
पक्राउपर्नेमा चितवनको भरतपुर घर भएका ३८ वर्षीय समीर श्रेष्ठ, धनकुटाका ३० वर्षीय किरण लिम्बू र सुनसरीका २८ वर्षका सविन राई रहेका छन् । त्यस्तै टिकट काउन्टरको कर्मचारी हुँ भन्दै भाडा बार्गेनिङ गर्ने काठमाडौँ बस्ने वर्ष ४६ का राज ठकुरी, दाङ घोराहीका २९ वर्षीय विशाल गुरुङ र कैलालीका रमेश कठायतलाई काठमाडौँको गोङ्गबुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई आवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाइएको महाशाखाले जनाएको छ । त्यसैगरी काठमाडौँको कलङ्कीबाट वर्ष ३९ का नवीन केसी, बल्खुबाट शुभयात्री काउण्टरमा काम गर्ने निजगढका अरुण मगर र जाजरकोट घर भई कीर्तिपुर बस्ने नारायणी काउन्टरका विनोद रानालाई समेत पक्राउ गरी कारबाहीका लागि प्रहरी वृत्त कालीमाटीमा बुझाइएको महाशाखाले जनाएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १७ गते, २०८३ - ०८:४५
तेह्रथुम । अब छथर गाउँपालिका भित्र कक्षा ८ उत्तीर्ण नगरेसम्म नागरिकको भविष्य नै रोकिने भएको छ। शिक्षा सुधारका नाममा गाउँपालिकाले यस्तो कडा नीति अघि सा...
बैशाख १७ गते, २०८३ - ०८:३७
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिक...
बैशाख १५ गते, २०८३ - २२:१६
रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। आठबिसकोट नगरपालिका–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ...
बैशाख १५ गते, २०८३ - २२:१०
काठमाडौं । नेकपाले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने सरकारको निर्णयप्रति कडा असन्तुष्टि जनाएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस...
बैशाख १५ गते, २०८३ - २२:०७
काठमाडाैं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा प्रेमराज सिलवालले मंगलबार दायर गर...
बैशाख १५ गते, २०८३ - २२:००
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई दीर्घकालीन रूपमा सबल पार्न जनताको चाहना र भूगोललाई मध्यनजर राख...
बैशाख १५ गते, २०८३ - २१:५५
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने सार्वजनिक यातायात बसपार्कबाटै सञ्चालन हुन थालेका छन् । काठमाडौँ महा...
बैशाख १५ गते, २०८३ - २१:४६
झापा । झापामा अवैध रूपमा भारत लैजान लागिएको ठूलो परिमाणको चाइनिज फुजि स्याउ बरामद गरिएको छ। आज दिउँसो करिब साढे १२ बजेको समयमा झापा गाउँपालिका–१ सालमा...
बैशाख १५ गते, २०८३ - २१:०६
काठमाडौँ । काठमाडौंको थापाथली, मनोहरा र गैह्रीगाउँको सुकुमबासी बस्ती हटाएसँगै अन्य जिल्लामा पनि सुकुमबासीको विवरण संकलन गर्न थालिएको छ । सुकुमबासीक...
बैशाख १५ गते, २०८३ - २१:०१
काठमाडौं । पटक–पटक कानुनको फन्दामा परिरहेका सन्तोष रानाभाट फेरि चोरी आरोपमा पक्राउ परेका छन्। प्रहरीले लामो आपराधिक पृष्ठभूमि भएका उनलाई नियन्त्रणमा ल...


प्रतिकृया लेख्नुहोस्: